भक्तपुर नगरपालिकाको सोह्रौं नगरसभामा नगर 
प्रमुख सुनिल प्रजापतिद्वारा प्रस्तुत                     
(आ.व. २०८१÷८२) को नीति तथा कार्यक्रम)
नगर सभासद्हरू,
नेपालको संविधानअनुसार स्थानीय तह निर्वाचन, २०७९ मा निर्वाचित भई कार्य गरेको दुई वर्ष पूरा भइ तेस्रो वर्षमा कार्यरत छौं । हामी दोस्रो कार्यकालको तेस्रो वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछौं । भक्तपुर नगरको चौतर्फी विकासको निम्ति नगरपालिकाले गरेका हरेक कार्यमा नगरबासीहरूको स“धै साथ र सहयोग प्राप्त हुँदैछ । नगरको विकासको निम्ति विगतदेखि वर्तमानसम्म विभिन्न भूमिकामा रही प्रत्यक्ष र अप्रत्यक्ष साथ र सहयोग गर्नुहुने तमाम नगरबासी दाजुभाई तथा दिदीबहिनीहरूमा भक्तपुर नगरपालिकाको तर्फबाट हार्दिक कृतज्ञता व्यक्त गर्दछौं ।
‘पुर्खाले सिर्जेको सम्पत्ति, हाम्रो कला र संस्कृति’ को नारालाई सार्थक बनाउन, भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउन र भक्तपुरलाई पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्न हाम्रा अग्रजहरूले देख्नुभएको सपनालाई साकार पार्न हामी जनप्रतिनिधिहरू निरन्तर कार्यरत छौं । नगरपालिकामा प्राप्त सीमित श्रोत र साधनहरूको अधिकत्तम सदुपयोग गरी नगरको शिक्षा, स्वास्थ्य उपचार, कला–संस्कृति र सम्पदा संरक्षण, सरसफाइ तथा विकास निर्माणका कार्यहरू गर्दैछौं ।
नेपाल मजदुर किसान पार्टीका श्रद्धेय अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले लेख्नुभएको ‘सय वर्षपछिको भक्तपुर’ पुस्तकलाई आधार बनाएर कार्य गर्दै छौं । आज भक्तपुर आन्तरिक र बाह्य पर्यटकहरूका लागि आकर्षक गन्तव्य बन्दै छ । भक्तपुरको उन्नत्ति र विकासको निम्ति हामीले धेरै कार्यहरू गर्न बाँकी छन् । संविधान र कानुनले दिएका अधिकारभित्र रही हामीले भक्तपुर बासीहरूको हितलाई केन्द्रमा राखेर कार्य गर्दै छौं ।
नाचगानको राजधानी, जीवित सङ्ग्रहालय र सा“स्कृतिक नगरको उपमा पाएको भक्तपुर नगरलाई थप उचाइमा पु¥याउन जनतासँग नियमित छलफल गरी हामी जिम्मेवारीपूर्वक काम गर्दै छौं । नेपाल मजदुर किसान पार्टीले जारी गरेको स्थानीय निर्वाचन घोषणपत्र नै हाम्रो काम गर्ने आधार हो । निर्वाचनमा भक्तपुरबासी जनताले आफ्नो अमूल्य मतमार्फत हामीलाई दिनुभएको विश्वास नै हाम्रो काम गर्ने शक्ति वा आत्मबल हो । स्थानीय निर्माणले राष्ट्रिय स्तरको सेवा दिने हाम्रो भावना हो । हामीले सोही भावनाअनुरुप काम गर्दै छौं । निर्वाचन घोषणापत्रमार्फत जनतालाई दिएको वचन हामीले एक एक गरी पूरा गर्दैछौं ।
