चुडाप्रसाद चौलागाईं
साहित्यकार
प्रारम्भ
प्रत्येक मानिसमा केही न केही साहित्यिक भाव झल्केको हुन्छ । कसैको रुवाइमा वेदना पोखेको हुन्छ भने कसैको हँसाइमा पनि खुसीका अभिव्यक्तिहरु आएको हुन्छ । लेखकले लेख्छ, प्रकाशन गर्न सक्छ, पाठकसमक्ष पु¥याउन सक्छ । जनप्रिय भयो भने त्यो कृतिको वासनाले मानिसलाई आकर्षण गर्नसक्छ । लेखिएन भने जस्तोसुकै सुन्दर र प्रभावकारी भए पनि त्यसको मर्म गुम्न सक्छ । जसरी सलाईंको काँटी बट्टामा घर्षण गर्दा आगाको झिल्का निस्कन्छ त्यस्तै झुलो, चक्मकमार्पmत दर्शन ढुङ्गामा घर्षण गरेमा त्यहाँ पनि आगोको भिल्का निस्कन्छ । साहित्य पनि त्यही झिल्का हो जसलाई साहित्यकर्मीले आफ्नो लेखनकलामार्पmत व्यक्त गर्दछ । भनिएको छ, साहित्यकार हृदयजीवी हो यो सत्य हो । हाम्रो नेपाली साहित्को क्षेत्रका कवि भानुभक्त आचार्यले घाँसीलाई भेट्दा भानुभक्तीय रामायण जन्मियो । बाल्मिकीले मरा मरा भन्दा बाल्मिकी रामायण जन्मियो । रुखको हाँगाकोे टुप्पोमा बसेर पेंmद काट्ने कालीदासले आफ्नो श्रीमतीको प्रेरणाबाट, ऋतु सम्भार, कुमार सम्भव, मेघदुत र रघुवंश जस्ता साहित्यिक ग्रन्थहरु जन्मन पुगे । त्यस्तै भिखारी देख्दा लक्ष्मी प्रसाद प्रसाद देवकोटाको भिखारी कविता संग्रह जन्मियो । दूधमा घीउ भएभैंm काठमा आगो भएभैंm, वीजमा वृक्ष भएभैंm घटनाले मानिसका अन्तरमनका कथा व्यथाहरु जन्मिन्छन् । त्यही साहित्य हुन्छ । कसैले आख्यानमार्पmत त कसैले सात्यिक अन्तर्मनबाट निस्केका कुराहरु नै साहित्यभित्रका रस हुन्छन् । 
समीक्षा सङ्ग्रह
मैले ‘शब्द सागरका मोती’ नामक समीक्षा संग्रह पढ्ने मौका पाएँ । जसका लेखक डा.इदुल के.सी. हुनुहुँदोरहेछ । शब्दसागरको मोतीका टिप्पणीहरुको शीर्षकहरु जम्मा २२ वटा फेला पारें । त्यहाँ मैले डा. इन्दुल के.सी.लाई एउटा प्रतिभाशाली, बहुआयामिक व्यक्तित्वको रुपमा देख्न सकें । हुन त उहाँले आपूmलाई कवि, लेखक, टिप्पणीकार तथा समीक्षक होइन भन्नुभएको छ । जसले कविता लेख्छ, त्यो कवि हो, जसले कसैको रचनामाथि समीक्षा वा टिप्पणी गर्छ ऊ समीक्षक हुन्छ । त्यो कति गहिरो वा निरस छ भन्ने कुरा पाठकले आफै छुट्याउने कुरा हो । प्रस्तुत ‘शब्द सागरका मोती भित्र’ रहेका केही शीर्षकहरुले मलाई आकर्षित गर्न खोजेको कुराले आपूmले यसबाट टिप्पन टापन गर्न खोजेको मात्र हो । प्रस्तुत ‘शब्द सागरका मोती’ लाई सुभेक्षा व्यक्त गर्ने डा.इन्दुल के.सी.की छोरी रजनी आफ्नो शुभकामना व्यक्त गर्दै भन्नुहुन्छ, “रहर कस्तो कस्तो ? कहिले कविता रचना, कहिले भजन गायन, कहिले संकृति संरक्षण, कहिले योग साधना र कहिले प्राकृतिक चिकित्सक, यही श्रृखलाहरुमा शब्द सागरका मोती एउटा अर्को संगालो पनि रहेका” भन्दै समाजमा एउटा सकारात्मक सोच जाओस् भन्ने आशय व्यक्त गरिएको छ । अवस्य पनि उहाँको शुभेक्षाले साहित्यमार्पmत समाजलाई अभैm नयाँ दिशा दिन पछि नपर्ला भन्ने ठानेको छु । 
