डा. सीता सुवेदी पन्थी
स्रष्टाका कृतिहरू
‘शब्दसागरका मोती’ शीर्षकको समीक्षासङ्ग्रह डा. इन्दुल केसीद्वारा रचित तथा अनुशीलन नेपालद्वारा प्रकाशित कृति हो । यसमा विभिन्न विषयक्षेत्रमा रचित जम्मा २२ ओटा पुस्तकको अध्ययन गरी पाठकीय प्रतिक्रियास्वरुप समीक्षा प्रस्तुत गरिएको छ । पठन संस्कृतिको ह्रास हुँदै गएको वर्तमान परिप्रेक्ष्यमा यसरी विविध विषय र क्षेत्रका विभिन्न २२ जना स्रष्टाका कृतिहरु अध्ययन हुनु आपैmँमा महङ्खवपूर्ण छ । त्यसमा पनि आपूmले अध्ययन गरेका कृतिको समीक्षा गर्नु तथा उक्त समीक्षालाई पुस्तकाकार कृतिका रुपमा प्रकाशन गर्नुले स्रष्टा र सिर्जनाको उच्च सम्मान भएको छ । यस अर्थमा डा. इन्दुलको यो कार्य महङ्खवपूर्ण हुनुका साथै प्रशंसनीय छ । 
     प्रस्तुत समीक्षासङ्ग्रहभित्र धर्म, संस्कृति, दर्शन, इतिहास, सङ्गीत, कला, साहित्य, योगसाधना आदि बहुविध क्षेत्रसँग सम्बन्धित जीवनोपयोगी विषयवस्तु समेटिएका कृतिहरुको समीक्षा गरिएको छ । यो चानचुने कुरा होइन र यस कार्यले  केसीको बहुआयामिक व्यक्तित्वको परिचय दिन्छ । यसले पठन संस्कृतिको विकासमा टेवा पु¥याएको त छँदैछ, स्रष्टाप्रतिको सम्मान र सिर्जनाको प्रचारप्रसारमा समेत महङ्खवपूर्ण योगदान पुग्ने देखिन्छ ।
     ‘शब्दसागरका मोती’ यसको शीर्षक पनि अत्यन्त सान्दर्भिक र आकर्षक छ । शब्दसागरमा डुबुल्की मार्दै रचना भएका विविध किसिमका कृतिहरु सङ्कलन तथा अध्ययन गरी ती कृतिको सारलाई टपक्क टिपी मोतीसरह उन्दै तयार पारिएको यो पुस्तक निकै महङ्खवपूर्ण छ । यसभित्र श्रीमती सावित्री राणा तथा छोरी रजनी केसी मानन्धरको शुभेच्छा रहेको छ । छोरी रजनीले पिताले विभिन्न पुस्तक पढेर विभिन्न सञ्चार माध्यमबाट गरेका टिप्पणी तथा समीक्षालाई पुस्तकाकार कृतिका रुपमा प्रकाशन गर्न प्रेरकको काम गरेको देखिन्छ । यो उहाँको आफ्ना पिताप्रतिको श्रद्धाभावका लागि सबैले नमन गर्नुपर्छ, कृति प्रकाशनार्थ छोरीले गरेको आर्थिक सहयोगबाट पितृभक्तिको नमुना प्राप्त हुन्छ । एक असल सन्नतिका रुपमा रजनीजी धन्यवादकी पात्र हुनुहुन्छ । त्यसै गरी यसमा प्रा. डा. कृष्णप्रसाद दाहालको ‘शब्दसागरका मोती कृतिका प्राप्तिहरु’ शीर्षकमा समालोचकीय भूमिका रहेको छ । यसभित्र इन्दुलको बहुआयामिक व्यक्तित्व तथा ‘शब्दसागरका मोती’ भित्र रहेको विषयवस्तुको सङ्क्षिप्तमा चर्चा गरिएको छ । विविध विषयक्षेत्रमा रचित पुस्तक पढेर तिनको गहिराइमा पुगी समीक्षालेखन जस्तो गहन कार्य गरेर इन्दुलले ठुलो गुन लगाएको निष्कर्ष प्रस्तुत भएको छ । 
