नगदेश । नेवार समुदायको महान चाडहरुमध्ये एक चाड सिथि नखः को पावन अबसरमा मध्यपुर थिमिमा वः महोत्सव हुने भएको छ । मध्यपुर थिमि नगरपालिकाको सहयोगमा मध्यपुर पर्यटन विकास समिति आयोजनामा महोत्सव हुने भएको हो ।
नेवा समुदायको विशिष्टकृत खाना वः (मास, मुगी तथा अन्य विभिन्न गेडागुडी भिनाइ सफा गरी पिसेर आफूलाइ मनपर्ने अण्डा, माछा, मासु तथा मरमसला मिलाइ टावामा विभिन्न आकारप्रकार दिइ पकाइने विशेष प्रकारको रोटी हो । साथै यो नेवा समुदायको अद्वितिय अन्य विभिन्न परिकार र खानाको स्वाद चखाउने, ग्रिन भिजिटेबल प्रदर्शन र सो खानाको बारेमा आन्तरिक र बाह्य पर्यटकलाइ विशेष जनाकारी स्वास्थ्य लाभ र मध्यपुर थिमिको पहिचान समेत गराउने उद्देश्य लिइ महोत्सव गर्न लागेको जनाइएको छ । 
फेस्टिभलले मध्यपुरको जनतालाई आयआर्जन गराउने र समृद्ध मध्यपुर बनाउने अभियानलाई सार्थक बनाउनको लागि मध्यपुरमा अनवरत रुपमा रहेका प्राकृतिक सौन्दयता, विभिन्न पर्यटकिय आर्कषण कत्ता संस्कृक्ति र सम्पदा कलात्मक मठ मन्दिर, पाटि पौवा, सत्तल, बिहार र कैयौ उत्कृष्ट तथा साम्प्रदायिक सहिष्णुत्ताको बस्ती र स्मारक क्षेत्र देश विदेशको कुनाकाप्चा पुरयाइ यहांको हरेक ठाउँ र हरेक अद्धितिय अनमोल रत्नहरुको सौहादपूर्ण र अमुत्त्य प्याकेज निर्माण गरी मध्यपुरमा भएको माटोको भाँडो बनाउने सेरामिक्स र अनेकौं हस्तकलालाइ संरक्षण गरी मध्यपुरलाइ पर्यटकिय गन्तब्य बनाउने उद्देश्य राखेको जनाइएको छ । यसै सिथिनखबाट मध्यपुरका जनताबाट सेवा प्रदान गरी मध्यपुर बासीले गर्ने सम्मान, सत्कार र संस्कार समेतको पहिचान नेपाल भित्रिएका विभिन्न देशका पर्यटकहरुलाइ तथा आन्तरिक पर्यटकहरुलाई देखाउनको निमित्त महोत्सव गर्न लागिएको जनाइयो । 
मंगलबार पत्रकार सम्मेलन गरी आयोजकले मध्यपुर थिमि नगरपालिकाको ६ लाख रुपैयाँंको बजेटबाट महोत्सव गर्न लागेको जनायो । आफ्नै लागत सहभागिता र बांकी दुई लाख पनि रहने जनाइयो । 
स्वतःस्फुर्त रुपमा सहयोग गर्न चाहने व्यापारिक संघसंस्थाको सहयोगमा गरी जम्मा रु आठ लाखको बजेट सिमाभित्र रही महोत्सव गर्न लागेको जनाइयो ।
गतवर्ष मध्यपुर थिमि नगरपालिका अन्तर्गत पर्यटन विकास समितिद्वारा प्रवद्धित मेलाले एउटा छुट्टै पहिचान बनाइसकेको सम्मेलनमा बताइयो । यस किसिमको मेलाहरुलाई निरन्तरता दिनु मध्यपुर थिमि नगरपालिका लगायत हामी सम्पूर्ण नगरवासीहरुको दायित्व हो, सम्मेलनमा आयोजक समितिका अध्यक्ष रमेश प्रजापतिले भने । सम्मेलनमा आयोजक मध्यपुर पर्यटन विकास समितिका उपाध्यक्ष कविदास श्रेष्ठले पनि पत्रकारहरुको जिज्ञासाको उतर दिएका थिए । 

...

All Comments.......


Please Login/Register To Comments