डा इन्दुल केसी 
प्रारम्भ
हुनत सबै प्राणीको जीवन नै एउटा यात्रा हो । यात्राको दौरानमा मानिस एक स्थानबाट अर्को स्थानमा विभिन्न कामले यात्रा गरिरहन्छ । रहरले, बाध्यताले, कामकाजको सिलसिलामा, तीर्थ यात्री भएर, कसैको भरिया भै भारी बोकेर, मनोरञ्जनको लागि, सोखले, नयाँ–नयाँ ठाउँ, हिमाल, पहाड, तराई, मरुभूमि, जङ्गल, देश विदेशमा यात्रा गरिन्छ । कोही पैदलयात्री, कोही सवारी साधनहरु प्रयोग गरी, साइकल यात्री, गाडा, वैलगाडी, टेम्पु, मोटरसाइकल, मोटर, हवाइजहाज, नाउ डुङ्गा, जहाज चढेर यात्रा गर्छन् । कोलम्बसले अमेरिका पत्ता लगाउँदा यात्री भएर, हुयान सेन, माउत्सेतुङले लङ मार्च गर्दा यात्री भएर कतिले विश्व भ्रमण गरेको कुरा इतिहासले बताउँछ । यसै क्रममा वासुदेव ढकालजीले एउटा कुरामा विश्व कीर्तिमान कायम गर्नुभयो । आफ्नो यात्रा वर्णनको क्रममा आफ्नो जीवनमा आपूmले गरे–भोगेका विविध कुराको वर्णन, आफ्नो देश नेपाललाई आफू पुगेका स्थानका मानिसलाई नेपाली जीवन, कला सङ्स्कृति, रीतिरिवाज, योगका कुरा पु¥याउनुभयो । यसरी नै उहाँले आफू पुगेको स्थानको विकासनिर्माण, रहनसहन, चालचलनलाई देखेर बुझेर नेपालीलाई यस पुस्तकको माध्यमबाट प्रदान गर्नु भयो ।
नेपाली यात्रा साहित्यको इतिहास खोतल्ने हो भने वि.सं. १५५० सालमा तत्कालीन राजा गगनीराजले मुगुदेखि मुस्ताङसम्मको आफ्नो यात्रालाई लिपिवद्ध गरेको सङ्ग्रहलाई यात्रा साहित्यको प्रथम मानिन्छ । यसलाई पुस्तकको रुप दिने लेखक करवीर रावल हुनुहुन्थ्यो । डा. तारानाथ शर्माको यात्रा कृति ‘बेलायततिर बरालिँदा’ २०२६ सालमा प्रकाशन भएको थियो । चिरञ्जीवी शर्मा पौड्यालले १९६७ सालमा पद्यमा लेख्नुभएको डिल्ली शमशेर थापाको नाममा प्रकाशित श्री युरोप यात्रा कृति हो । वि.सं. १९७० मा शेरसिंह राणाको मेरो लन्डन यात्रा, पुरोहित रामप्रसाद सत्यालद्वारा मंगल गौरी पुस्तक प्रकाशन भएको पाइन्छ । यसरी धेरै नेपाली पुस्ताहरुले नियात्रा पुस्तकहरु लेखिसकेका छन् । नियात्राका पुस्तक लेख्नेहरुमा डा. हर्क गुरूङ, जनकलाल शर्मा, ध्रुवचन्द गौतम, कमलमणि दीक्षित, लैनसिंह वाङेदल मञ्जुल, गंगाप्रसाद उप्रेती, बुलु मुकारङ, प्रदीप नेपाल, चन्द्रप्रसाद भट्टराई, डा. वानिरा गिरी, कृष्णप्रसाद पराजुली, नरेन्द्रराज प्रसाई, श्रीओम श्रेष्ठ ‘रोदन’, राम दयाल, राकेश, सत्यमोहन जोशी, वासुदेव ढकाललगायत सयौँ नियात्रा नेपाली साहित्यका स्रष्टाहरु हुन् । असफल गौतम नियात्रा साहित्यको पाश्र्वचित्र, जरोटुप्पो सङ्रक्षण साहित्य समाज नेपालद्वारा प्रकाशित हिमवत् खण्ड सौरभ पुस्तकको आधारमा उल्लिखित विवरण ।
विषय प्रवेश
