कोरोनाले जिवन अध्यारो बनाइदिएको छ ।
निरञ्जन दुलाल
विश्वमा अहिले नराम्रोसंग कोभिड १९ को प्रभाव परीरहेको छ । यसबाट लाखौं मानिसको ज्यान समेत गैसकेको छ भने करोडौं मानिस यो रोगवाट ग्रसित छ्न । २०१९ को अन्तिम तिर चीन को वुहान प्रान्त वाट देखापरेको यो रोग हाल विश्वभरी नै सबै राष्ट्रहरुको लागि घाटक बनेर फैलिएको छ । यस रोगको अहिलेसम्म कुनैपनी औषधिको आविष्कार भएको छैन । विश्वको शक्तिशाली राष्ट्रहरु औषधि बनाउन अग्रसर भए पनि हालसम्म कुनै औषधि पत्ता लगाउन सकेको छैनन् ।
नेपालमा कोरोना को प्रभाव
नेपालमा पनि कोरोनाको बिरामी हालसम्म  एक लाख ७० हजार ७ सय ४३ (आज सम्मको ) जनामा कोरोनाको संक्रमण देखिएको छ । जसबाट ९सय ३७ को ज्यान समेत गएको छ भने एक लाख तीस हजार संक्रमीतलाई निको भएको छ । नेपालमा पहिलो कोरोना फ्रान्स बाट आएकी युवतीमा देखिएको थियो । त्यस पश्चात नेपालमा लामो समयसम्म लकडाउन भएता पनि नेपालमा यो रोकथाम भन्दा पनि दिन प्रतिदिन बढी नै रह्यो। जसबाट मानिसहरुमा एक नयाँ खालको प्रभाव पर्यो । मानिसहरुमा एक अर्को मा समर्पक राख्न समेत डर भयो । जुन लकडाउन ले गर्दा धनी गरिब को रेखा छर्लङ्ग देखा पर्यो । दैनिक मजदुरि गरि खाने मजदुर को लागि लकडाउन र कोरोना सबै भन्दा ठूलो रोग भयो । यो आठ महिना को समयमा कोरोना ले मृत्युु भएको  भन्दा बढी मानिसले आत्महत्या गरेका छन।
नेपालमा कोरोना ले धेरै कुरा मा असर पारेको छ। कोरोनाले प्रत्येक्ष रुपमा अर्थतन्त्र शिक्षा रोजगार आदि क्षेत्र मा प्रभाव पारेको छ । कोरोना को प्रभाव बाट अर्थतन्त्र मा ठुलो मार परेको छ । लकडाउन भयो मानिस को व्यावसाय बन्दा भयो र त्यो व्यवसायी बाट सरकार ले कर उठाउन सकेन। आउने सहयोग पनि अरु रास्ट्र आफै कमजोर भएको कारणले आएन ।कृषिप्रधान देशमा मल र बीउको अभाव भयो । कतै बाट कुनै सहयोग भएन जसको कारण अर्थतन्त्र कमजोर भयो । कोरोनाको प्रभावबाट शिक्षामा पनि ठूलो असर पार्यो । जस्को कारण स्कुल कलेज बन्द भए पठनपाठनमा थप्प भयो।अन्लाईन क्लास भएता पनि नेपाल को सबै ठाउँमा पर्याप्त मात्रामा ईन्टरनेट नभएको कारणले त्यो नि सम्भव छैन । कोरोना कै कारणले गर्दा हजारौंले रोजगारी गुमाए साथै हजारौं लोकसेवा परिक्षाको  पर्खाइमा आफ्नो करियर लाई ओझेलमा पार्न बाध्य छन । यो समयमा हाल अहिले रोजगार गुमाउनेको संख्या धेरै छ। भने नेपाल प्रहरी नेपाली सेना र अन्य पद मा जागीर खान योग्यता पुगेकाहरुको यो कोरोनाले जिवनलाइ अध्यारो बनाइदिएको छ।
दिनदिनै बजारमा महँगि बढेको छ मानिसहरुको आय कम छ । मानिस हरुलाइ आजकाल कोरोनाले धेरै समस्या पारेको छ। तर पनि हाम्रो सरकार कोरोनाको परिक्षण दाएरा घटाउनुका साथै सबै स्थान खुल्ला गराउदै छ।

...

All Comments.......


Please Login/Register To Comments