     यस पुस्तकमा केसीको ‘लेखकीय’ रहेको छ । आपूmलाई निरन्तर नवीनतम कार्यमा लगाइरहने केसीले आपूmलाई, कवि, लेखक, टिप्पणीकार, समीक्षक भन्न नरुचाउने र आपूm साधारण व्यक्ति भएको प्रष्टोक्ति रहेको लेखबाट केसी सादा जीवन र उच्च विचारका पक्षपाती भएको खुलासा हुन्छ । साथै आपूmले पढेर समीक्षा गरेका २२ ओटा कृतिका लेखक तथा पुस्तक तयारीका क्रममा सहयोग गर्ने व्यक्तित्वप्रतिको सम्मान भाव प्रकट गरी सुसभ्य मानवजीवनको लागि मार्गनिर्देश गरिएको छ । त्यसै गरी यसका अनुशीलन नेपालका अध्यक्ष जीवनाथ अधिकारीको प्रकाशकीय रहेको छ । पुस्तक पढ्ने बानी नै नभएको वर्तमान परिवेशमा पुस्तक पाउनासाथ अध्ययन गरी त्यसका बारेमा समीक्षा प्रस्तुत गर्ने केसीको कार्यक्षमताको प्रशंसा गर्दै ‘शब्दसागरका मोती’ प्रकाशनको जिम्मा दिइएकोमा धन्यवाद दिँदै यस कृतिले नेपाली समालोचनाको क्षेत्रलाई एक पाइला अघि बढाउन सक्ने अभिव्यक्ति प्रस्तुत गरिएको छ । 
     यस कृतिभित्र ‘वेद के भन्छ ? मेरो दृष्टिमा’ शीर्षकको ओतबहादुर खड्काको ‘वेद के भन्छ ?’ पुस्तकको समीक्षा रहेको छ । पुस्तकको रचनाको पृष्ठभूमि, कृतिकारको परिचयका साथमा वेद के भन्छ ? पुस्तकभित्र रहेका विभिन्न उपशीर्षकहरुको सङ्क्षिप्तमा चर्चा गरिएको छ । त्यसै गरी ‘इशावास्योपनिषद्–एक परिचर्चा’ शीर्षकको समीक्षामा इशावास्योपनिषद्को परिचय, भक्ति वेदान्त स्वामी प्रभु पादद्वारा लिखित इशावास्योपनिषद् प्राप्तिको सन्दर्भ, त्यसभित्र रहेका विभिन्न अठार मन्त्रहरु समावेश गरिएको छ । 
     ‘पाशुपत योग ः एक उपयोगी पुस्तक’ शीर्षकमा माहात्म्य सुशीलद्वारा रचिएको ‘पाशुपत योग’ पुस्तकको समीक्षा गरिएको छ । यसमा प्रारम्भ, अग्रलेख, किताबमा रहेका खण्डहरु र अन्त्यमा गरी चार उपशीर्षकमा स्रष्टाको पृष्ठभूमिसहित पुस्तकमा समावेश भएका विभिन्न विषयको चर्चा गरिएको छ । योगाचार्य उद्धवप्रसाद भट्टराईद्वारा सङ्कलन गरी लेखिएको दिव्य साधना–सुत्र पुस्तकको समीक्षा ‘साधना–सुत्र परिचर्चाको आलोकमा’ शीर्षकमा रहेको छ । यसमा शुभारम्भ, परिचय, पुस्तकबारे तीन जना विशिष्ट महानुभावहरुको उद्गार र अन्त्यमा जस्ता उपशीर्षकमा रचनाकार तथा कृतिका बारेमा चर्चा गरिएको छ ।
