विश्व विनायक क्लव उपाधी नजिक
- Post Date: 2024-06-12 02:49:38
भक्तपुर जिल्ला फुटबल संघ (एन्फा) को आयोजनामा भइरहेको भक्तपुर जिल्ला लिग २०८०।०८१ को सोमबारको खेलमा जित हातपार्दै विश्व विनायक क्लव उपाधी नजिक पुगेको छ। भक्तपुर बहुमुखी क्याम्पसको फुटबल मैदानमा सोमबार दिउँसो सम्पन्न प्रथमसेमिफाइनल खेलमा विश्व विनायक क्लवले मध्यपुर जागरुक फुटवल क्लवलाई टाई ब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै फाइनलप्रवेश गरेको हो। यस अघि खेलको निर्धारित ९० मिनेटको समयमा दुबै टोलीले ०–० को बराबरी खेलेका थिए।खेल भर उत्कृष्ट प्रदर्शनगर्दै टाई ब्रेकरमा समेत एक पेनाल्टि रोकेका विश्व विनायक क्लवका गोलरक्षक हिसान श्रेष्ठ खेलको म्यान अफ दी म्याच घोषित भए।
-
Shares
All Comments...
Please Login/Register to comment.