एस
सरकारले बचत तथा बहुउद्देश्यीय सहकारी दर्ता गर्दा अन्धादुन्ध रुममा दर्ता गरियो । सहरकारीको मूल्य, मान्यतामा सहकारीका संचालकहरु र जनताहरुलाई नियम–विनियमबारे प्रशिक्षित गर्ने कार्य भएन । घुसको आधारमा पूर्वाधार नहेरी मान्छे हेरी सहकारी दर्ता गरियो । यसले गर्दा जोसुकै मानिसहरुले पनि सहकारी खोल्न थाल्यो । गलत प्रवृतिका मान्छेहरुले पनि सहकारी खोलियो । कसै–कसैले पहुँचको आधारमा सहकारी दर्ता गरियो । त्यसरी खोलेका सयौं सहकारीहरुले जनताको बचत रकम खाएर भागे । कोही विदेशतिर पलाएन भए । खुल्ला रुपमा सहकारीलाई छोड्दा लुटेरा टाइपका संचालकहरुले अरबौं रुपैया जम्मा गरी अन्यत्र देशमा भागियो । तिनीहरु कहिले फर्किने हो कुरेर बस्नु बाहेक अरु उपाय छैन ।
अलि कमजोर खालका बचतकर्ताहरु पनि आफ्नो जिल्लामा नबसी अन्यत्र जिल्लाहरुमा लुकेर बसिरहेका छन् । उनीहरुसँग सम्पर्क भएका व्यक्तिहरुलाई आश्वासन मात्र दिन्छन् । जस्तै लामो बाँसको टुप्पोमा हाडी राखी तल आगो बालेर भात पकाए र भात खुवाउने कुरा मात्र गर्छन् । तर कहिले भात पाक्दैन । अकवर वाछा र वीरवलको कथा जस्तै । 
हजारौं बचनकर्ताहरुको करौडौ, अरबौं रुपैया कहाँ लगानी ग¥यौ ? आफूले ६०÷७० लाख जाने कार चढी हातमा सुनको बाला भिडाएर हिड्ने बेलामा कतिको मज्जा होला । सुन किनिराखेको छ । सुन बेचेर पैसा तिर्नुपर्छ । बचतकर्ताहरुले बचत तथा ऋण सहकारीको खाता हेर्न पाउनुपर्छ । जग्गामा लगानी गरेको छ भने जग्गा देखाउनु प¥यो । निक्षेप पनि नदिने, जग्गा पनि नदेखाउने कस्तो सहकारी संचालकहरु ? केही नभए आफ्नो घरको सम्पत्ती बेचेर भए पनि निक्षप फिर्ता गर्नुपर्छ । यसो नगरेको खण्डमा ज्यान समेत जान सक्ने खतरा हुन्छ । घर–घरमा गई धावा बोल्न सक्छ । बचतकर्ताहरुसँग भागेर हिड्दा आक्रोश बढाउँछ । पछि गाली गलोज र आक्रमण हुनसक्छ ।
सहकारी पीडितहरु सबै एक ठाँउमा आउनुपर्छ । जुनसुकै सहकारीका होस् । यदि यसो गरेन भने शक्ति बाँडिन्छ । यदि तपाईको रकम कुनै सहकारीमा निक्षप गरेको हो र निक्षेप फिर्ता पाएको छैन भने सबै एकै ठाँउमा आउनु बाहेक अरु विकल्प छैन । एकता नै बल हो । हामी कानूनी रुपमा र भौतिक रुपमा पनि भिड्न शक्तिशाली हुँन्छौ । त्यसैले कानूनी र गैरकानूनी रुपमा भिड्न ठूलो बल मिल्ने छ । यसबाट हामीहरु डाराउनुपर्ने कुनै कारण छैन । पीडितहरु एक ठाँउमा आऔँ, निक्षेप फिर्ताको अभियान चलाआँै । 
अब नेपाल सरकारले के गर्ने त ? तत्काल कानून बनाएर स्थानीय निकायलाई अधिकार दियो भने आ–आफ्नो वडामा रहेका सहकारीहरुमा गई तुरुनत अनुगमण जानेछ । सहकारीको अवस्था हेरी समिति बनाई जनतको निक्षेप तुरुन्त फिर्ता गर्न सजिलो हुनेछ ।

...

All Comments.......


Please Login/Register To Comments