नेपालको संविधानले व्यवस्था गरेको तीन तहको सरकारमध्ये स्थानीय तह जनताको सबभन्दा नजिकको सरकार हो । स्थानीय तहप्रति जनताको पूर्ण विश्वास पनि रहँदै आएको पाइन्छ । जनताको आशा र अपेक्षाअनुसार काम गर्न स्थानीय तहलाई अधिकारसम्पन्न बनाइनु आवश्यक छ । स्थानीय तह शक्तिशाली भएमा मात्र जनताले छिटो—छरितो सेवा प्राप्त गर्न सक्छन् । सङ्घीयताको मुख्य उद्देश्य नै अधिकार विकेन्द्रित गरी सिंहदरबारमा केन्द्रित अधिकारलाई स्थानीय तहसम्म पु¥याउनु हो । तर सङ्घ र प्रदेश सरकारहरूको कार्यशैली भने फरक देखिँदै छ । संविधानको भावना र मर्मविपरीत स्थानीय तहलाई कानुन प्रदत्त अधिकार समेत सङ्घ र प्रदेश सरकारहरूले एक एक गरी अपहरण गर्ने कोशिस गर्दै छन् । यो संघ र प्रदेश सरकार सञ्चालन गर्नेहरूमा एकात्मक सोच हुनुको परिणाम हो ।
संविधानले मावि तहसम्मको शिक्षाको सम्पूर्ण अधिकार स्थानीय तहलाई दिइएकोमा जिल्ला शिक्षा समन्वय एकाइ खडा गरेर सङ्घले छुट्टै कार्य गर्नु र संसदमा विचाराधीन शिक्षा विधेयकमा जिल्ला शिक्षा कार्यालय स्थापनाको प्रावधान राख्नु यसको उदाहरण हो । सङ्घ र प्रदेशले स्थानीय तहलाई आफ्नै एकाइजस्तो व्यवहार गर्नु, दुई चार लाखको स—साना योजनाहरू समेत सङ्घ र प्रदेशको बजेटमा समावेश गर्नु, समानीकरण अनुदान बढाउनुपर्नेमा सशर्त अनुदान बढाउँदै लानु सङ्घीयता र संविधानको मर्म र भावनाविपरीतका कार्यहरू हुन् । 
सङ्घ र प्रदेशले लामो समयसम्म संविधानमा रहेका साझा सूचीका अधिकारहरूबारे आवश्यक कानुनहरूको निर्माण नगर्नु, पुरानै ऐनहरू प्रचलनमा रहनुले पनि देशभरका स्थानीय तहहरूले समस्या भोग्दै छन् । स्थानीय तहले राम्रोसँग काम गर्ने हो भने त्यसलाई आवश्यक कर्मचारीको बन्दोबस्त गर्ने अधिकार हुनुपर्छ । अहिले स्थानीय तहहरूले प्रदेश लोकसेवाबाट पठाइएका कर्मचारीहरूको भरमा काम गर्न बाध्य छन् । यसले जनप्रतिनिधिहरूको भावनाअनुसार जनताको सेवा हुन सक्ने स्थिति छैन । आवश्यक परे संविधान संशोधन गरेरै भए पनि स्थानीय तहलाई कर्मचारी भर्नाको अधिकार दिन सङ्घ र प्रदेश सभाका माननीयज्यूहरूको ध्यानाकर्षण गर्न चाहन्छौं ।
भक्तपुर नगरपालिकाले २ वटा इन्जिनियरिङ कलेजसहित ७ वटा शैक्षिक संस्थाहरू सञ्चालन गरेर देशभरका जनताका छोराछोरीलाई सस्तो र गुणस्तरीय उच्च शिक्षा प्रदान गर्दै आएको छ भने ख्वप विश्वविद्यालय सञ्चालनको लागि संसदबाट विधेयक पारित गर्ने कार्यमा जोड दिँदै आएका छौं । त्यसैगरी जनताको स्वास्थ्य उपचार सहज उपलब्ध गर्न घरदैलो नर्सिङ सेवा, १०० शैय्याको ख्वप अस्पताल सञ्चालन र वडा वडामा स्वास्थ्य केन्द्रहरू सञ्चालन गरी सस्तो र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरिरहेका छौं । 
नेपालको संविधानअनुसार भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य उपचारसँगै सम्पदा संरक्षण, सरसफाइ, विकास निर्माण तथा विभिन्न सीपमूलक तालिमहरू सञ्चालन गरी व्यापक जनताको हितमा समाजवादउन्मुख कार्य गर्दैछ । 
