भक्तपुर । भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को सूचना तथा प्रकाशन उपसमितिको आयोजनामा पाँचदिने भाषणकला तालिम सोमबारदेखि सुरु भएको छ ।
संस्थाका विभिन्न समिति, उपसमिति  र कर्मचारीलाई लक्षित गरी गरेको उक्त तालिमको उद्घाटनसत्रमा संस्थाका अध्यक्ष निर्मल प्रजापतिले बोल्ने कलालाई सही ठाउँमा सही रुपमा प्रयोग गर्न यस तालिमले उत्प्रेरणा दिने बताउनुभयो । उहाँले आपूmले सिकेको कलालाई मौलिक रुपमा प्रस्तुत गर्न रुपरेखासँगै अध्ययनको आवश्यकता औंल्याउनुभयो । साथै उनले तालिमबाट आन्तरिक क्षमता वृद्धि गर्ने अपेक्षा गर्नुभयो ।
तालिमका प्रशिक्षक शरद राईले आपूmसँग रहेको कलात्मक प्रस्तुतीलाई सिलसिलाबद्ध रुपमा चित्त बुझ्ने गरी दिने कला नै भाषणकला भएको प्रष्ट्याउनुभयो । उहाँले प्रश्न सोध्नेभन्दा सही समयमा सही उत्तर दिने व्यक्ति महत्वपूर्ण हुने बताउनुभयो । उहाँले तालिमको औचित्य र महत्वमाथि प्रकाश पार्नुभयो । 
कार्यक्रममा आयोजक समितिका संयोजक कृष्णश्वरी दुवाल, विकल कोजुलगायतले तालिमबारे बोलेको थियो । तालिममा २२ जना प्रशिक्षार्थीहरु सहभागी रहेका छन् ।

...

All Comments.......


Please Login/Register To Comments