काठमाडौं । ख्वप कलेज देकोचा भक्तपुरका पत्रकारिताका विद्यार्थीले मंगलबार सिंहदरवार काठमाडौंस्थित राष्ट्रिय समाचार समिति (रासस) कार्यालयको अध्ययन भ्रमण गरेका छन् । कलेजमा पत्रकारिता मुख्य विषय लिई स्नातक तह पहिलो वर्षमा अध्ययनरत विद्यार्थीको टोली राससमा पुगेर अध्ययन भ्रमण गरेको हो ।
कार्यालयमा राससका प्रधान सम्पादक उतम सिलवालले पत्रकारिताका विद्यार्थीलाई राससमा स्वागत गर्दै राससमा हुने पत्रकारिताबारे जानकारी गराए । उनले पत्रकारिता स्वतन्त्र, निष्पक्ष र विश्वसनीय हुनुपर्ने खाँंचो औंल्याए । साथै पत्रकारिता हतारको साहित्य भएकाले पत्रकारितामा अल्छीपना नचल्ने उनले बताए । 
समाचार शाखाका डेपुटी चिफ रिपोर्टर नारायण न्यौपानेले विधागत पत्रकारिताबारे जानकारी गराए । त्यस कारण पत्रकार वन्ने योजना भए जुन विधामा पत्रकारिता गर्न इच्छा छ, त्यस विषयबारे बिशेषज्ञ हुनु आवश्यक रहेको उनले बताए । त्यसकारण जुनसुकै आफूलाई इच्छा लागेको विषयमा विशेषज्ञता हासिल गर्न उनले सुझाए । यद्यपि सवैखाले पत्रकारले सामान्य जानकारी राख्नु पनि उतिकै आवश्यक रहेको उनले बताए ।   
रासस सञ्चार प्रविधि महाशाखाका नायब महाप्रबन्धक राजु शाक्यले राससले प्रदान गर्दै आएको भिडियो सेवाबारे जानकारी गराए । राससले अहिले रेडियो र टिभीलाई पनि काम लाग्ने गरी समाचारहरुको अडियो र भिडियो सेवा पनि थालेको जानकारी उनले गराए । 
भ्रमणको क्रममा विद्यार्थीले राससमा भइरहेको गणतन्त्र फोटो प्रदर्शनीको पनि अवलोकन गरेका थिए । फोटो प्रदर्शनीबारे जानकारी दिंदै राससका फोटो शाखा प्रमुख रत्न श्रेष्ठले गणतन्त्रपछि केही भएन भनेर निराशा व्यक्त गर्ने जनतालाई गणतन्त्रपछिको उपलव्धीबारे बोध गराउने थिमका साथ फोटो प्रदर्शनी गरेको जानकारी गराए । 
विद्यार्थीले राससको समाचार कक्ष, सम्पादन कक्ष, अडियो भिडियो कक्षबारे जानकारी लिएका थिए । विद्यार्थीलाई सैद्धान्तिकसँंगै व्यवहारिक ज्ञान दिन अध्ययन भ्रमण गराइएको पत्रकारिताका शिक्षक कृष्ण किसीले बताए । 

...

All Comments.......


Please Login/Register To Comments