त्यो जेठ उन्नाइस 
जनप्रिय राजाको अवसान
जिउँदो रहँदा दिईएन आश्वासन 
जनताको नासो फर्काउने त्यो शासन 

त्यो विश्वकै अनुकरणीय प्रजातान्त्रिक 
राजतन्त्र ढलेपछि आज
गणतन्त्र र संघीयताको नाउँमा 
जन्मेका छन् ठाउँठाउँमा राजा

तिमी थियौं सबैका साझा नरेश
राज्यसत्ता भन्दा बढी 
देश र जनताको माया गर्ने 
एक देशभक्त राजा

तिम्रो अवसानपछि 
जुरमुराएका छन् विदेशी
ऋण अनुदान सहयोगको नाउँमा 
देशको प्राकृतिक स्रोत कब्जा गर्न

तिम्रो त्यो देश र जनता प्रतिको माया
आज त्यो उन्नाइस को झिसमिसे रात
देशका पिता सम्मान राजा गुमाउनुपर्दा 
गहभरि आँशु बगाउन बाध्य जनता
...

All Comments.......


Please Login/Register To Comments