गज्जबक्रू टिमको तेस्रो प्रस्तुति ‘फूलबुट्टे चोली’बोल गीतको भिडियो गज्जब टिभी युट्युबमार्फत सार्वजनिक भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भिम ढकालको शब्द रहेको उक्त भिडियोमा जिवेशसिंह गुरुङ र बेनिशा पौडेलको स्वर, दिपक शर्माको संगीत, साहस शाक्यको एरेन्ज, श्यामश्वैत रसाइलीको मिक्सिङ रहेको छ भने यस भिडियोलाई सहिन प्रजापतिले निर्देशन गरेको छन् ।
 
यस म्युजिक भिडियोमा पछिल्लो समय निकै चर्चामा रहेका युवा कलाकारहरु सहिन प्रजापति, कुशल विष्ट, जिवेशसिंह गुरुङ, सुनिशा बजगाईंको बेजोड अभिनय रहेको छ । नवराज उप्रेतीको छायाँकन रहेको भिडियोलाई अर्जुन पोख्रेलले सम्पादन गरेका हुन् ।
 
...

All Comments.......


Please Login/Register To Comments