१) यस लेखमा योगाचार्य वासुदेव ढकालज्यूले लेख्नुभएको उत्तरी धु्रवदेशको यात्रा साथै जीवन यात्रा २०५६ वासुदेव १०२ पृष्ठको यो पुस्तक लेखकका चार छोराहरु उपेन्द्र, देवेन्द्र, सुरेन्द्र र नरेन्द्रले २०५६ सालमा प्रकाशन गरेका रहेछन् । लेखकका पिता पण्डित माधवप्रसाद ढकाल तथा माता जगतमञ्जुरीदेवीमा शब्द श्रद्धाञ्जलि समर्पण गरिएको रहेछ । पुस्तकको मूल्य के कति ? तथा विषय सूचि लेखिएको पुस्तकमा देखिएन ।्
यस पुस्तकमा निम्नलिखित शीर्षकका लेखहरु रहेका छन् ः
१) उत्तरी ध्रुव प्रदेशको यात्रा 
२) त्जभ ीबलम या तजभ ज्ष्mबबिथबक बलम तजभ बिलम या तजभ mष्मलष्नजत क्गल 
३) श्री ५ को सरकार परराष्ट्र मन्त्रालयको पत्र
४) पुस्तकको दोस्रो भागमा लेखकको जीवनयात्रा
लेखकको जीवनयात्रा अन्तर्गत कवि र लेखकको रुपमा, विश्वयात्रीको रुपमा, गृहस्थ योगीको रुपमा, पञ्च महाव्रतीको रुपमा, कामशास्त्रीको रुपमा, आत्माआलोकको रुपमा, अनुभवी शिक्षकको रुपमा, स्वाभिमानी राष्ट्रसेवकको रुपमा, वृद्ध जनसेवीको रुपमा शीर्षक एउटा सूचीमा दिइएको छ ।
उहाँको विभिन्न सात ओटा साहित्यिक कृतिहरु प्रकाशित भइसकेका छन् । अप्रकाशित साहित्यिक कृतिहरु चार, अन्य स–साना प्रकाशित २००४ सालदेखि २०३४ सालसम्ममा विभिन्न शीर्षकका ३४ ओटा कृतिहरुको विवरण यस पुस्तकको पृष्ठ ४२, ४३, ४४ र ४५ मा समावेश भएका छन् ।
विश्व पर्यटकको रुपमा
यस पुस्तकमा यात्रा वृतान्तको विवरण २००४ सालदेखि २०५६ सालसम्ममा जम्मा ५७ ओटा विभिन्न यात्रा वर्णनहरु उल्लेख गर्नुभएको छ ।
गृहस्त योगिको रुपमा योगसम्बन्धी केही टिपोटहरुका उपशीर्षकहरु ः 
१) कविरत्न श्री कृष्णप्राद घिमिरे, (२) योगी परमहंस श्री सच्चिदानन्द सरस्वती (श्री खप्तड स्वामी), (३) श्री स्वामी शिवानन्द, (४) ओशो रजनीश, (५) महर्षि महेश योगी, (६) स्वामी राम, (७) योगि नरहरिनाथ, (८) डा. स्वामी रामानन्द गिरी । उल्लिखित व्यक्तिहरुको निकट सम्बन्ध स्थापना गरी भक्तियोग, योगक्षेत्रमा अघि बढ्ने हौसला, प्रेरणा पाएको उहाँहरुको योग सम्बन्धि ग्रन्थहरु पढेर ज्यादै प्रेरित र प्रभावित भएको देखाइएको छ । ओशो रजनीशको साहित्यिक, यौगिक, धार्मिक र आध्यात्मिक प्रभाव आफूमा परेको तथा सम्भोगसे समाधितक ९ँचयm क्भह तय क्गउभच ऋयलकअष्यगकलभकक० को सिद्धान्तमा आफू सहमत भएको कुरा उल्लेख गर्नुभएको छ । यसरी नै महर्षि महेश योगी भावातीत ध्यान ९त्चबलकअभलमभलतब िःभमष्तबतष्यल० को अध्ययनको साथै आवश्यक उपदेश एवं मार्ग दर्शन पाउनुभएको रहेछ । स्वामी रामसँग उहाँको योग अध्ययनमा उहाँसँगै एकान्तमा योगसाधना सम्बन्धमा छलफल गर्नुभएको रहेछ । साहित्य, इतिहास, दर्शन, योग आयुर्वेद, धर्मशास्त्र, राजनीति, वेदवेदान्त, लिपि, विज्ञान, जडिबुटी