बाल बालिकाको सर्वाङ्गीण विकास्विकास्का लागि सिकाइ महत्वपूर्ण आधार हो। .सिकाइ वैज्ञानिक, सुसंस्कृत र सभ्य भएमात्र बालबालिकाको व्यक्तित्व निर्माणमा सहयोग पुग्दछ। केवल किताबी ज्ञानले    मात्र सिकाइ पूरा हुन् सक्दैन।त्यसकारण असल कुराको  अवलोकन , चालचलन , तथा सभ्य बानी  पनि सिक्दै जानु पर्दछ . नानीहरुले विद्यालाबाट मात्र नभई घर परिवारका सदस्यहरुको  बोलीचाली  चालचलन ,  व्यवहारिक अनुशरणबाट पनि सिकिरहेका हुन्छन .  कितावी ज्ञानको साथै व्यवहारिक्क ज्ञान र सभ्य व्यवहार भयो भने मात्र सिकाइ पूर्ण हुन्छ. त्यसकारण विद्यालयमा शिक्षण गर्नेले एक असल शिक्षक र अभिवावक भएर सिकाउनु पर्दछ भने घरमा परिवारका सदस्यले एक असल अभिवावाकको  साथै शिक्षकको भूमिका समेत निर्वाह गर्न सक्नुपर्दछ . भनिन्छ, घर व्यक्तिको पहिलो पाठशाला हो भने,आमालाई  पहिलो गुरु।असार ६  गते भक्तपुर -२, मिबाछें  स्थित एभरेस्ट इङ्लिस स्कुलमा हजुर बुवा/हजुरआमा  र नाति नातिनीहरु बीच सुमधुर सम्बन्ध रहोस , पुस्तान्तरंणका  क्रममा कुनै पनि समस्या नरहोस् , हजुर बुवा/हजुरआमा भनेका इतिहासका साक्षी हुन् भन्ने नाति पुस्ताले समेत बुझोस् भन्ने उद्देश्यले सञ्चालन  भएको ग्राण्ड पारेंट्स सेलीब्रेशन  कार्यक्रममा हजुर बुवा/हजुरआमा र नाति/नातिनीहरू एकै मञ्चमा देखिँदा कार्यक्रमको गरिमा अझ बढेको प्रतीत हुन्थ्यो  . उक्त कार्यक्रमा विद्यालयका प्रिन्सिपल , शिक्षक , बुवा/हजुरआमा र नाति/नातिनीहरूसँगै बसेर आफ्ना पालाका  कथा भन्ने र सुन्ने गर्नाले विद्यालय परिवार हजुर बुवा/हजुरआमा र नाति/नातिनीहरूका अनुहार प्रफुल्ल देखिन्थे ।

कार्यक्रमको अन्त्यमा संस्थापक प्रिन्सिपल श्री भक्त राजभण्डारीले उपस्थित सबै हजुर बुवा र हजुरआमाहरुलाई वहाँहरुको गरिमामय उपस्थिति र आफ्ना नाति/नातिनीहरूलाई असल संस्कार सिकाउनु भएकोमा हार्दिक कृतज्ञाता ज्ञापन गर्दै कदर पत्र प्रदान भएको थियो ।


...

All Comments.......


Please Login/Register To Comments