समीक्षक विश्वमणि पोखरेल
जगाती, भक्तपुर
भूमिका
हरेक मानवका आ–आप्mनै स्वभाव आनिवानी हुन्छन् । भौतिक रूपमा सबै मानिस उस्तै लागे पनि सङ्गत गर्दै जाँदा हरेक मानिसमा फरक फरक गुण पाइन्छ । बिना योजना आकस्मिक रूपमा भक्तपुरको लक्ष्मी मिठाई भण्डारमा भेट हुन गई छोरी रजनी केसी मानन्धरबाट परिचय गराउँदा डा.इन्दुल केसीले देखाउनु भएको आत्मीयता र सरल व्यवहारले वहाँसँग भलाकुसारी गर्न मलाई आकर्षित गरायो । पहिलो भेटमा नै वहाबाट उपहार प्राप्त भएको “शब्दसागरका मोती” समीक्षा सङ्ग्रहले मेरो ध्यानाकर्षण गरायो । उपहार प्राप्त पुस्तक र वहाँको सरल व्यवहार तथा स्नेही भावले अध्ययनको तिर्खालाई झन बढायो । जैविक उमेरले ८२ वसन्तमा हिडिरहनु भएका डा. इन्दुल झण्डै दश वर्ष कान्छो जस्तो लाग्नुहुन्थ्यो भने वार्तालाप, चिन्तन मनन र दर्शनको विषयमा छलफल गर्दा विश्वविद्यालयको शोधार्थी जस्तो जिज्ञाषु भएर प्रस्तुत हुनु भयो ।
विषय समीक्षा
“शब्दसागरका मोती” लाई सरसर्ती पढ्दा पूर्वीय दर्शन, साहित्य, इतिहासको बगैंचाबाट केही पूmलका थुँगाहरू जम्मा गरेर तयार भएको सानो माला जस्तो लाग्यो । पुस्तक प्राप्त भएको दुई रातमा पुस्तक पढीसक्दा आपूm छिपछिपे पानीमा रहेको अनुभूति भयो । बाङ्गमय शताब्दी पुरूष स्व. सत्यमोहन जोशीको दुई थुङ्गा पूmल शीर्षकले डा.इन्दुललाई बुझ्न सहयोग पुग्यो । प्रा.डा.कृष्णप्रसाद दाहालको भूमिका सरल, रसिलो र भरिलो लाग्यो ।  पुस्तकका बाईस शीर्षकमा पूर्वीय दर्शन र व्यवहारको वारेमा समीक्षात्मक रूपमा उल्लेख गर्नु भएका विषवस्तु अध्ययन गर्दा आनन्दभन्दा पनि तीर्खा बढाएको अनुभूति भयो । वेद के भन्छ भन्ने शीर्षकमा वेदले धर्म, अर्थ, काम र मोक्ष आदि विषयलाई सरल रूपमा उल्लेख भएको पाएँ । अर्को शीर्षकमा ईशावास्योपनिषदमा श्रीशङकराचार्यले उल्लेख गर्नु भएका १)ईश २)केन ३)कठ ४) प्रश्न ५) मुण्डक ६) माण्डुक्य ७) तैतरीय ८) ऐतरेय ९) छान्दोग्य १०) बृहदारण्यकलाई सस्मरण गराएका छन् । यस अन्तर्गत पनि ईशावास्योपनिषद भित्रको मन्त्र र प्रा.डा. विद्यानाथ कोईरालाको “पुख्र्यौली विज्ञान” को उल्लेख गर्दै शान्तिपाठका १८ मन्त्रलाई नेपाली भावानुवाद सहित प्रस्तुत गरिएको छ । जसको अध्ययनले हाम्रो जीवनलाई सरल र सहज बनाउन सहयोगी हुने अनुभूति हुन्छ ।  
महात्मा सुशिलको पाशुपत योग पुस्तकको समीक्षा गर्दै चार महावाक्यहरू, गुरूमहिमा, धर्मका दश लक्षणहरू, योग र योगासन, ध्यान, कुण्डली शक्ति, समाधि आदिको स्वाद पनि डा. इन्दुलले चटाउनुहुन्छ । अर्को शीर्षकमा योगाचार्य उद्धवप्रसाद भट्टराईको साधना–सुत्रमा योग संस्कृति, आध्यात्मिक साधना, योग साधना, अष्टाङ्ग योग–यम, नियम, आसन, प्राणायम, प्रत्याहार, धारणा, ध्यान, निर्वाण वा समाधिलाई सम्झाएका छन् । टीकाराम उपाध्याय अर्यालकृत जीवन दर्शन पुस्तकमा १.जीवन दर्शन २. कर्मको गति ३. धर्म ४. युगयुगमा अवतरित हुने ५. सुखमय जीवन ६. धुवाँ ७.