विज्ञान, ज्योतिषविज्ञानका ज्ञाता योगी नरहरिनाथज्यूबाट आफूलाई (वासुदेव ढकाल) योगाचार्यको प्रशंसापत्र प्रदान भएको, २०५३ सालमा “दार्शनिक विशिष्ठ ज्ञान यज्ञ प्रथमोदान शौण्ड प्रशंसापत्र प्राप्त गर्नुभएको तथा आफूले २०५३ सालमा स्थापना गरेको वासुदेव ढकाल गोरखनाथ पुरस्कार नामक योग सम्बन्धी गुठीका प्रमुख सङ्रक्षक हुनुभएको कुरा यहाँ उल्लेख छ । महेश सन्यास आश्रम र महेश सङ्स्कृत गुरूकुलम्का सङ्स्थापक अध्यक्ष डा. स्वामी रामानन्द गिरीज्यूले देवघाटको आश्रममा गुरूकुलका विद्यार्थीहरुलाई पढाउने अवसर प्रदान गर्नुभएको कुरा उल्लेख भएको पाइन्छ ।
बासुदेव ढकालज्यूले योग सम्बन्धी श्रीमद्भागवत् गीताको वासुदेव्य नेपाली अनुवाद, महामन्त्र ॐ अन्तर्यात्रा आफैँभित्र नियाल्दा, योग आजको आवश्यकता, अनिवार्यता, अपरिहार्यता प्रकाशन गर्नुभएको छ ।
ढकालज्यूले निम्न तीर्थ पञ्च महाव्रतहरु प्रतिपादन पनि गर्नुभएको छ ।
क) यथासम्भव आयाचक, सकेसम्म नमाग्ने ।
ख) यथासम्भव स्वावलम्बन, आफँै जस्तो बन्ने, आफ्नो काम आफैँ गर्ने ।
गं यथासम्भव व्ययमा परमित्रता, मितव्ययी हुने, फजुल खर्च नगर्ने ।
घ) यथासम्भव अमानित्व, आफैँ जानका ठूलो बन्न नखोज्ने ।
ङ) यथासम्भव स्वाध्ययन, आफैँबाट सिक्ने, प्रकृतिबाट सिक्ने, आफ्नो गुरू आफैँ बन्ने कामशास्त्रीको रुपमा, सम आत्मालोचकको रुपमा, एक अनुभवी शिक्षकको रुपमा, तालिम र सेमिनारमा आफूले भाग लिएका विवरण, आफूले गरेको अध्यापनको अनुभव, स्वाभिमानी राष्ट्रसेवकको रुपमा, वृद्ध जनसेवीको रुपमा पनि रहेको विवरण यस पुस्तकमा पाइन्छ ।
उहाँले प्रकाशन गर्नुभएका सात ओटा पुस्तकहरुको नाम, अप्रकाशित चार ओटा कृतिहरुको नाम, उहाँले घुमेका १८ ओटा मुलुकहरुको नाम र उहाँको एउटा फोटो सहित आफ्नो नाम, जन्म मिति, शैक्षिक योग्यता, विशेषता, सङ्स्थापक अध्यक्ष भएको समेतको विवरण दिनुभएको छ ।
श्री वासुदेव ढकाल २०३६ साल आषाढ २९ गते आइतबार कर्कट रेखा पार गरी सङ्सारको सिरानी उत्तरी ध्रुव प्रदेशको फिनल्यान्डको उत्तरी भेग लापल्यान्ड आजसम्म नेपाली पाइलाले नकुल्चिएको एक नेपाली यात्रीको हैसियतले उहाँ पुग्नुभएको रहेछ । फिनल्यान्डमा ६० हजार तलाउ र ३० हजार टापुहरु रहेछन् । त्यस देशको राजधानी हेलसिन्कीलाई ध्जष्तभ ऋष्तथ या तजभ द्यगिभ क्भब अर्थात् नीलो समुद्रमा अवस्थित सेतो शहर भनिन्छ । फिनल्यान्डमा उहाँको सात हप्ताको बसाइ थियो । त्यहाँ रहेका लुचोरेक चर्च, ओलम्पिक स्टेडियम, २३ तले टावर, युनिभर्सिटी, बैंक अफ फिनल्यान्ड, सिटी हल, प्रेसिडेन्ट्स नेसनल अपेरा, स्टुडेन्ट हाउस, हेड पोस्ट अफिस, सेन्ट्रल हरिचटेल, सुन्दर अत्याधुनिक कलाकौशल एवं कालिगडीले पूर्ण भएको ताप्पिओलसमेतका स्थानहरु उहाँले अवलोकन गर्नुभएको रहेछ ।
