चेम्बर रोजगारदाता परिषदको सह-सयोजकमा कटुवाल मनोनित
- Post Date 2024-06-18 05:25:18
नेपाल चेम्बर अफ कमर्सको रोजगारदाता परिषदको सह-सयोजकमा ब्यवसायी मोहन कटुवाललाइ मनोनित गरेकोछ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले मनोनयन पत्र हस्तान्तरण गर्दै चेम्बरको अभियानमा महत्त्वपूर्ण भुमिका सहितको सहयोग सद्भाव र सुझाब प्राप्त हुने बिस्वास राख्दै सफल कार्यकालको शुभकामना दिएका थिए। मनोनय पत्र ग्रहण पछि कटुवालले हाल देशमा आर्थिक मन्दिका कारण सकटमा परेका उध्योगी ब्यवसायीहरुको हितहुने गरि सहज औध्योगिक बाताबरण निर्माण गर्न, असल श्रम सम्बन्ध स्थापित गर्न, रोजगारी सृजना गर्न रोजगार दाता परिषदमा रहेर सकृय भुमिका निर्वाह गर्ने कुरामा आफु लाग्ने बताए। कटुवाल ग्रील तथा स्टील ब्यवसायी महासघका निबर्तमान अध्यक्ष नेपाल घरेलु तथा साना उध्योग महासघका बस्तुगत उपाध्यक्ष एवम सिटिइभिटीमा सेक्ट सेक्टर कमिटिका सदस्य समेत हुन।
All Comments.......
Please Login/Register To Comments