आ.व. २०८१।८२ का लागि नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्न स्थानीय बुद्धिजीवी, मजदुर, किसान, महिला, युवा—विद्यार्थी, शिक्षकहरूलगायतको वडा र नगरस्तरीय भेलाहरू सम्पन्न गर्यौ । ती भेलाहरूबाट नगर विकासका लागि महत्वपूर्ण सुझावहरू प्राप्त गरेका छौँ । त्यसैगरी अनलाइन र अन्य माध्यमबाट प्राप्त सुझावहरू समेतलाई ध्यानमा राखेर आगामी वर्षमा प्राप्त हुने अनुमानित श्रोतसमेतलाई आधार बनाई नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछौं ः
क) शिक्षा ः
१. संघीय संसदबाट ख्वप विश्वविद्यालय सञ्चालन विधेयक पारित गराउन निरन्तर पहल जारी राखिने छ र विज्ञहरूको टोली बनाई ख्वप विश्वविद्यालय सञ्चालन तयारी समिति गठन गरिनेछ ।
२. भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरूमा विद्यार्थीहरूको माग र समयअनुसार स्नातक र स्नातकोत्तर तहमा नयाँ नयाँ विषयहरू थप गरिँदै लगिने छ । सीटीईभीटीबाट सम्बन्धन प्राप्त ख्वप बहुप्राविधिक अध्ययन संस्थानमा  रेडियोलोजी, एचए, फार्मेसीलगायतका बिषयहरूका कक्षा सञ्चालनका लागि आवश्यक तयारी गरिने छ ।
३. भक्तपुर नपाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको आयोजनामा २०८१ साल माघ महिनार्मा भूकम्प इन्जिनियरिङ’ बिषयमा राष्ट्रिय सम्मेलन र २०८२ सालमा ‘भूकम्प इन्जिनियरिङ तथा विपद् पश्चातको पुनःनिर्माण’ शीर्षकमा चौथो अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरिने छ । शिक्षक कर्मचारीहरूलाई उच्च शिक्षा अध्ययन (विद्यावारिधि÷एमफिल)मा दिइ आएको प्रोत्साहनलाई थप व्यवस्थित गर्दै निरन्तरता दिइने छ । त्यस्तै ख्वप कलेजमार्फत पनि अन्तर्राष्ट्रिय सम्मेलनको तयारी थालिने छ ।
४. भक्तपुर नगरपालिकाभित्रका पर्यटन, शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माण र संरक्षण, सहकारी, कृषि, खानेपानी, वातावरण, सरसफाइजस्ता विषयहरूको अध्ययन अनुसन्धान गर्नेहरूका लागि अनुसन्धान वृत्तिको व्यवस्था गरिने छ ।
५. नगरबासी विद्यार्थीहरूलाई इतिहास, भूगोल, संस्कृति, नेपालभाषा, राजनीतिशास्त्र, दर्शनशास्त्र, तर्कशास्त्र जस्ता विषयहरूमा स्नातकदेखि विद्यावारिधिसम्म पूर्ण छात्रवृत्ति प्रदान गर्दै आएकोलाई निरन्तरता दिइने छ र उच्च शिक्षाको लागि प्रदान गर्दै आएको शैक्षिक ऋणलाई पनि निरन्तरता दिइनेछ ।
६. अनुसन्धान र सूचना व्यवस्थापन केन्द्र स्थापना गरी उच्च शैक्षिक संस्था तथा अनुसन्धानकर्ताहरूसँग सहकार्य गरी भक्तपुर नगरपालिकाभित्रका विभिन्न विषयहरूको बारेमा अध्ययन अनुसन्धानको व्यवस्था गरिने छ ।