प्राध्यापक डा.कृष्णप्रसाद दाहाल जो त्रि.वि.वि.पाटन संयुक्त क्याम्पसको योग्य अध्यापक रहनुभएका व्यक्तिले ‘शब्द सागरका मोती’ कृतिका प्राप्तीहरु शीर्षकमा आपूmले देखेका मोतीलाई आफ्नै शब्दमा व्यक्त गर्न खोज्नुभएको छ । शब्द सागरको मोती स्वयंममा विषयगत विविधताको मौजी मसला हो भन्नुभएको रहेछ । उहाँले डा.इन्दुल के.सी.लाई सचेत पाठक मात्र नभएर सचेत लेखक पनि भन्नुभएको छ । उहाँले साहित्यिक क्षेत्रमा प्रेणा दिएभैंm डा.इन्दुलाई पनि अरुलाई साहित्यप्रतिको अभिरुचि जगाउन प्रेण दिएको प्रष्टिन्छ । हुन पनि डा.इन्दुल एउटै आयाम मात्र नभएर एकै खालको नभएर संकृति, धार्मिक, दार्शनिक, वैद्धिक, ऐतिहासिक, सांगीतिक आदि थुप्रै क्षेत्रमा डुबेर मोती फेला पार्नुभएको कुरा मलाई पनि सही विश्लेषण गरेको ठान्दछु । उहाँ बहुआयामिक व्यक्तित्व देखिनुका थुप्रै कारणहरु छन् तापनि कविता, नाटक, कथा, निबन्ध, उपन्यास, संमरण आदि विषयमा प्रकाश पार्नुभएको छ । प्राध्यापक डा.कृष्णप्रसाद दाहाल सुनको गहना बनाउने कालीगढ जत्तिकै साहित्को कालीगढ मैले ठानेको छु । सुनलाई जुनसुनै गहना बनाउने कालीगढ भैंm प्राध्यापक डा.कृष्णप्रसाद दाहाललाई ठानेको छु । 
त्यसैगरी अनुशीलन नेपालका अध्यक्ष जीवनाथ अधिकारी यस शब्दसागरका मोतीको प्रकाशकीय लेखमा भन्नुहुन्छ, “डा.इन्दुल के.सी.यस्तो नाम हो जसले आपूmलाई मनपरेको कृति प्राप्त गर्नासाथ अनुकूल प्रतिकूल जुन परस्थितिमा पनि शीघ्राति शीघ्र अध्ययन गर्ने र आफ्नो बुझाइलाई समीक्षा गरिहाल्छन् । उनै डा.इन्दुल के.सी. नेपाली वाङमयका विविध विधाका पुस्तकहरुको अध्ययनपछि आफ्नो विवेकीय पर्गेल्याईंमा २२ वटा लेख, शब्द सागरका मोती शीर्षकमा पुस्तक तयार पारेर प्रकाशनयोग्य बनाउनुभएको छ । जसको कारणले पुस्तकको नाम सान्दर्भिक भएको ठान्दछु । यस ‘शब्दसागरका मोती’ समीक्षा संग्रहमा सताब्दी पुरुष लोक सांकृतिक विद् साहित्यकार डा.सत्यमोहन जोशीज्यूको ‘दुई थुङ्गा पूmल’ शीर्षकको कवितामा लेखिएका केही कुराहरुलाई यहाँ उद्घृत गर्न सान्दर्भिक ठानेको छु । 
भजन कीर्तनका गायक, कविता आदिका लेखक,
कला संकृतिका अनन्य भक्त साधक सरल स्वभावका मृदु भाषी
क्रिया कर्ममा परोपकारी, व्यति एक प्रतिभा अनेक डा.इन्दुल के.सी.