माकुरो ८.कुर्सी ९. त्रिविधा भवती श्रद्धा १०. कीर्तियस्य जीवनी रहेको डा. इन्दुल उल्लेख गर्दछन् । जीवन दर्शनको समीक्षामा प्रा. शिवगोपाल रिसाल लेख्छन्–जीवन नै एउटा दर्शन हो । मृत्यु अर्को दर्शन हो । सृष्टि पनि महान दर्शन हो । सुसुप्तिमा जगत् छैन । समाधिमा जगत् छैन । नचिताएको बेला जगत् छैन भने जगत् कुनै हातलमा पनि छैन । यहि हो दर्शनको पनि दर्शन । समीक्षाको क्रममा डा. सत्यमोहन जोशीको महर्षि याज्ञवल्क्य नाटकबाट भौतिक भन्दा आध्यात्मिक शक्ति  बलवान हुने शिक्षा दिन खोजेको पाइयो । ध्यानको ज्ञान र साधना शीर्षको समीक्षा गर्दै डा. केसी हाम्रा १०८ उपनिषदलाई छुँदै योग दर्शनले भौतिक शरीर र चैतन्य शरीरलाई ध्यानले जोड्ने जानकारी गराउँदै ध्यानले ज्ञानलाई आत्मासँग जोड्ने, द्रष्टा र दृश्यलाई जोड्ने कुरा उल्लेख गरेका छन् ।
समीक्षात्मक कृतिमा बौद्ध दर्शन वारे चर्चागर्दै डा. इन्दुल बुद्धको उपदेशलाई चार सिद्धान्तमा उल्लेख गर्छन् ।
१. ईश्वरलाई नमान्नु, अन्यथा मनुष्य स्वयम आप्mनो मालिक हो, यस सिद्धान्तको विरोध हुनेछ ।
२. आत्मालाई नित्य नमान्नु, अन्यथा नित्यलाई एक रस मान्दा त्यसको परिशुद्धि र मुक्तिका लागि गुन्जायस रहने छैन ।
३. कुनै अन्यलाई स्वतः प्रमाण नमान्नु अन्यथा बुद्धि र अनुभवका प्रमाणिकता हराउदैं जानेछ ।
४. जीवन–प्रवाहलाई यसै शरीरसम्म परिमित मान्नु अन्यथा जीवन र त्यसका विचित्रताहरू कार्य कारण नियम अनुसार उत्पन्न नभएर मात्र आकस्मिक घटनाहरू हुन जाने छन् ।
अर्को शीर्षकमा भजन र जीवनको अन्तर–सम्बन्धलाई केलाउँदै डा. केसी भक्तिले जीवनमा उर्जा र आरोग्यता प्रदान गर्ने धारणा राख्दछन् । प्राचिन विश्व इतिहासको चर्चा गर्दै डा इन्दुल वंश, गोत्रको सामूहिक कृयाकलापको समाप्ति पश्चात आदिम साम्यवादी युगको अन्त्यपछि दास युग प्रारम्भ भएको, प्राग(प्राज्ञ) मानव–होमोसेपिन्सहरूले आजभन्दा ३० हजार वर्ष अघि नै चित्रकला शुरू गरेको, धार्मिक विश्वासको जन्म भएको उल्लेख गर्दै झण्डै १८ हजार वर्ष पहिले पृथ्वीमा अनुकूल हावापानी बन्दै गएको साथै फिरन्ते, पशुपालन, कृषि हुँदै आजको वैज्ञानिक युगमा मानव आईपुगेको उल्लेख गरेका छन् । त्यसैगरी उत्तरी ध्रुवसमेतको जीवन–यात्रामा आपूmले भोगे गरेका विविध कुराको वर्णन, नेपाली जनजीवन, कला, संस्कृति, रीतिरिवाज, विदेश यात्राका अनुभवहरू प्रस्तुत मात्र गरेका छैनन्, हामीलाई पनि सँगसँगै हिडाएका छन् ।
