भक्तपुर । भक्तपुर जिल्ला फुटबल संघ (एन्फा) को आयोजनामा भक्तपुर बहुमुखी क्याम्पसको फुटबल मैदानमा भइरहेको भक्तपुर जिल्ला लिग २०८०।०८१ को शुक्रबारको खेलमा वृहस्पति युथ क्लव विजयी बनेको छ । थिमि युथ क्लवलाई पेनाल्टी गोलमार्फत् बृहस्पति विजयी बनेको छ । बृहस्पतिकोतर्फबाट जर्सी नं ३ का पूर्णबहादुर माझीले गोल गरेका थिए । प्रतियोगितामा म्यान अफ म्याच पनि माझी नै घोषित भए । प्रतियोगिता प्रत्येक दिन साँंझ ४ बजेदेखि भक्तपुरको दूधपाटीस्थित भक्तपुर बहुमुखी क्याम्पसको खेलकुद मैदानमा भइरहेको छ । 

...

All Comments.......


Please Login/Register To Comments