उक्त प्रस्तुत दुई थुङ्गा पूmल कवितामा कविले महत्वपूर्ण मोती भएको चर्चा गरेका छन् । मोती अतिवय मूल्यवान वस्तु हो जो पायो उसले मोती किन्न सक्दैन । सुनको काम गर्ने कालीगढीले सुन पाएपछि कुनै पनि खालका गहनाहरु बनाउन सक्दछ । त्यस्तै हुन् डा.सत्यमोहन जोशी । उहाँले डा.इन्दुल के.सी.का साहित्यिक कृतिमा पाइएको मोतीलाई साहित्यरुपि गहनाको रुपमा कवितामा व्यक्त गर्नुभएको छ ।
आध्यात्मिक भक्ति र संगीत 
‘शब्द सागरका मोती’ समीक्षा संग्रहमा थुप्रै विद्धानहरुको पुस्तकहरुको बारेमा कलम चलाई यो संग्रह तयार परिएको छ । यसमा रहेका लेख रचनाहरुले मोतीको रुपमा काम गरेको छ । सबैको लेखको मर्मलाई यहाँ उल्लेख गर्न सकिएको छैन तापनि डा.इन्दुल के.सी.ले शब्द सागरमा मोती पुस्तकमा रहेका भक्ति भजनलाई नियाल्ने कोशिष गरेको छु । भजन र जीवनबीचको अन्तरसम्बन्ध निकै गहिरो छ । कृष्ण चरित्र पढ्दा, रामायण अध्ययन गर्दा, शिव पुराणको मनन् गर्दा तथा श्रीमद् भागवत गीता लगायत थुप्रै गीताहरुको सार कुरा भगवानको भक्ति गर्नु हो, सेवा गर्नु हो । ज्ञानयोग, कर्मयोग र भक्तियोगले पनि भगवानको आरधना गर्दै भक्तिभाव प्रस्तुत गर्नु हो । सच्चा भक्तहरुको अन्तरमनबाट निस्केको भजन र त्यसलाई संगीतमय गर्न सक्नु असल संगीतकार तथा भजन रचना गर्नेको खुवी हो । यो पुस्तकमा रहेको सगुन भजन रचनाकार डा.इन्दुल के.सी. हुनुहुन्छ भने त्यसका संगीतकार श्री सत्यनारायण मानन्धर हुनुहुन्छ । 
त्यस भजनभित्र मानव जीवनले गर्नुपर्ने थुप्रै कुराहरु दर्शाइएको छ । संगीतभित्र जीवन बोलेको छ । भजन रचनाका हरफहरु थोरै भए तापनि सबै कुरालाई निचोरेर महत्व दर्शाइएको छ । सानो कुराको महत्व धेरै हुन्छ । आगाको झिल्को सानो हुन्छ, मोती सानो हुन्छ, आँखाको नानी सानो हुन्छ, जिरे खुर्सानी सानो हुन्छ, पानीको बँुद सानो हुन्छ तर महत्व उत्तिकै । भजनको महत्व कम छैन यो सर्वोपरि छ । भजन भनेर गाउने व्यक्तिको अन्तरमनबाट फुटेको दुःख सुख र शान्तिको अनुभूति हो । यो साहित्यको कला हो । यसलाई सरस्वतीको बरदान भन्न सकिन्छ । भजन रचना गर्नु एउटा कला हो भने त्यसलाई संगीतमा भरेर बाजागाजासहित कलात्मक ढङ्गबाट व्यक्त गर्नु अर्को कला हो । साच्चै सफल सङ्गीतकार हुनुुहुन्छ सत्यनारायण मानन्धर । उहाँको सङ्गीतले मोहित गराएको छ । भजन रचना गर्ने रचनाकार र सङ्गीतकार एक सिक्काका दुई पाटा हुन् । भजन रचना गर्ने कुराको सुरुवात भरतद्वार रचिएको नाट्यशास्त्रबाट नै भएको मानिन्छ । भजनकीर्तन भनेको समुद्रभित्रको मोती हो । रचनाकारको मनमस्तिकबाट मुल फुटेर सङ्गीतकारले भजन सामग्रीबाट ध्यान दृष्टि दिंदै लोकप्रिय बनाउने कलाको प्रदर्शनी हो । डा.इन्दुल के.सी.को प्रतिभा एकातिर छ भने अर्कोतिर सत्यनारयण मानन्धरको । भजनभित्रको मार्मिक कुरालाई श्रोतमाझ पु¥याउने काम भएको छ । संगीतकारको कलाले श्रोतको आँखाबाट आनन्दको आँसु खस्न सक्दछ । ध्यान केन्द्रित गर्दछ । हृदयभित्र धड्कन लाग्न सक्दछ । हावाभन्दा छिटो दौडने मनको विशेषता विचित्रको छ । तितरवितर हुनखोजेको मनलाई संगीतकारको प्रस्तुतीले केन्द्रित गर्न सक्दछ । धैर्यताको महशुष गर्दछ । त्यही धैर्यताको परिणामले साहित्य जन्मिन्छ, कविता जन्मिन्छ, भजन पनि । भजनले भगवानप्रतिको महत्व दर्शाउँछ । भजनकार रचनाकार डा.इन्दुल के.सी.लेख्नुहुन्छ, 
