सुनिता गाइसी
मानव जीवन दिन दिनै आधुनिकताको लहरमा बग्दै गइरहेको छ । नयाँ नयाँ बैज्ञानिक आविस्कारले हाम्रो जीवनलाई सहज र सरल बनाउदै छ भने अर्को तिर मानिसलाई विस्तारै मानविय सम्बन्ध, भेटघाट, मेलापर्व बाट अलग बनाउला कि भन्ने डर पनि बढदै गएको छ । हाम्रो धर्म सस्कृति र परम्परा हाम्रो पहिचान हुन यसको जगेना गर्नु सबैको दायित्व हो । 
प्रसंग  चलिरहेको विस्का जात्राको हो  जात्रा पर्व  धार्मिक आस्थाका कारणले मानिसहरु विहान सबैरै देखि उठि स्नान गरी चोखो लुगा लगाई विभिन्न मन्दिरहरुमा दर्शनको लागी जाने गरेको देखिन्छ ।  विहानको स्नानले शरिर मात्र सफा हुदै मानिसमा बेग्लै किसिमको स्फुति पनि प्रदान गर्ने गर्दछ त्यसैले हाम्रँे धर्मशास्त्रहरुमा स्नान जप, पुजा पाठबारे विशेष चर्चा गरीएको पाइन्छ । कसैले नदेखेको स्वर्ग पुगिन्छ भनि मानिसहरुलाई धामिर्क कार्य प्रति लाग्न प्ररित गरिन्छ जसले नकारात्म अरुलाई हानी हुने कामबाट मानिसलाई टाढा राख्ने गर्दछ । यसरी मन्दिर मा पुजाको लागी वा दर्शनको लागी जादा मानिसहरुमा शारिरिक , मानसिक रुपमा सकारात्मक प्रभाव पर्ने गर्दछ । विशेष गरी महिलाहरु  चाडपर्वमा घरायसी काममा बढि व्यस्त हुने गर्दछन् । घरायसी कामको व्यस्तता र खानपानमा हुने गडबढिले गर्दा कतिपय महिलाहरु तनावमा रहने गर्दछन् । मन्दिर जाने क्रममा शारिरिक व्यायाम हपनि हुने आफना मन मिल्ने साथी संगी सँग आफना मनका कुराहरु साटासाट गर्ने गर्दछन् यसले गर्दा  उनीहरु मानसिक तनाब कम हुने गर्दछ थोरै समय भए पनि आफना कुरा साथीसंगी सँग सुनाउदा र अरुको कुरा पनि सुन्दा उनीहरुमा कतिपय अवस्थामा आफना समस्याहरु निकै सामान्य लाग्ने गर्दछ । यसले गर्दा परिवारमा हुन सक्ने कलह वा भगडा कम हुने गर्दछ । त्यसैले पहिला पहिला महिलाहरु पानी पधेरा वा कुवामा भेटी आफना कुराहरु एकअर्कामा  साटासाट गर्थे र समस्याहरु बारे पनि छलफल गर्दथे । हाल समाज आधुनिक भए सँगै यसको स्वरुपमा पनि परिवर्तन आएको छ । यस्ता कुरालाई महिलामा मात्र लागु हुदैन पुरुष साथीहरुमा पनि लागु हुने गदर्छ । कतिपय पुरुषहरु विहान सबेरै उठि मनिङ वाकमा विभिन्न मन्दिर चौर, पार्कमा जाने र आफना साथीहरु सँग भेटी चिया खाने , समसामयिक कुराहरुबारे छलफल गर्ने गर्दछन् यसले गर्दा पनि उनिहरुमा भएका समस्या तनावहरु बारे पनि छलफल हुने गर्दछ यसले गर्दा उनीहरुमा पनि तनाब केही कम हुने बताउछन् ।  हाम्रा पर्वहरु निकै बैज्ञानिक लाग्दछ खानपान देखि एक आपसमा मेलमिलाप र भाइचार बढाउनमा पनि यस्ता पर्व जात्राहरु निकै महत्वपुर्ण भुमिका खेल्दै आएका छन् । त्यसैले के युवा के बच्चा, के बृद्धा सबै जना पर्व जात्रामा उतिकै जोस जागँरका साथ सहभागि हुने गर्दछन् । वास्तवमा जात्रापर्वले हामीलाई अप्रत्यक्ष रुपमा समाजिकिकरण गरिरहेको हुन्छ । जुन समाजमा हामी बस्छौ त्यसमा बस्न योग्य बनाइरहेको हुन्छ । त्यसैले अब हामीले हाम्रा अमुल्य जात्रा, पर्व संस्कृतिलाई जोगाउन र नकारात्मक कुराहरुलाई कम गर्न तिर लाग्नु पर्दछ । हाम्रो संस्कृति धामिक आस्था भित्रको बैज्ञानिकता खोत्ल्नतिर सबै लाग्नु पर्दछ ।

...

All Comments.......


Please Login/Register To Comments