भक्तपुर जिल्ला स्केटिङ्ग तथा स्केट बोर्डिङ संघको अध्यक्षमा किरण खड्का
- Post Date: 2024-06-08 13:07:33
नेपाल स्केटिङ्ग तथा स्केट बोर्डिङ संघ, भक्तपुर जिल्लाको प्रथम तथा ऐतिहासिक अधिबेशन सम्पन्न भएको छ। प्रतिनिधि सभा सदस्य माननीय दुर्लभ थापाको प्रमुख आथिथ्य तथा संघका केन्द्रिय अध्यक्ष अच्युत खनाल, सचीव दिनेश बजगाई ,बाग्मती प्रदेश अध्यक्ष प्रकाश श्रेष्ठ, कर्णाली प्रदेश अध्यक्ष रमेशकुमार खनाल लागाएतको विशेष उपस्थितीमा,सल्लाघारी,भक्तपुरमा सम्पन्न भएको हो।
अधिबेशनले किरण खड्काको अध्यक्षतामा १८ सदस्य समितीको गठन गरेको छ उपाध्यक्षमा सुदिप ढुङ्गेल,सम्पन्न ढुङ्गेल सचिव मा अस्मिन बस्नेत सह- सचीव मा सक्षम अर्याल, अंसु धिताल, दिपु प्रजापति, श्रीगल बस्नेत कोषाध्यक्ष मा आर्यन नेपाल र सदस्यमा एलिना अवाल, निरज थापा, श्रुति थापा, सूरज रायमाझी,संगम श्रेष्ठ , सुभम ढुगेल,सुबोध पौडेल ,रुबिन पाण्डे, उदब कृष्ण श्रेष्ठ चयन भएका हुन । बाग्मती प्रदेश महासचीव साजन देउजाका अनुशार समिति निर्माण जिल्ला संरचनामा गैसकिसकेको र अब प्रत्येक जिल्लामा यसको बिस्तार सहित खेल मैदान निर्माणमा जुट्ने छन।
स्केटिङ्ग तथा स्केट बोर्डिङ साहसिक खेल भएकोले अन्तर्राष्ट्रिय जगतलाई समेत केन्द्रित गर्न सकिने र नेपालले यसको अग्रसरता लिनुपर्ने कुरामा माननीय दुर्लभ थापा ज्युले जोड दिएका थिए। नेपालमा यो खेल नयाँ भएका कारण केही चुनौती भएपनि यसको आकर्षण र फाइदा भने निकै रहेकोले यसको सम्भाब्यता र बिकासमा लाग्नुपर्ने कुरामा संघका केन्द्रिय अध्यक्ष अच्युत खनालको बिशेष जोड रहेको थियो। हाल सम्म ६ वटा प्रदेश र ४४ वटा जिल्ला प्रादेशिक संरचना अनतरगत गैइसकेको प्रदेश प्रतिनिधि सुमन कट्टेलले जानकारी गराउनु भयो।
-
Shares
All Comments...
Please Login/Register to comment.