विनायकमा आर्ट अफ लिभिङ अभिमुखीकरण कार्यक्रम
- Post Date 2024-04-28 01:43:02
मध्यपुर ठिमी, भक्तपुर
शिक्षा सँगसँगै सभ्यता र संस्कार हुनुपर्दछ। संस्कार र जीवन जिउने कला बिनाको शिक्षा अपुरो र अर्थहीन हुन्छ भन्ने मान्यतालाई आत्मसात गर्दै आएको मध्यपुर ठिमीको अग्रणी विद्यालय विनायक शिक्षा निकेतन इङ्लिस स्कुलले यही २०८१ वैशाख १५ गते कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरूका लागि जीवन जिउने कला विषयक अभिमुखीकरण कार्यक्रमको आयोजना गर्यो। आर्ट अफ लिभिङ नामक विश्वव्यापी संस्थाका युवा संयोजक एवं इन्जिनियर विवेक जोशी प्रशिक्षकको रुपमा रहनुभएको र विद्यालयका प्रिन्सिपल सुरेन्द्र विक्रम प्रजापतिको अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रमको संयोजन विद्यालयका सहायक प्रिन्सिपल प्रेम प्रसाद निरौलाले गर्नुभएको थियो। विद्यालयका शैक्षिक संयोजक शैलेन्द्रकुमार भट्टराई ,कम्प्युटर इन्चार्ज राजेन्द्र नकर्मी, परीक्षा संयोजक शिवहरी प्रजापतिको उपस्थिति रहेको उक्त कार्यक्रममा विद्यालयका काउन्सिलर तथा प्लस टु संयोजक तुलसीहरी प्रजापतिले विद्यार्थीहरूको सफल जीवनको रहस्य विषयमा परामर्श दिनुभएको थियो। कार्यक्रममा प्रमुख प्रशिक्षक विवेक जोशीबाट अन्तरक्रियात्मक र रोचकपूर्ण तरिकाले अभिमुखीकरण गर्नुभएको उक्त कार्यक्रमको जोड जीवन जस्तो भएपनि खुसीसाथ जिउने ,जीवनलाई लक्ष्यमा डाेहोर्याउने र आफूभित्रको आन्तरिक शक्तिलाई जागृत गर्दै खुसीका निम्ति प्रयोग गर्नु रहेको थियो।
कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले शिक्षामा संस्कार र अनुशासन तथा सिपमूलक ज्ञान हुनुपर्दछ र समय परिस्थिति अनुसार आफूले आफूलाई परिस्कार र परिमार्जन गर्न सके जीवन सफल र प्रभावकारी बन्ने र आफू लक्ष्यमा पुग्न सकिने कुरा बताउनुभयो। करिब २ घण्टासम्म चलेको उक्त कार्यक्रममा विद्यार्थीहरूले स्वस्थ र स्वच्छ जीवन जिउने कला तथा आफू लक्ष्यमा पुग्न सकिने विषयमा जानकारी प्राप्त गर्न सकेको कुरा बताएका थिए।
All Comments.......
Please Login/Register To Comments