७. शिक्षालाई ज्ञान र सीपसँग जोड्न विभिन्न प्रकारका व्यवसायिक र सीपमूलक तालिमहरू सञ्चालन गरिने छ ।
८. सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर वृद्धिका लागि समय समयमा शिक्षकहरूलाई पुनर्ताजगी तालिमहरू दिइने छ । विद्यार्थीहरूमा नागरिक भावनाको विकास गर्न नैतिक र व्यवहारिक शिक्षा प्रदान गर्ने व्यवस्था मिलाइनेछ ।
९. नेपाल भाषालाई स्थानीय पाठ्यक्रममार्फत विद्यालयहरूमा अध्ययन अध्यापनको व्यवस्था गर्न आवश्यक तयारी गरिने छ । नेपालभाषा र लिपि  तथा मूर्तिकला, चित्रकला, प्रस्तरकला, संगीत, नृत्य कक्षाहरू क्रमशः सञ्चालन गर्दै लगिने छ ।
१०. विद्यालय स्तरमा अध्ययनरत विद्यार्थीहरूलाई स्थानीय जनजीवन, सम्पदा संरक्षण, खेलकुद गतिविधि, संगीत साधनाजस्ता अतिरिक्त क्रियाकलापहरूमा सहभागी गर्ने व्यवस्था मिलाइने छ । साथै समय समयमा हाजिरीजवाफ, निबन्ध, सांस्कृतिक, चित्रकला प्रतियोगिता आयोजना गरिने छ । 
११. स्थानीय पाठ्यक्रमसँग सम्बन्धित सन्दर्भ सामग्रीहरूको प्रकाशनलाई निरन्तरता दिइने छ । समयानुकूल स्थानीय पाठ्यक्रम परिमार्जन गरिने छ र भक्तपुरका सांस्कृतिक तथा सामाजिक पहिचान झल्किने सांस्कृतिक संग्रहालय निर्माणको लागि आवश्यक तयारी गरिने छ ।
१२. विद्यालयले हासिल गरेको नतिजाको आधारमा उत्कृष्ट विद्यार्थी, उत्कृष्ट शिक्षक र उत्कृष्ट विद्यालय घोषणा गरी प्रोत्साहनको व्यवस्था गरिनेछ । मावि तहको विद्यालयहरूमा क्रमशः गणित प्रयोगशालाको व्यवस्था गर्दै लगिनेछ ।
१३. ‘एक विद्यालय, एक सम्पदा सरसफाइ’ को नीतिलाई प्रभावकारी बनाइँदै लगिनेछ र विद्यालयहरूमा स्काउट टोली गठन, नियमित खेलकुद र सांस्कृतिक प्रशिक्षणको व्यवस्था मिलाइनेछ ।
१४. विद्यालयहरूको गुणस्तर वृद्धिको लागि विद्यालय अनुगमन तथा प्राविधिक सहयोग समितिबाट भइरहेको कार्यलाई समयानुकूल सुधार गरी प्रभावकारी बनाउँदै लगिनेछ । समितिको सिफारिसमा विद्यालयको भौतिक संरचना निर्माणका लागि पनि सहयोगको नीति लिइने छ ।
१५. बाल विकास केन्द्र सञ्चालन गरिएका विद्यालयहरूलाई व्यवस्थित गर्न त्यस्ता विद्यालयहरूलाई सहयोगको नीति अवलम्बन गरिनेछ र विद्यालयहरूको अबस्था हेरी कक्षा सञ्चालन तथा शिशुस्याहार केन्द्रको रुपमा विकास गरिनेछ । अपाङ्गता भएका विद्यार्थीहरूलाई प्रोत्साहनको नीति लिइनेछ । 
१६. भक्तपुर नगर क्षेत्रमा सञ्चालित कलेजहरूमा अध्ययनरत विद्यार्थीहरूलाई विभिन्न संघ संस्थामा इन्टर्नशीप, आंशिक रोजगारी र कार्यस्थलमा तालिम (अन द जब ट्रेनिङ) को व्यवस्था मिलाइनेछ ।
१७. नगरपालिकाद्वारा सञ्चालित जनज्योति पुस्तकालय र इ—लाइब्रेरीलाई अझ व्यवस्थित गर्न आवश्यक पुस्तक तथा सन्दर्भ स्रोतहरूको व्यवस्थाको साथै भौतिक सुधारहरू गर्दै लगिने छ ।
