साधुराम गिरी
विशुद्ध शाकाहारी अभियन्ता
प्रारम्भ
कुसल प्रशासक, प्राकृतिक चिकित्सक, लेखक तथा साहित्यकार, समीक्षक, व्यक्ति एक प्रतिभा अनेकका धनी बहुआयामिक व्यक्तित्व डा. इन्दुल केसीद्वारा रचित २२ जना सर्जकहरुको लेख समीक्षासङ्ग्रह ‘शब्दसागरका मोती’ मैले पनि अध्ययन गर्ने अवसर पाएँ । उक्त सङ्ग्रहको नाम अति आकर्षक ढङ्गले सजाएर ’शब्दसागरका मोति’ राखिएको रहेछ । ९० पृष्ठमा लेखिएको यस कृतिको प्रकाशन अनुशीलन नेपाल रहेको छ । पुस्तकको शुभारम्भमा डा. केसीका धर्मपत्नि र छोरी दुईजनाको संयुक्त शुभेच्छा पारिवारिक माया ममता निकै आदरपूर्वक एक आदर्श अभिभावकको रुपमा प्रस्तुत गरिएको  छ । यस कृतिमा प्रा. डा. कृष्ण प्रसद दाहालले आफ्नो गहन समालोचकिय भूमिका लेख्नुभएको छ । प्रा. डा. दाहालले यस कृतिको समीक्षा अत्यन्तै पठनीय र रोचक ढङ्गले अग्रज लेखकहरुका विविध विधा र विषयमा कृतिउपर सङ्क्षिप्त रुपमा  समीक्षात्मक टिप्पणी गर्न निकै मिहिनेतसाथ लागि पर्नु भएको कुरा उल्लेख गरेका छन् । यस कृतिमा डा. केसीले विभिन्न जातजातिका फुलका थुङ्गा सड्ढलन गरेर एउटा आकर्षक माला उने जसरी २२ जना लेखकहरुलाई एउटै पुस्तकमा प्रस्तुत गर्नुभएको छ । यो नै यस कृतिको विशिष्ठ बिशेषता हो । यो विधा धेरै विधा मध्य एक विशेष विधा साबित भएको छ। यस कृतिमा विभिन्न विधाका सर्जकहरुलाई एकै ठाउँमा उहाँहरुको परिचय र विचारलाइ सङ्क्षिप्त रुपमा अत्यन्तै चाखलाग्दो गरी प्रस्तुत गर्नु भएको छ । जस्तै पुस्तकको पहिलो पृष्ठमा प्रा. डा. कृष्णप्रसाद दाहालको यस कृतिका रचनाकार डा. इन्दुल प्रतिको यथार्थ दृष्टिकोण र सन्त भेषमा रहेका कृतिकारको शालीन तस्बिर खडा भएको अवस्थामा प्रस्तुत गरिएको छ । यी दुइ पहिलो र अन्तिम पृष्ठले नै यो समीक्षासङ्ग्रहको वास्तविकता झल्काएको आभाष हरेक पाठकलाई महसुस  हुन्छ । म डा. केसीको एक शुभ चिन्तक तथा पाठक पनि भएको नाताले थाहा पाएअनुसार उहाका धेरै कृतिहरु पाठक माझ आइसकेका छन् । उहाँका पाठकहरुलाई राम्रोसँग थाहा छ कि डा. केसीले नचुमेका विषय र क्षेत्र सायदै छैनन् । उहाँ यत्र तत्र सर्बत्र आफ्नो बहुआयामिक ज्ञानको सुभाष छर्न सफल हुनुभएको छ । यो शब्दसागरका मोतीभित्र समेटिएका २२ सर्जकहरुलाई पनि आफूमा भएको सर्वज्ञानको सुभाष सँगसँगै छर्ने यात्रामा समावेश गराउन खोजेको भाव व्यक्त भएको महसुस हुन्छ ।
विषयको विविधता
