कवि तथा लेखक
कालिका त्रिपाठी पन्त
बनेपा ६, काभ्रे
शब्दैपिच्छे हाँसो अनि ठट्टा हुन्छ भेट हुँदा 
पाइलैपिच्छे शिखर चढ्ने लक्ष हुन्छ भेट हुँदा 
उमेरले असी काटी चौरासीको नजिक नजिक 
अझै पनि जोड जामकै कुरा हुन्छ भेट हुँदा

डा. इन्दुल के सी मुस्कानको पर्याय, हाँसो र ठट्यौलीको अर्को नाम, कुसल लेखक तथा आयुर्वेद चिकित्सक शब्दयात्रा प्रकाशनका आजिवन सदस्य हुनुहुन्छ ।
हाल उहाँ आधा अंग बिहिन भएर बाँच्न बिवस हुनुहुन्छ । उहाँको एउटा आँखाको ज्योती गुमेको छ, एउटा हात काटिएको छ भने एउटा खुट्टा लगडो भएको छ । तैपनी मस्तिष्कमा भने दिव्यज्योती ज्ञान बढिरहेको छ । उमेरले त्रियासी बर्ष पार गरिसक्नु भएका डा. के सी मनभरी पत्नी वियोगको पीडा लुकाएर पनि बाहिर ओठले मुस्कुराउनुहुन्छ । ठटयौलिमा गफ गर्नुहुन्छ । अझै पनि समज रुपान्तरणका लागि आफ्नो लेख,रचना तथा सेवामुलक कार्यक्रमका माध्यमद्वारा सक्रिय हुनुहुन्छ । हालै उहाको लेखन तथा सम्पादनमा आफ्नी प्राणप्रीया सावित्री राणा के सी को सम्झनामा “सावित्री स्मृति” नामक पुस्तक प्रकाशन गरेर आफ्नी अर्धाङ्गिनिलाई नव जीवन प्रदान गर्नुभएको छ ।
मिति २००३ मङ्सिर ३० गते जन्मनुभएकी राणाको निधन २०८० असोज २१ गते आइतबारका दिन राती एघार बजे टिचिङ अस्पताल महराजगञ्जमा भएको थियो । यस पुस्तकमा डा केसी ले आफ्नी श्रीमतीसँगको वैवाहिक आवस्था उनी बिरामी भएर वीर अस्पतालमा भर्ना गर्दा भएको पैसाको अभाव, पैसा खोज्न बिरामी श्रीमतीलाई नर्सहरुको जिम्मा लगाएर घर फर्किएको, बाटोमा मित्र विदुर केसीले एक सय रुपैयाँ दिएर लगाउनु भएको गुन र शम्भुराम श्रेष्ठले सापटि स्वरुप दिनुभएको रु. एक हजारले खुलाइदिएको उपचारको बाटोको कथा साह्रै नै कारुणिक छ । बनाएर नबन्ने पैसाले सिर्जना गरेको आप्ठ्यारो परिस्थितिलाई सामना गर्न पाएको मित्रहरुको सहयोगको वर्णनले मन छोयो । जस्तै परिस्थिति आएपनी उहाँले आफ्नी श्रीमतीको लागि अन्तिमसम्म हार नमानी उपचारमा तल्लीन रहनु भयो भन्ने कुरा यश पुस्तकको अध्यन पश्चात् थाहा हुन्छ ।
अत्यन्तै मेहेनती र मिलनसार सावित्री राणाले आफू जिवित हुँदाको अवस्थामा एक असल पत्नी, असल आमा, असल बुहारी र असल छोरीको भुमिका निर्वाह गर्नुभएको कुरा यश पुस्तकमा छर्लङ्ग पारिएको छ । घरमा पाहुना आउँदा पुर्ण चन्द्र झै अनुहार लगाएर पाहुनाको स्वागत सत्कार गर्ने सावित्री राणा केसी घरमा आएका मानिसहरुलाई देवता समान मान्नुहुन्थ्यो । आफ्ना श्रीमान् डा. इन्दुल केसीको व्यक्तिगत, साहित्यिक, डाक्टरी तथा धार्मिक यात्रामा दुई मध्ये एक पांग्रा भएर जिवनरथ अगाडि बढाउन ठूलो भुमिका निर्वाह गर्नुभयो उहाँले ।अचम्म त यो लाग्छ कि डा. इन्दुल केसीले आफ्नी श्रीमतीको जीवन पर्यन्त घटेका हरेक घटनाहरुको एक एक प्रमाण पेश गर्नुभएको छ यस पुस्तकमा । जो कोहि श्रीमान् श्रीमती यस्तै बनुन यो धर्तिमा । दुइ शरीर एक मुटु अनि एक प्राण । नत्र यो कसरी सम्भव हुन्थ्यो होला । एकले अर्कोको धेरै ख्याल् नगरेको भए । हरेक रोग भोग शोकका लिखत प्रमाण त्यो पनि सँगै जिएका हरेक पलका ? पुस्तकमा लेखकले आफ्नी श्रीमतीको मृत्यु पश्चात् पनि आफन्त, इष्ट मित्र, साथिभाई सम्पुर्णले अर्पण गर्नुभएको श्रद्धाञ्जलीका लेखहरु, मलामी गएको बेलामा आर्यघाटको माहोल, पछि काजकिरिया गर्दा पाएको अपार स्नेहरुपी श्रद्धासुमन सबैओ विवरण यस पुस्तकमा अक्षरस प्रस्तुत गर्नुभएको देख्दा मैले उहाँको बुद्धि, विवेक र तिक्ष्णताको हृदय खोलेर प्रशंसा गरे, कोटि प्रणाम गरे अनि भन्न मन लाग्यो श्रीमान् हुनु त यस्तो पो हुनु ......... जिउँदो छँदा मात्र हैन मरेपछी पनि श्रीमतीलाई यति ठूलो इज्जत दिने ।