भक्तपुर । भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं. ५ कटुन्जेमा लडेर एकजनाको मृत्यु भएको छ । खोटाङ ऐसुलुखर्क गाउँपालिका वडा नं. ५ घर भई हाल कटुन्जेमा डेरा गरी बस्ने वर्ष ४६ की जमुना भट्टराई शुक्रबार अन्दाजी ३ः३० बजेको समयमा ट्वाइलेट जाने क्रममा घरको पहिलो तलाबाट लडेर गम्भीर घाइते भएकी थिइन् । उपचारको लागी निजको श्रीमान हिरा भट्टराईले काठमाडौ मेडिकल कलेज दुवाकोट अस्पताल भक्तपुर लगेकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । 
घटनास्थलमा प्रहरी वृत जगाती भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई प्रारम्भिक अनुसन्धान कार्य गरिएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।
...

All Comments.......


Please Login/Register To Comments