     ‘आपैmँलाई चिनाउने कृति ः जीवन दर्शन’ शीर्षकको समीक्षात्मक लेखमा टीकाराम उपाध्याय अर्याल रचित जीवनदर्शन पुस्तकको समीक्षा गरिएको छ । यसमा दर्शनको पृष्ठभूमि, लेखकको परिचय, पुस्तकको भूमिका, आत्म निवेदन, सारसङ्क्षेपमा जस्ता उपशीर्षकअन्तर्गत रही कृतिको समीक्षा गरिएको छ । त्यसै गरी डा. सत्यमोहन जोशीको ‘महर्षि याज्ञवल्क्य’ नाटकको समीक्षा गर्ने क्रममा प्रारम्भमा जोशीको परिचय, नाटकको परिचय, दृश्यहरु, पात्र, प्राक्कथन र समीक्षकको निष्कर्ष प्रस्तुत भएको छ । 
     ‘ध्यानको ज्ञान र साधना’ शीर्षकको समीक्षात्मक लेख एस.पी. आसाको ‘छ्यासमिस’ नामको पुस्तकभित्रको ‘ध्यानका अनेक प्रकार’ शीर्षकको लेखमा केन्द्रित छ । त्यसै गरी ‘बौद्ध दर्शनका पुस्तकमा एक सङ्क्षिप्त दृष्टि’ शीर्षकअन्तर्गत राहुल सांकृत्यायनद्वारा लिखित तथा ललितजन रावलद्वारा अनूदित बौद्ध दर्शनसम्बन्धी पुस्तक र गोपीरमण उपाध्यायद्वारा लिखित बौद्ध दर्शन सरल अध्ययन पुस्तकको अध्ययन गरी समीक्षा प्रस्तुत गरिएको छ । यसमा दर्शनको परिचयदेखि गौतम बुद्धको परिचय, बौद्ध दर्शन तथा बौद्ध सम्प्रदायसँग सम्बन्धित जानकारी रहेका छन् । ‘भजन र जीवनको अन्तर्सम्बन्ध’ शीर्षकको समीक्षाअन्तर्गत भजन गायक तथा कवि केशवराज राजभण्डारीको ‘भजन र सङ्गीतमा जीवन’ पुस्तकभित्र रहेका भजनका विषयवस्तु प्रस्तुत गरिएको छ । ‘प्राचीन विश्वइतिहासको सङ्क्षिप्त चर्चा ः मेरो आँखामा’ शीर्षकको समीक्षामा जीवनाथ अधिकारीरचित ‘प्राचीन विश्वइतिहासको सङ्क्षिप्त चर्चा’ पुस्तकको अध्ययन गरी प्रारम्भ, सन्दर्भ, उत्पत्ति तथा लेखन कला जस्ता उपशीर्षक राखी समीक्षा गरिएको छ । उत्तरी धु्रवसमेतको जीवनयात्रा शीर्षकअन्तर्गत बासुदेव ढकालको ‘उत्तरी धु्रवसमेतको यात्रा साथै लेखन्तेको  जीवनयात्रा’ यात्रा संस्मरण पुस्तकको समीक्षा रहेको छ । मुटुको चिरफार शीर्षकअन्तर्गत पशुपतिमान पःमां को ‘नुगः धाः’ कथासङ्ग्रहको चर्चा गरिएको छ । ‘धनियाः कथा र व्यथा’ शीर्षकअन्तर्गत परशु प्रधानको ‘धनिया’ कथासङ्ग्रहको समीक्षा प्रस्तुत भएको छ । त्यसै गरी प्रेमकृष्ण ताम्राकारको ‘मतिनाया सः’ कृतिको समीक्षा नेपाल भाषामा रहेको छ । उपन्यासकार प्रजापति तिमिल्सिनाको औपन्यासिक कृति ‘कालो पहाड’ को समीक्षा कालो पहाडको दृश्य÷चित्र शीर्षकमा रहेको छ । त्यसै गरी चुडाप्रसाद चौलागाईँको ‘विषय र विवेचना’ लेखसङ्ग्रहको समीक्षा विषय र विवेचना कृतिको उपयोगिता शीर्षकमा रहेको छ । यस कृतिभित्र साहित्य, धर्म, संस्कृति तथा आध्यात्मिक क्षेत्रका विषयवस्तु रहेको बताइएको छ । 