कथाकार श्री पशुपतिमान प्रधानको मुटुको चिरफार शीर्षकको समीक्षामा शरीरको वाहिरी अङ्गमा लागेको चोट औषधि उपचारबाट निको पार्न सकिने तर भावनामा पुगेको मानसिक चोट सितिमिती निको पार्न नसकिने कुरा उल्लेख गरेका छन् । परशु प्रधानको धनियाः कथा र व्यथाको समीक्षामा डा. इन्दुल मानविय यौन मनोविज्ञानलाई  केलाउँदै नशामा लठ्ठिएका युवाहरूबाट यौन शोषणमा परेकी धनियाले झुण्डीएर आत्महत्या गरेको दर्दनाक भाव पस्किएर शोषण विरूद्ध बुलन्द आवाज उठाउने सन्देश दिन्छन् । प्रेमको आकारमा डा.इन्दुल र प्रेमले जीवनलाई उर्जा दिने सन्देश दिन्छन् । प्रजापति तिमिल्सिनाको कालो पहाडको दृश्य÷चित्रको समीक्षामा डा.यज्ञेश्वर निरौलाको १) कालो पहाडमा सिमान्तियता २) महिलाको परिचय ३) वर्गीय आधारमा महिला ४) लैङ्गिक विभेदमा महिला ५) जातीय आधारमा महिला ६) वर्चश्व÷प्रभुत्वको आधारमा महिला ७) लेखकीय दृष्टिकोण ८) निष्कर्ष गरी आठ शीर्षकमा गरिएको समीक्षा उच्चकोटीको रहेको डा.इन्दुल बताउँछन् । त्यसै गरी विषय र विवेचना को समीक्षामा डा. इन्दुल सच्चा प्रेमको महङ्खव वताउँदै प्रेम गरौं, प्रेम गर्न सिकौं भन्दै प्रेम सन्देशमूलक रूपमा जीवनसँग गाँसिने कुरा उल्लेख गरेका छन् । स्मृति निबन्धकार निर्मला श्रेष्ठको आपूm अरूका लागि ग्रन्थको समीक्षामा आपूmलाई प्राप्त दुःखलाई पनि अवसरका रूपमा स्वीकार गरेर अगाडी बढेर उपलब्धि हासिल गरेको डा. इन्दुलले उल्लेख गरेका छन् ।
साधुराम गिरीको मान्छे, प्रकृति र भेगन कृतिको समीक्षामा डा. इन्दुल पशुबधशालामा अत्यन्त घृणित र नारकीय दृश्यले हामीलाई दानव होइन मानव वनौं भन्ने सन्देश प्रवाह गरेका छन् । प्रकाशप्रसाद उपाध्यायको छेउ न टुप्पो कृतिको समीक्षा गर्दै डा.इन्दुलले कथा र निबन्धको दोभानलाई छेउ न टुप्पोको प्रतीक मानेका छन् । विष्णुप्रसाद ओलीको मेरी परी मुक्तक संग्रहको वारे डा. इन्दुल यसमा समावेश भएका मुक्तकले राष्ट्र, राष्ट्रियता, सरकारको दायित्व, जनताको वेदना, नेपालको प्राकृतिक सौन्दर्य, सरकार र नागरिकको दायित्व सम्झाइ रहेका छन् । अर्को कृति पदम दाहालको आँसुको दहको समीक्षामा राष्ट्र पे्रम र व्यङ्ग पस्केका छन् । आँसुको दह अन्तर्गतको म फिर्दै छु छोरो शीर्षकमा मर्मस्पर्शी सन्देहको केही अंश यस प्रकार छः
“न सम्झेर माटो नफर्केर गाउँ
सबै शुन्य भो शुन्य सुन्दै छु ठाँउ
म फिर्दै छु छोरो ढिलो भो म फिर्न
छ बाँझै  बिरौटो छ रूम्टो विदीर्ण ।।” 
निष्कर्ष
“शब्दसागरका मोती” समीक्षात्मक सामग्रीमा डा. इन्दुल केसीले पूर्वीय दर्शन, जीवनशैली, साहित्य, इतिहासलाई सुन्तलाको दानाबाट बोक्रा छोडाएर केस्रा बनाई रस्वादन गराएका छन् । विद्याले विनयशील बनाउँछ भन्ने उक्ति उनको कृति समीक्षामा झल्कन्छ । समीक्षा सरल र सरस छ । सरसरी पढ्दा खड्केको पक्ष भनेको समीक्षा गरिएका ग्रन्थहरूले समेट्न नसकेका पाटा तथा पक्षहरू वारे समीक्षकले औंल्याउनु भएको भए पछिल्लो संस्करणमा सर्जकले पूर्णता दिने अवसर पाउनुहुन्थ्यो । भनिन्छ “पूर्णताको आभासले सिर्जनाको ढोका बन्द हुन्छ”, डा. इन्दुल केसीलाई रसिलो साथै भरिलो “शब्दसागरका मोती” को लागि हार्दिक धन्यबाद साथै नयाँ सिर्जनाको लागि अग्रीम शुभकामना । धन्यवाद ।

...

All Comments.......


Please Login/Register To Comments