१८. ईसीडी शिक्षक तथा विद्यालय कर्मचारीको न्युनत्तम पारिश्रमिकको व्यवस्था गरिनेछ ।
ख) स्वास्थ्य ः
१९. भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप अस्पताललाई थप सुविधा सम्पन्न र गुणस्तरीय उपचार सेवा प्रदान गर्ने जनताको अस्पतालको रुपमा विकास गरिने छ । त्यसको लागि भौतिक पूर्वाधार निर्माण, आवश्यक जनशक्ति र स्वास्थ्य उपकरणहरूको बन्दोबस्त गरिने छ । यस अस्पतालमा सघन उपचार कक्ष (आइसीयु), सिटी स्क्यान र जनरल सर्जरी अन्तर्गत शल्यक्रियाहरूमा ल्याप्रोस्कोपिक सेवा नियमित सञ्चालनमा ल्याइने छ । नेपाल सरकारको आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम लागु गरिने छ । गरिब तथा असहायहरूलाई गर्दै आएको निःशुल्क उपचार सेवालाई निरन्तरता दिइने छ ।
२०. नगरबासीहरूलाई छिटो छरितो स्वास्थ्य उपचार सेवा प्रदान गर्न नगरका विभिन्न स्थानहरूमा सञ्चालित आधारभूत स्वास्थ्य केन्द्र, नगर स्वास्थ्य केन्द्र, जनस्वास्थ्य केन्द्रहरूमा समेत विशेषज्ञ सेवा विस्तार गर्दै लगिने छ । वडा नं. ७ र १० मा निर्माणाधीन स्वास्थ्य केन्द्रहरूलाई सञ्चालनमा ल्याइनेछ । 
२१. सम्पूर्ण नगरबासीहरूलाई ख्वप अस्पतालको अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजन निःशुल्क वितरणका साथै निःशुल्क रगत वितरण कार्यलाई निरन्तरता दिइने छ । १३ वर्ष मुनिका बालिकाहरूलाई पाठेघर क्यान्सरविरुद्धको खोप वितरण गरिनेछ ।
२२. घरदैलो नर्सिङ सेवा र श्वासप्रश्वास पुनःस्थापना केन्द्रलाई थप प्रभावकारी बनाउँदै लगिनेछ । ख्वप तिलगंगा आँखा अस्पतालमा उपचार सेवा विस्तार गर्दै सुविधासम्पन्न आँखा अस्पतालको रुपमा विकास गरिने छ ।
२३. स्तन तथा पाठेघर क्यान्सर, आँखा, दाँत, नाक, कान, घाटी र अन्य विभिन्न रोगहरू सम्बन्धमा वडा वडामा नियमित स्वास्थ्य शिविरहरू संचालन गरिने छ । नागरिक आरोग्य केन्द्रबाट भइरहेको सेवालाई जनमुखी बनाउँदै सेवालाई क्रमशः विस्तार गर्दै लगिने छ ।
ग) सम्पदा र संस्कृति ः
२४. देशको महत्वपूर्ण सम्पत्तिको रुपमा रहेको भक्तपुरका मूर्त र अमूर्त सम्पदाहरूको संरक्षणको नीतिलाई निरन्तरता दिइनेछ । नगरका विभिन्न स्थानमा अवस्थित ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक महत्व बोकेका घाटहरूको सुधार र संरक्षणलाई व्यवस्थित रुपमा अगाडि बढाइने छ ।
२५. निर्माणाधीन लक्ष्मी नरसिंह मन्दिर, हाडा छे“, छुमा गणेशको द्यो छेँ, इन्द्रायणी द्योछेँ सम्पन्न गर्न आवश्यक बजेटको व्यवस्था गरिने छ । दरबार क्षेत्रस्थित थन्थु दरबार, इखालाछी मठ, लाय्कु पाहाँ छेँ मौलिक शैलीमा पुनःनिर्माण गरिने छ ।
२६. भक्तपुरको मौलिकता बचाइ राख्न परम्परागत घर निर्माण गर्ने घरधनीहरूलाई इँटा, काठ, झिंगटीको लागि दिँदै आएको अनुदानलाई निरन्तरता दिइने छ ।