     ‘आपूm अरुका लागि कृतिको सार’ शीर्षकको समीक्षात्मक लेखमा निबन्धकार निर्मला श्रेष्ठको ‘आपूm अरुका लागि’ पुस्तकको चर्चा गरिएको छ । ‘मान्छे, प्रकृति र भेगन एक उपयोगी कृति’ शीर्षकअन्तर्गत स्रष्टा साधुराम गिरीको ‘मान्छे, प्रकृति र भेगन’ कृति तथा कृतिकारको परिचय प्रस्तुत गरिएको छ । साथै पुस्तकभित्रका साहित्यिक रचनाबारे, लेखकको एउटा गहन विचार, भेगन खाना जस्ता उपशीर्षकमार्पmत कृतिको चर्चा गरिएको छ । त्यसै गरी छेउ न टुप्पोमा दृष्टि पर्दा शीर्षकको समीक्षात्मक लेखमा स्रष्टा प्रकाशप्रसाद उपाध्यायको ‘छेउ न टुप्पो’ निबन्धसङ्ग्रहको चर्चा गरिएको छ । मेरी परी कृति नियाल्दा शीर्षकअन्तर्गत कवि विष्णुप्रसाद ओलीको परिचय दिँदै ‘मेरी परी’ मुक्तकसङ्ग्रहको चर्चा रहेको छ । आँसुको दहभित्र मनको बह शीर्षकअन्तर्गत कवि पदम दाहालको परिचय तथा ‘आँसुको दह’ कविता सङ्ग्रहभित्रबाट छानिएका आठ कविताको समीक्षा प्रस्तुत गरिएको छ । त्यसै गरी सङ्गीत मन्थनाञ्जलीको आचमन शीर्षकको समीक्षात्मक लेखमा ‘सङ्गीत मन्थनाञ्जली’ कृतिका स्रष्टा सरोजनी तण्डुकारको परिचय, सङ्गीत मन्थनाञ्जली कृतिबारे विभिन्न संगीतज्ञका विचार तथा उक्त कृतिको समीक्षा प्रस्तुत गरिएको छ । अन्त्यमा डा. इन्दुल केसीको परिचय, जीवनी विवरण, अभिनन्दन पत्र तथा सगुन भजन प्रस्तुत गरिएको छ । 
निष्कर्षमा 
साहित्यिक, धार्मिक, सांस्कृतिक, दार्शनिक, ऐतिहासिक, साङ्गीतिक आदि विभिन्न क्षेत्रसँग सम्बन्धित विषयवस्तु समेटिएका २२ ओटा कृतिको अध्ययन गरी तयार पारिएको ‘शब्दसागरका मोती’ समीक्षासङ्ग्रह स्रष्टा तथा सिर्जनालाई चिनाउने महङ्खवपूर्ण कृति हो । विभिन्न सन्दर्भमा आपूmले प्राप्त गरेका कृतिहरुको अध्ययन गरी कृतिकारको परिचयसहित कृतिभित्रका विविध विषयवस्तुको समीक्षा गरी पुस्तकका रुपमा प्रकाशन गर्नु निकै महङ्खवपूर्ण तथा अनुकरणीय कार्य हो । यसले पठन संस्कृतिको विकासमा पनि थप टेवा दिने कुरामा दुई मत छैन । अन्त्यमा स्रष्टा तथा द्रष्टा प्रतिभा डा. इन्दुल केसीज्यूलाई हार्दिक धन्यवाद दिँदै निरन्तर सिर्जनाका लागि शुभकामना व्यक्त गर्दछु । 
ááá

...

All Comments.......


Please Login/Register To Comments