भक्तपुर । विद्यार्थीहरुका लागि नोबेल पुरस्कारको रुपमा चिनिएको विश्व प्रसिद्ध ‘हल्ट प्राइज प्रतियोगिता’मा प्रतिस्पर्धा गर्न तीन जना नेपाली विद्यार्थीको टोली विहीबार भारत पुगेका छन् । इन्जिनियरिङका विद्यार्थीहरु लजिता भट, लिजा तामाङ र संयम मानन्धर भारतको मुम्वई पुगेका हुन् । हल्ट प्राइज नयाँं आइडिया प्रस्तुत गरिने एउटा अन्तर्राष्टिय प्रतियोगिता हो । भक्तपुरको चाँंगुनारायण दुवाकोटस्थित नेपाल इन्जिनियरिङ कलेज (नेक) भक्तपुरमा सिभिल इन्जिनियरिङका विद्यार्थी उनीहरुले समूहले तीन दिनसम्म त्यहाँं आफूभित्र रहेका नयाँं आइडियालाई प्रस्तुत गर्नेछन् । 
कलेजको विद्यार्थी कल्याण शाखाका प्रमुख उपप्रध्यापक विष्णुप्रसाद भण्डारीले कलेजको प्लेन टिकट, खाने, वस्ने सम्पूर्ण सुविधाबाट विद्यार्थी त्यता गएका हुन् । कलेजले आन्तरिक प्रतियोगिता गरी सर्वाेत्कृष्ट हुन सफल विद्यार्थी अन्तर्राष्टिय प्रतिस्पर्धामा सहभागी हुन त्यता जान लागेको उनले सुनाए । 
कलेजका कार्यबाहक प्राचार्य दुर्गाप्रसाद भण्डारीका अनुसार सिभिल इन्जिनियरिङका ती विद्यार्थी सेमिफाइनलमा प्रवेश पाई प्रतिस्पर्धाका लागि जान लागेको हुन् । त्यहाँंबाट उत्कृष्ट भए उनीहरुको अर्काे तहको प्रतिस्पर्धाका लागि बेलायतको लण्डन जान पाउने उनले सुनाए । 
प्रतियोगिता प्रत्येक वर्ष चल्दै आएको छ । प्रतियोगितामा हरेक देशका विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुले निर्माण गरेका नयाँ प्रविधिबीच प्रतिस्पर्धा गराइन्छ । विद्यार्थीहरुका लागि विश्वमै सबैभन्दा ठूलो प्रतियोगिताको रुपमा लिएको यस प्रतियोगितामा प्रथम हुने विद्यार्थीले दश लाख अमेरिकी डलर बराबरको पुरस्कार पाउनेछन् ।

...

All Comments.......


Please Login/Register To Comments