भक्तपुर । एभरेस्ट इगलिश स्कुल भक्तपुर २ मिवाछें व्यासीले शनिबार भव्य समारोहवीच फ्रेसर्स् वेलकम (नवआगन्तुकलाई स्वागत) कार्यक्रम गरेको छ । स्कुल परिसरमै भव्य समारोहवीच नयाँं शैक्षिक सत्रमा भर्ना हुन आएका विद्यार्थीको स्वागतमा कार्यक्रम गरेको हो । 
कार्यक्रममा स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले स्कुलका विविध विषयहरुमा जानकारी गराए । साथै उनले स्कुलका सञ्चालक, शिक्षक, कर्मचारी, चालक, आयादिदीलगायतका सम्पूर्ण पदाधिकारीहरुको परिचय पनि गराए । 
कार्यक्रममा दिइएको जानकारी अनुसार स्कुलमा एक हजार दुई सय २९ विद्यार्थीहरु अध्ययनरत छन् । त्यहाँं शिक्षक कर्मचारी गरी एक सय ५० भन्दा वढी स्टाफहरु छन् । 
स्कुल पहिलो पटक भक्तपुरको झौखेलमा २०३९ सालबाट सञ्चालनमा आएको जनाइयो । स्कुलले २०५२ सालबाट एसईईमा सहभागी गराउन थालेको जनाइयो । यो वीचमा स्कुलबाट दुई हजार पाँंच सय ६३ जनाले एसइई उतीर्ण गरिसकेको जनाइयो । यो वर्ष एक सय १८ जना एसइईमा सहभागी भई परीक्षाफलको प्रतिक्षामा रहेको कार्यक्रममा जानकारी गराइयो । यो वीचमा एक पटक छात्रा बोर्ड फष्ट र एक पटक छात्र बोर्ड सेकेण्ड ल्याउन सफल भएको जनाइयो । २०५७ सालमा छात्रातर्फ रमिला शिल्पकार बोर्ड फष्ट र २०५९ सालमा छात्रतर्फ जितेन्द्रधर प्रधानांग बोर्ड सेकेण्ड हुन सफल भएको जनाइयो । 
कार्यक्रमको उदघाटन राष्टिय गीतका सर्जक ब्याकुल माइलाले गरेका थिए । कार्यक्रमको सभापतित्व स्कुल व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचार्यले गरेका थिए । कार्यक्रममा विद्यार्थीलाई गीत, नृत्यलगायतबाट मनोरञ्जन दिलाएका थिए । 

...

All Comments.......


Please Login/Register To Comments