भक्तपुरका दुईवटा प्रेस युनियनका विवाद सतहमा पुगेको छ । नेपाली कांग्रेस निकटको दुईवटा पत्रकार आवद्ध युनियन आरोप प्रत्यारोपणमा लागेको हो ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरको शनिबार भएको ९ औं अधिवेशन तथा साधारणसभा अघि रोशन शिल्पकार अध्यक्ष रहेको नेपाल प्रेस युनियन भक्तपुरले प्रेस विज्ञप्ति प्रकाशित गरी अधिवेशन वहिष्कार गरेको थियो । विभिन्न तीन वटा आरोपहरु लगाउँंदै महासंघको अधिवेशन वहिष्कार गरेको भन्दै उक्त पक्षको युनियन आवद्ध पदाधिकारी तथा पत्रकारहरु अनुपस्थित रहेका थिए । 
रोशन शिल्पकार अध्यक्ष रहेको प्रेस युनियनको आरोपको खण्डण गर्दै प्रेस युनियनबाटै सर्वसम्मत रुपमा छनौट भई पत्रकार महासंघ भक्तपुरको अध्यक्ष जगत प्रजापतिले आइतबार महासंघकोतर्फबाट खण्डण विज्ञप्ति प्रकाशित गरेका थिए । उनले विज्ञप्तिमा तीन वटै आरोपको खण्डण गरेका छन् । उनले सत्य र तथ्यलाई वंग्याएर यस्ता हर्कत र गतिविधि नगर्न भनेको छ ।  

...

All Comments.......


Please Login/Register To Comments