भजन गरौं सबले भजन गरौं
गुणगान गरौं मनले गुणगान गरांै
भजनप्रति विश्वस्त रहने कुरामा भजनमा हामीले धर्मको रक्षा ग¥यौं भने हामीलाई धर्मले रक्षा गर्दछ । जसले भगवानप्रति विश्वास गर्दैन उसले सद्मार्गमा लाग्ने परसेवामा लाग्न मन बढाउँदैन । असल मानिस भगवानको भक्त हुन्छ, समाजप्रति चासो देखाउँछ । रचनाकार लेख्नुहुन्छ, “धर्म मार्गमा लागौं, सद्मार्गमा लागौं, समाज सवानै धर्म हो जानांै । डा.इन्दुल के.सी. लेख्नुहुन्छ, “मातृ देवो भवः पितृदेवो भवः जनसेवानै ठूलो धर्म हो मानौं । भजन गरौं । जनताको मुलुकको, राष्ट्रको सेवा गर्न सबैलाई आग्रह गरिएको छ । नभन्दै आज देशको कुनाकाप्चामा धर्मका विभिन्न सप्रदायहरु, सनातन धर्म मान्नेहरुले भजन गर्ने कुरामा उत्साहवान देखिन्छ । धर्मप्रति विश्वास बढाएको देखिन्छ । तव रचनाकार लेख्नुहुन्छ, “पृथ्वी आमा हुन्, आकाश बाबु हो, दुबै महत्वपूर्ण छन् ।” यही कुरालाई डा.इन्दुल के.सी.ले भजनमार्पmत जोड दिनुभएको छ भने संगीतकारले श्रोताको चेतना थप्नुभएको छ । अस्थीर मानसिकतालाई केन्द्रित गर्नुपर्ने आग्रह छ । 
अन्तमा
हाम्रो धर्मशास्त्रका थुप्रै ग्रन्थहरु छन्, चार वेद, अठार पुराण थुप्रै उपपुराणहरुमा मन्त्रहरुको व्यवस्था गरिएको छ । ती मन्त्रहरुले पनि भगवानप्रति आस्वस्त गराउने हो । श्रीमद् भागवतको निष्कर्ष पनि भगवानप्रतिको महत्वपूर्ण विश्वास दिलाउनु हो । महाभारत जस्तो यथार्थवादी महाकाव्यको आखिरी निष्कर्ष पनि परोपकार गर्नु धर्म हो भने पाप कर्म गर्नु पीडा दायक हो । प्रत्येक श्लोक श्लोकले भगवानप्रतिको भक्तिलाई महत्व दिएको छ । संस्कृतका श्लोकहरुले यही कुरा भन्दछ । श्रीमद् भागवत गीतामार्पmत भगावन कृष्णले कर्मयोगी बन्न प्रेणा दिनुभएको छ । आपूmप्रति विश्वास गर्न अर्जुनलाई आग्रह गर्नुभएको छ । त्यस्तै आदर्शवादी महाकाव्यमा भगवान रामचन्द्रको आदर्शलाई महत्व दिंदै राम सीताको गाना गाउन भजन गर्न, रामको भक्त हनुमानले देखाएको रामभक्ति उदाहरण अति महत्वपूणको छ । त्यसैले भजन रचनाकार र सङ्गीतकारले खेलेको भुमिका कम छैन । तब डा.इन्दुल के.सी.लेख्नुहुन्छः–
मर्यादा पुरुष रामको आदर्श मानौं
अवतारी कृष्णजीको गीता ज्ञान बुझौं
महामानव वुद्धको शान्ति मार्गमा लागौं
उनको धर्मदर्शन शीलको पालना गरांै
भजन गरौं ।
एकातिर रामको आदर्श, अर्कोतिर अवतारी कृष्णको गीता ज्ञानको औचित्यमाथि जोड दिइएको छ भने अर्कोतिर राजा सुद्धोधनका छोरा सिद्धार्थको जीवनचक्रलाई स्मरण गर्दै महामानव बुद्धले देखाएको शान्तिको ज्योति छरेर विश्वलाई दिएको धर्म दर्शनशीलको पालना गर्नु आजको महत्व भएको कुरालाई उत्तिकै महत्व दिएको छ । शब्द सागरका मोती समीक्षा सङ्ग्रहका रचनाकार डा. इन्दुल केसी, समालोचकीय भूमिकाका लेखक प्रा.डा. कृष्णप्रसाद दाहाल, पुस्तक प्रकाशन गर्ने अनुशीलन नेपाल र प्रकाशनको लागि आवश्यक आर्थिक बोझ बोक्ने रजनी केसीलगायत सम्बन्धित सबै धन्यवादका पात्र हुनुहुन्छ । अस्तु 

...

All Comments.......


Please Login/Register To Comments