भक्तपुर । दिदी बहिनीहरु बीच मित्रता अभिबृद्धि एवं सदस्यहरुको आर्थिक सामाजिकस्तर र साँस्कृतिकस्तर उकास्ने उद्देश्यले २०७९ सालमा स्थापित ब्यासी छोरी बुहारी समूहको वार्षिक भेटघाट तथा  सदस्य भेला च्वङ्खा गणेश मन्दिर सल्लघारीमा  हिजो बनभोजकार्यक्रम  सहित सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका केन्द्रिय सदस्य तथा माननीय सांसद का. प्रेम सुवालले  महिला दिदी बहिनीहरु अन्धविश्यासमा लाग्नु हुन्न । जाँड रक्सी नखाऔं खानेका आयु चाडै सक्छ । आमाबुबाले जाड रक्सी चुरोट खानु हुन्न खाएमा छोरा छोरीले देखा सिकी गर्छ सन्तान कुलतमा फस्छ । आमा बुबा सु–संस्कृत र ब्यबहारिक भइ छोरा बुहारीको लागि उदाहरणीय बन्नुपर्छ भन्दै कामदार वर्गले अधिकार पाएको दिनको स्मरणमा प्रत्येक बर्ष अन्तराष्ट्रिय श्रमिक दिवस मनाईन्छ । आज १३५औं अन्तराष्ट्रिय श्रमिक दिवस हो भन्दै श्रमिक दिवसको हार्दिक  शुभकामना दिनुभयो ।
    नेमकिपाका केन्द्रिय सदस्य तथा बागमती प्रदेश सांसद सिर्जना सैजुले महिलाहरुमा स्तन क्यान्सर मात्र नभई पाठेघर क्यान्सरमा बृद्धि भईरहेको बताउँदै प्रत्येक दिन चार जनामा पाठेघर क्यान्सर भइरहेको छ । ब्यासी छोरी बुहारी समूहले सामाजिक भावनाको विकास गर्न सकोस भनि १३५औ ऋन्तराष्ट्रिय श्रमिक दिवसको शुभकामना ब्यक्त गर्नुभयो ।
    ब्यासी छोरी बुहारी समूहका सल्लाहकार तथा ख्वप बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष राजकुमार लघुले महिलाहरु बीच बचतको भावना विकास गर्नुको साथै प्राप्त ब्याज र आम्दानीबाट सदस्यहरुलाई शिपमूलक आयमूलक तलिम आयोजना गरी महिलाहरुलाई स्व–रोजगार बनाउनुपर्छ । समूहले समय समयमा सदस्यहरुको स्वास्थ्यलाई ख्याल गरी विभिन्न रोगको स्वास्थ्य शिविर पनि आयोजना अनुरोध गर्नभयो ।
   ब्यासी छोरी बुहारी समूहका अध्यक्ष धर्मलक्ष्मी लघुको सभापतित्वमा सम्पन्न कार्यक्रममा  सचिव बबी मैया कवां ,सदस्य सुलोचना सुवाल, सदस्य रोशनमैया सुवालले छोरी बुहारी समूहको गतिविधी र आय÷ब्ययबारे प्रकाश पार्नु भयो ।

...

All Comments.......


Please Login/Register To Comments