२७. कला–संग्रहालय रहेको न्ह्यकं झ्यः दरबार पुनःनिर्माण कार्य अगाडि बढ्न नसकिरहेको हुँदा नेपाल सरकार, संस्कृति मन्त्रालय, पुरातत्व विभागसँग समन्वय गरी निर्माणको आवश्यक बन्दोबस्त गरिने छ । भक्तपुरको बसन्तपुर दरबार, ९९ चोक, जगन्नाथ क्षेत्र, तालादोम्फोलगायत सांस्कृतिक र पुरातात्विक महत्व बोकेका स्थलहरूको अध्ययन अनुसन्धानलाई निरन्तरता दिइने छ ।
२८. कला संस्कृतिको महत्वबारे नयाँ पुस्तालाई प्रशिक्षित गर्न र व्यवहारिक ज्ञान दिएर सीप सिकाउन विद्यालयहरूमा सांस्कृतिक गुरुहरूको व्यवस्था गरी संस्कृतिलाई जीवन्तता दिने नीति लिइने छ ।
२९. वडा वडामा रहेका जीर्ण र लोपोन्मुख सम्पदाहरू पुनःनिर्माण र जीर्णोद्धार गर्न वडास्तरमै सम्पदा संरक्षणका लागि छुट्टै बजेटको व्यवस्था गरिने छ ।
३०. भूकम्पबाट क्षतिग्रस्त पुनःनिर्माण गर्न बाँकी घरहरू र नयाँ निर्माण हुने घरहरू माटो जोडाइमा बनाउन प्रोत्साहित गरिनेछ ।
३१. नगरभित्र रहेका पुरातात्विक महत्वका निजी घरहरू विविध कारण घरधनी स्वयम्ले समयमा नबनाउँदा सम्पदा नै लोप हुने अवस्था भएमा नगरपालिकाले लागत घरधनीबाट असुल उपर गरि लिने गरी प्रकृया पु¥याइ निर्माण गर्ने नीति लिइने छ ।
३२. भक्तपुरको परम्परागत जनजीवन झल्किने संग्रहालय निर्माण गरिने छ ।
३३. परम्परागत बाजाहरूको प्रतियोगिता गरी उत्साहित गरिने छ र सांस्कृतिक गुरुहरूको उचित सम्मान गरिने छ । सांस्कृतिक क्षेत्रलाई क्रमशः व्यवसायीकरण गर्दै लगिने छ ।
३४. सांस्कृतिक बाजागाजाको बोललाई क्रमशः लिपिबद्ध गर्दै संरक्षणको नीति लिइने छ । साथै दाफा भजनको थ्या साफु पुनः प्रकाशन गर्न आवश्यक व्यवस्था मिलाइने छ ।
३५. परम्परागत बाजागाजा एवम् नृत्य प्रशिक्षण दिन टोल समुदायलाई उत्साहित गरिने छ । लोपोन्मुख खःप्याखंलाई पुनःर्जीवन दिन आवश्यक व्यवस्था मिलाइने छ ।
घ) कृषि ः
३६. घर घरबाट निस्किने कुहिने फोहरबाट प्राङ्गारिक मल सी.एन.बी.एम. प्रविधिबाट निर्माण कार्य गर्दै आएकोमा थप व्यवस्थित गरी किसानहरूलाई वितरण गरिने छ । फोहरलाई स्रोतमै छुट्याउन र स्रोतबाटै फोहर कम गर्न नगरबासीहरूलाई प्रोत्साहित गरिनेछ । भक्तपुर नगरपालिकाद्वारा उत्पादित कम्पोष्ट मल प्रयोग विधिबारे किसानहरूलाई आवश्यक  तालिम दिइ कम्पोष्ट मल प्रयोग गर्न प्रोत्साहित गरिने छ ।
३७. माटोको गुणस्तर कायम गर्न समय समयमा माटो परीक्षणको व्यवस्था मिलाइने छ ।
३८. किसानहरूबाट उत्पादित कृषि उत्पादन व्यवस्थित बिक्री वितरणको लागि भनपा वडा नं ५ मा निर्माणाधिन तरकारी बजार सञ्चालनमा ल्याइने छ । कृषि मेला तथा स्थानीय उत्पादन मेला सञ्चालन गरिने छ ।
