ख्वप समाजशास्त्रका विद्यार्थी साँखुमा
- Post Date 2024-06-07 12:05:40
सुनिता गाइसी
काठमाडौ । बदलिदो समयसँगै अध्ययन तथा सिकाइको क्षेत्र पनि फराकिलो बन्दै गएको छ । कक्षा कोठाको पढाइले मात्र विद्यार्थीहरुमा व्यवहारिक तथा सामाजिक बुझाइको स्तर विकास गर्न सकिदैन । विद्यार्थीका क्षमता विकासका लागि विभिन्न खालका कार्यक्षेत्र अध्ययनहरु आवश्यक हुने गर्दछन् । यसै क्रममा ख्वप कलेजमा समाजशास्त्र विषय लिई स्नातक तह प्रथम र दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुले शंखरापुर नगरपालिका वडा नं ६, र ७ मा गएर हावापानी परिवर्तनले पार्ने असर, शहरीकरण, लैगिक भुमिकामा परिवर्तन, निर्णायक तहमा महिलाको सहभागिता, सरसफाई तथा खानेपानीको अवस्था लगायत विषयमा सामाजिक सर्वेक्षण गरेका छन् । पढेको कुरालाई समाजमा गएर परिक्षण गर्ने सिक्नेबुझने अवसरको रुपमा कार्यक्षेत्र अध्ययन मानिन्छ ।
All Comments.......
Please Login/Register To Comments