यस “पुस्तक सावित्री स्मृतिमा” धेरैजना लेखक तथा साहित्यकारहरुले आफ्नो लेख रचना तथा कविता मार्फत मृत आत्माप्रती श्रद्धाञ्जली अर्पण गर्नुका साथै उहाँको व्यक्तित्वको चर्चा परिचर्चा गर्नुभएको छ । डा. इन्दुल के सी ले स्वर्गीय श्रीमती सावित्रीको सम्झना भन्ने शिर्षकमा श्रीमतिसँग बिताएका पलहरुमाथि प्रकाश पार्नुभएको छ । प्रकाशकीय शब्दयात्रा प्रकाशनका अध्यक्ष श्री हरि मञ्जुश्रीको रहेको छ भने प्रा. डा. कृष्णप्रसाद दाहालको सावित्री केसी ः “शब्द श्रद्धाञ्जली” शिर्षकको कविता “श्रद्धाकादुई थुंगा फूल” जीवनाथ अधिकारी, टीका ढुङ्गेल “रटन” को “ठूलो योगदान”, “फूलको श्रद्धाञ्जली” नविना श्रेष्ठ, “इन्दुलजिकी सहधर्मिणी सावित्री दिदिलाई यसरी सम्झिन्छु म” पदम दाहाल, “बलियोले चाहेपछी” प्रजापति तिमल्सिना, “हाम्री जननी” रजनी केसी मानन्धर र “अनेकमध्येकि एक सावित्री”हरि मञ्जुश्री जस्ता लेख रचनाहरु यस पुस्तकमा समावेश गरि उहाँको गतात्माको चिर शान्तिको कामना गरिएको छ । त्यसपछिका भागहरुमा उहाँको नाममा श्रद्धाञ्जलीस्वरुप छापिएका समाचारहरु र डा. साहेवले आफ्नी पत्निसँग तिर्थयात्रा गरेका तस्वीर हरु सम्झनास्वरुप रखिएको छ ।
पशुपति आर्यघाटमा मलामी जानुभएका ३२२ जना मानिसहरु र पुरोहित सिताराम कोइरालाको नाम समेत मुद्रण भएको यस पुस्तकको बिट सावित्री राणा केसीले प्राप्त गर्नुभएको सम्मान पत्र, तिर्थभोजमा गरिएको निमन्त्रणा कार्डले झण्डै झण्डै मार्न आँट्ने क्रमको अन्त्यमा भक्तपुर नगरको मङ्गलाछें टोलमा रहेको श्री श्याम सुन्दर भजनघरको पुनर्निर्माणमा डा. इन्दुल के. सी. को अध्यक्षतामा गठित पुनर्निर्माण समितिले रु १,५०,००,००० को लागतमा सम्पन्न भएको कुरा उल्लेख गरिएको छ । पुस्तकको बाहिरी अग्रभाग सावित्री राणा केसी को तस्विरले सजिएको छ भने पृष्ठ भाग उहाँहरुको वंशज वंशावलीको चार्टले सजिएको छ ।
वास्तवमा “सावित्री स्मृती” ग्रन्थ डा. इन्दुलको आफ्नो जिवनचित्र हो । जसमा उहाँले आफ्नी अर्धाङ्गिनी सँग बिताएका क्षणहरुको चित्रण गर्नुभएको पाएँ मैले । श्रीमतीसँग बिताएको यो एक जुनिमा उहाँले आफ्नी प्राणपियारिसँग मिलन भएदेखी भोगेका, भएका र सम्हालेका सम्पुर्ण सामाजिक, धार्मिक, आर्थिक र मानसिक परिस्थितिहरुको वर्णन गरि हामी समक्ष प्रस्तुत गर्नुभएको छ । मिलन र बिछोड त धुर्वसत्य कुरा हुन तर यस्ता पलहरुसँग समायोजन हुनसक्ने क्षमता हामिमा भयो भने हाम्रो जीवन सार्थक हुने कुरामा दुईमत छैन ।
जन्मदा नि एक्लै हामी मर्दा पनि एक्लै बिच बाटोमा भेट्नेसँग जीवन बित्छ बेग्लै त्यै बिर्सन गाह्रो हुने भक्कानिने मन भाँच्चिएनी एउटा खुट्टा हिँड्नुपर्ने टेक्दै
धन्यवाद !!!!

...

All Comments.......


Please Login/Register To Comments