भक्तपुर । आदर्श आजाद माध्यमिक विद्यालय भेलुखेल भक्तपुरको एउटा भबनको शिलान्यास आइतबार एक समारोहवीच विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विश्वराम कवांले गरे । दुई करोड ९७ लाख ६६ हजार दुई सय ५५ रुपैयाँं (भ्याटबाहेक) को लागत इष्टमेटमा विद्यालय भबन निर्माण सुरु गरिएको हो । विद्यालय भबनको निर्माण २०७८ पुसभित्र सम्पन्न गरिसक्ने योजना राखिएको छ ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कवां, सदस्य सत्यनारायण दिदिया, विद्यालय रहेको भक्तपुर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष प्रेमगोपाल कर्माचार्य, वडा सदस्य सरिना द्यौला, प्रध्यानाध्यापक श्रीकृष्ण किसी, सहायक प्रध्यानाध्यापक चक्रबहादुर चाकतु, स्कुलका मावि इन्चार्ज राजेन्द्र श्रेष्ठलगायतका शिक्षकिशिक्षिकाहरुको उपस्थिति रहेको थियो । यो स्कुल भक्तपुरकै राम्रो विद्यार्थी सख्या रहेको स्कुलको रुपमा गनिन्छ ।

जिल्ला आयोजना कार्यान्वयन एकाई (शिक्षा) भक्तपुरले भबन बनाइदिन लागेको हो । भबन बनाउन लागि लाग्ने सम्पूर्ण खर्च उसैले व्यहोरिदिने सम्झौताका साथ काम सुरु भएको हो । भबनको भौतिक निर्माणका साथै रंगरोगन, बेन्च टेवलसहित उसैले राखिदिने सम्झौता भएको विद्यालयका सहायक प्रध्यानाध्यापक चक्रबहादुर चाकतुले बताए ।
भूकम्पबाट क्षतिग्रस्त तथा विद्यार्थीको अनुपातमा भबन अभाब भएको स्कुललाई सहयोगस्वरुप भबन बनाइदिने सरकारी योजना अनुसार जिल्ला आयोजना कार्यान्वयन एकाई (शिक्षा) भक्तपुरले आफनै लगानीमा भबन बनाइदिन थालेको हो । विद्यालयमा कुल नौ सय विद्यार्थी रहेको विद्यालयले जनाएको छ । ती विद्यार्थीका लागि तीन वटा भबनका २६ वटा कक्षाकोठाहरुमा पठनपाठन भइरहेको विद्यालयले जनाएको छ । साथै विद्यालयमा विहान आदर्श आजाद कलेज पनि सञ्चालन हुँंदै आएको छ ।

विद्यालयकै करिव साढे ६ आना जग्गाको क्षेत्रफलमा भबन निर्माण सुरु गरिएको हो । भबन तीन तल्लाको हुनेछ । प्रत्येक तल्लामा तीनतीन वटा कोठा गरी नौ वटा कोठाहरु हुनेछन् । ती कोठाहरु कुनै कक्षाकोठादेखि विभिन्न रहने विद्यालयले जनाएको छ । तीमध्ये एउटा कोठा अपांगमैत्री कक्षाकोठा रहने जनाइएको छ ।


...

All Comments.......


Please Login/Register To Comments