भक्तपुर । नेकपा एमाले भक्तपुरलाई यतिबेला अधिवेशनको चटारो लागेको छ । जेठ ३ गते सुरु नवौं जिल्ला अधिवेशनकोलागि प्रतिनिधि चयन लगभग सकिएको एमालेले जानकारी दिएको छ । प्रतिनिधि व्यवस्थापन समितिका संयोजक शिवराम तिमिल्सिनाका अनुसार भूगोलबाट आउने प्रतिनिधि सबैतिर चयन भएका छन् । जसअनुसार सूर्यविनायक नगर कमिटीबाट १ सय ३१ जना, मध्यपुरथिमिबाट ५१, भक्तपुर नगरबाट १६, चाँगुनारायण नगर कमिटीबाट ७० जना रहेका छन् । एमालेका विभिन्न जनसंगठनबाट ४६ जना, सल्लाकार कमिटीबाट २२ जना रहेका छन् । नवौं जिल्ला अधिवेशन आयोजक कमिटीबाट १ सय २५ जना प्रतिनिधि रहेका छन् । अहिलेसम्म ४ सय ६१ जना प्रतिनिधि छनोट भइसक्नु भएको छ, संयोजक तिमिल्सिनाले भन्नुभयो । पार्टीको विधिान अनुसार केही प्रतिनिधि मनोनित हुने उहाँले जानकारी दिनुभयो । सल्लाघारी चुनदेविसंगै रहेको इम्पेरियल बैंक्वटमा जेठ ३ गते ११ बजे पार्टीका केन्द्रिय अध्यक्ष केपि शर्माले ओली अधिवेशनको उद्धघाटन गर्ने तयारी भइरहेको जिल्ला अध्यक्ष बचन देउजाले जानकारी दिनु भएको छ । अधिवेशन भव्य र सव्य बनाउनको लागि हामी विभिन्न समिति बनाएका काम गरिहेका छौं, अध्यक्ष देउजाले भन्नु भयो । ३ गते उद्धघाट सत्र सकिएपछि बन्दसत्र सुरु हुने एमालेले जानकारी दिएको छ । ४ गतेसम्म चल्ने अधिवेशनले एमाले भक्तपुरको नेतृत्व चयन समेत गर्नेछ...

All Comments.......


Please Login/Register To Comments