भक्तपुर । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं. ८ बोडेस्थित फुर्सेलमा सोही स्थान बस्ने खगेन्द्र पराजुलीको निर्माणधीन साढे ३ तल्ला पक्की घरको दोस्रो तल्लाको बाहिरी वालमा झ्याल हाल्ने क्रममा लडेर एकजनाको मृत्यु भएको छ । बारा महागढी नगरपालिका  वडा नं. ७ घर भई हाल भक्तपुर कौशलटार बस्ने बर्ष १७ को बिकास कुमार गुप्ता पर्खालको रेलिङमा ठोकिई गम्भिर घाईते भई उपचारको लागि कोरीयन मैत्री अस्पताल ठिमी लगेकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी वृत्त ठिमी भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई प्रारम्भिक अनुसन्धान कार्य गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत राजन कार्कीले बताए ।
...

All Comments.......


Please Login/Register To Comments