दधिकोट । काठमाडौं स्कुल अफ ल दधिकोट भक्तपुरको आयोजनामा शुक्रबारदेखि भक्तपुरमा प्रथम राष्ट्रिय कानुन सम्वन्धी संगोष्ठी सुरु भएको छ । सम्मेलन अघि गरिएको पत्रकार सम्मेलनमा काठमाडौं स्कुल अफ द दधिकोटका कार्यकारी निर्देशक प्राडा युवराज संग्रौलाले कानुनी शिक्षाबारे जानकारी दिन प्रथम पटक सम्मेलन गर्न लागेको जानकारी गराए । 

सम्मेलनमा विभिन्न १३ विश्वविद्यालयका विद्यार्थी तथा शिक्षकहरु सहभागी रहने जनाइयो । संगोष्ठीमा एउटा विश्वविद्यालयबाट कम्तीमा दुई जनादेखि वढीमा ६ जनासम्म विद्यार्थी सहभागी हुने जनाइयो । सगोष्ठीमा तीन जना शिक्षक र २६ जना विद्यार्थीहरुले विभिन्न विषयहरुमा कार्यपत्र प्रस्तुत गर्ने पनि जनाइयो । 

काठमाडौं स्कुल अफ ल देशकै कानुन अध्यापन गराउने प्रतिष्ठित शैक्षिक संस्था हो । यो भक्तपुरको सूर्यविनायक नगरपालिका दधिकोटमा रहेको छ । यहां वर्षेनी एक हजार चार सयदेखि एक हजार ६ सय जना विद्यार्थी कानुन पढ्नका लागि भर्ना हुने गर्दछन् । सम्मेलन दुईदिनसम्म चल्नेछ । 


...

All Comments.......


Please Login/Register To Comments