फिनल्यान्डका सहरहरुको भ्रमण गर्दा आफूलाई भाषाको कठिनाइ, सज्जन र दुर्जनहरुको सौजन्य र दौजन्र्य ठाउँ–ठाउँमा आफूले व्यहोर्नु परेको एक्लो यात्री, अज्ञात स्थान, नबुझिने भाषा, सीमित अवधि, सयौँ माइलको भ्रमण, पानीजहाज, हवाइजहाज, रेलगाडी, मोटरकारमा र पैदल यात्रासमेत गर्नुभएको रहेछ ।
यूएन फेलोसिपअन्तर्गत पर्यटन सम्बन्धी अध्ययन भ्रमणको निमित्त करिब चार महिनाका लागि वासुदेब ढकालजी स्कन्दनिवियाका मुलुकहरुको भ्रमणमा जानुभएको रहेछ । यसै क्रममा उहाँ नयाँ दिल्ली, देहरादुन, फ्रयाङ्कफ्रोट, डेनमार्कको कोपेनहेगन पुग्नुभयो । त्यहा लासफैक्ट्री र टुवर्ग वियर फ्याक्ट्रीको अवलोकन, पटक–पटक डेनिस परिवारमा सम्मिलित भई त्यहाँको रीतिथिति, चालचलन, कल्चर र जनजीवनको जानकारी हासिल गर्नुभएको रहेछ ।
यात्राको अर्को देश स्विडेनको राजधानी स्टकहोम, नर्वेको राजधानी ओस्लो रिमा निदानी सहरको दृश्यावलोकन, एउटा इमा सङ्ग्रहालय जहाँ ८० हजार जति विभिन्न भाषाका पुस्तकहरु रहेको पुस्तकालय, खनिज पदार्थहरुको सो केस, फिनल्यान्डमा पाइने विभिन्न थरीका चराहरुको नमूना अवलोकन, स्कन्दनिकावियाको र फिनल्यान्ड भ्रमण, सोभियत रुसको इलाकासम्म फैलिएको सेना सेफ भ्रमण गरी सम्पन्न गर्नुभयो ।
यस पुस्तकको अर्को पक्ष अङ्ग्रेजी भाषामा लेखिएका निम्न विभिन्न शीर्षकका पाँच लेखहरु छन् ः
१)  त्जभ बिलम या तजभ जष्mबबिथबक बलम तजभ बिलम या तजभ mष्मलष्नजत कगल यो लेख आफू श्री ५ को सरकार, नेपाल पर्यटन विभागको सूचना विभागको सूचना अफिसरको हैसियतले फिनल्याण्डको परराष्ट्र विभागमा प्रस्तुत गर्नुभएको रहेछ ।
अर्को लेख
ल्भउबभिकभ ग्ल् क्अजयबिच ष्लतभचभकतभम ष्ल त्यगचष्कm ष्ल क्अबलबमष्लबखष्ब ९ज्ञ० ीबलनगबनभ एचयदझिक, ९द्द० एबलअजबथबत म्झयअचबअथ ९घ० त्यगचष्कm ष्क बचिभबमथ ष्mउयचतभम तय ल्भउब ि९द्ध० त्जभ mयगलतबष्ल या क्गलमब िबचभ यलथि ज्ष्ििक या ग्ल् ँभिियध म्जबतष्ब िाचयm ल्भउब ि९छ० ख्ष्कष्तयचक ाचयm ँबच बधबथ बचभब भिबचलष्लन जयध तय चगल जयतभ िष्ल तजचय‘
अन्तमा
यो पुस्तक नेपाली पाठकले पढ्नै पर्ने एउटा महङ्खवपूर्ण पुस्तकको रुपमा तयार गर्नुभएको छ । म स्वयम र श्री वासुदेव ढकालजी दुवै एउटै मन्त्रालय – तत्कालीन सामान्य प्रशासन मन्त्रालय, हरिहर भवनमा हाम्रो जागिरे जीवनमा दुवै उक्त मन्त्रालयको उपसचिवको पदमा रही काम गरेका सहकर्मी, एक मित्रको हैसियतले ढकालजीले यो यात्रा सम्बन्धी पुस्तक तयार गर्नुभएकोमा धन्यवाद ज्ञापन गर्दछु ।
८८८८

...

All Comments.......


Please Login/Register To Comments