शब्दसागरका मोती एउटा साधारण माला जस्तो देखिएता पनि वास्तवमा यस भित्र धार्मिक, सांस्कृतिक, दार्शनिक, बौद्धिक, ऐतिहासिक, साङ्गीतिक, शाकाहार, ध्यान योग र रङ्गि चङ्गि साहित्यिक खुराक जस्ता अनेकौ बिषयबस्तु समेटियका छन् । २२ जना सर्जकका लेख रचनालाइ एक–एक गरी केलाउने हो भने, यहाँ योग ध्यान प्राणायमदेखि आहार, ब्यवहार र बिचारसम्मका निकै महत्वपुर्ण जिवन उपयोगि बिचारलाइ यस कृतिका कृतिकारले गहन ढङ्गले अझ ओजनकासाथ आफ्नो पनि पूर्ण समर्थन समेत जनाएर लेखकहरुमा उर्जा थप्ने कार्य गर्नुभएको छ । सुचना र प्रविधिको विकाससँगै आधुनिक मानवले आफ्नो जिवनशैलिमा व्यापक परिवर्तन गरी धर्म, संस्कार संस्कृतिको अपव्याख्या गरिरहेको वर्तमान अवस्थामा हिन्दु दर्शनका साथै बौद्ध दर्शनका धेरै भन्दा धेरै महङ्खवपूर्ण कुराहरुलाई सुक्ष्म ढङ्गले खोतल्ने र जनमानसमा सुसूचित गर्ने काम प्रस्तुत गर्नुभएको छ । त्यसैगरी साहित्यिक विधागत दृष्टिबाट नियाल्दा यस समीक्षासङ्ग्रहमा कथा, कविता, नाटक, निबन्ध, संस्मरण, उपन्यास आदिको सङ्क्षिप्त रुपमा प्रकाश पारिएको छ । 
मानव जीवन
मानव जीवन अझ सभ्य, सुखी र सम्बृद्ध बनाउन मानवको मात्र नभएर सम्पूर्ण प्राणीहरुको बाच्न पाउने प्राकृतिक अधिकारलाइ सुनिश्चितता प्रदान गर्नको लागि एउटा नविण विचारको पुस्तक ’मान्छे प्रकृति र भेगन’लाई एक प्राकृतिक चिकित्सकको नाताले सहर्ष समर्थन गरी २१ औं शताब्दिका मानवले के खाने ? कस्तो ब्यवहार र विचारको विकास गर्ने ? भन्ने कुराको अत्यन्तै सुक्ष्म र गहन ब्याख्या गरी यस्तो प्राणीमैत्री र मानव उपयोगी विषयलाई समेत कृतिकारले कन्जुस्यार्इँ नगरिकन यस पुस्तकमार्फत पाठक समक्ष ल्याइदिनु भएकोमा डा. केसीलाई जति धन्यवाद दिए पनि अपुग नै हुन्छ ।
    कृतिकारले मेरो पुस्तक ‘मान्छे प्रकृति र भेगन’ को सारतङ्खवलाइ स्थान दिई मानव धर्मको विकास गर्ने । पश्चिमि संस्कार सस्कृति भिœयाउने गतिहीन शिक्षा प्रणालिको अन्त गर्ने र आफ्नै संस्कार संस्कृतिलाई सुहाउँदो राष्ट्र राष्ट्रियता र नेपालि पन झल्किने गुरुकुल शिक्षाको विकास गर्ने । वैदेशिक रोजगारको अन्त गरी स्वदेशमै रोजगारको ब्यवस्था गर्ने । प्रकृति र मानव अस्तित्वलाइ सहज ढङ्गले निरन्तरता दिन टेवा पुग्ने कार्यमा सचेत रहन र कृतिमतालाई त्यागेर प्रकृतिप्रेमी बन्न प्रेरित गर्ने जस्ता मानव तथा सम्पूर्ण प्राणिको रक्षार्थ सचेत रहने खालका विचारमा सहमत जनाई कृतिकारले आफ्नो मानविय धर्म निभाउन खेल्नु भएको भूमिकाप्रति नमन गर्दछु ।
मड्डल कामना
डा. केसीलाई यस्तै फरक विषय समेटिएका मानव उपयोगी पुस्तकहरुको समीक्षा गर्ने र पाठक वर्गका लागि अझ धेरै प्रेरणादायी पुस्तक प्रकाशन गर्ने हौसला वृद्धि हुदै जावस् । आगामि दिनमा यो भन्दा लामो धेरै सर्जकहरु समेटिएको शब्दसागरका मोतीको माला पुनः पाठक माझ छिट्टै ल्याउन सफलता मिलोस् । शारीरिक रुपले वृद्ध हुदै गएता पनि बौद्धिक रुपमा युवाको जस्तै जोस जागरमा कुनै कमीको महसुस हुन नपाओस् । उहाँको सुस्वास्थ्य एवम् दीर्घ जीवनको मङ्गल कामना गर्दछु । जय शाकाहार !

...

All Comments.......


Please Login/Register To Comments