३९. किसानहरूबाट उत्पादित तरकारी, फलफूललगायत कृषि उपज संकलन तथा भण्डारणका लागि निर्माणाधीन चिस्यान केन्द्र सम्पन्न गरी सञ्चालनमा ल्याइने छ ।
४०. कृषकहरूको सुविधाका लागि कानुन बनाई कृषि ऋणको व्यवस्था गरिने छ ।
४१. नगरपालिकाले सहुलियत दरमा किसानहरूलाई बीऊविजन वितरण र कृषि चुनको प्रयोगलाई प्राथमिकता दिइने छ । वडा वडामा रहेका कृषक समूहहरूलाई सक्रिय बनाइने छ । स्थानीय बिऊहरूको संरक्षणलाई जोड दिइने छ । कौसी खेतीलाई प्रवद्र्धन गरिने छ ।
४२. कृषकहरूको सम्मान गर्ने र कृषि पेशाप्रति युवा पुस्तालाई आकर्षित गर्न स्थानीय पाठ्यक्रममा कृषि विषयलाई समावेश गरिने छ ।
४३. कृषि सम्बन्धी अध्ययन र अनुसन्धान गर्न खाद्य गुणस्तर तथा अनुसन्धान केन्द्र स्थापना गरिने छ ।
४४. किसान, मजदुर, डकर्मी, सिकर्मीहरू लगायतका पेशाकर्मीहरूको सूचिकरण गरी परिचयपत्र वितरण गरिने छ ।
४५. पशुपन्छीहरूलाई रोगबाट बचाउन आवश्यक खोपको व्यवस्था गरिने छ ।
४६. सडकमा जथाभावी छाडिएका दोपाया, चौपाया नियन्त्रणका लागि आवश्यक व्यवस्था गरिनेछ ।
ङ) पर्यटन ः
४७. आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि समय समयमा सन्ध्याकालीन पदयात्रा कार्यक्रम गरिने छ ।
४८. भक्तपुरको सांस्कृतिक सम्पदाहरू प्रवद्र्धन गर्न र आन्तरिक र बाह्य पर्यटन विकासको लागि उपयुक्त समयमा भक्तपुर महोत्सव आयोजना गरिने छ । 
४९. भक्तपुर नगरका मूर्त अमूर्त सम्पदाहरूबारे आन्तरिक एवम् बाह्य पर्यटकलाई विस्तृत जानकारी दिन पर्यटकहरूलाई भ्रमण गराउने नयाँ तथा विस्तारित रुटको व्यवस्था गरिनेछ ।
५०. भक्तपुर नगरपालिकाद्वारा निर्मित स्वचालित शौचालय (ई—ट्वाइलेट) सञ्चालनमा ल्याइने छ ।
५१. यहाँका कला, संस्कृति, सम्पदाआदिबारे प्रोमो, वेभसाइट, मोबाइल एप्स र डकुमेन्ट्रीको निर्माण गरी भक्तपुर नगरसम्बन्धीे प्रचार प्रसार गरिने छ ।
५२. पर्यटनसँग सम्बन्धित सरोकारवालाहरूबीच समय समयमा कार्यशाला, गोष्ठीहरूको आयोजना गरिने छ । होम स्टे र फेमिली स्टेका लागि आवश्यक तालिमहरूको व्यवस्था गरिने ।
५३. पर्यटनसँग सम्बधित विषयहरूबारे अध्ययन अनुसन्धानलाई प्रोत्साहित गरिने छ ।
५४. नगरको उपयुक्त स्थानमा सांस्कृतिक प्रदर्शनी केन्द्र निर्माण गरिने छ ।
५५. सम्पदा तथा नगरका सडकहरूमा आवश्यक बत्तीको व्यवस्था गरी रात्रीकालीन पर्यटन विकासको लागि प्रोत्साहित गरिने छ । साथै सुरक्षा प्रबन्धका लागि आवश्यक स्थानहरूमा सीसी क्यामेरा जडान गरिनेछ ।
५६. आन्तरिक र बाह्य पर्यटकहरू बढ्दो क्रममा रहेकोले आवश्यकताअनुसार नगरका विभिन्न ठाउँमा बस पार्क र शौचालयहरू निर्माण गरिने छ ।
५७. स्थानीय परम्परागत सीपलाई स्थानीय जनताको आय आर्जनको स्रोतको रुपमा विकास गरिने छ ।
५८. आन्तरिक र बाह्य पर्यटकहरूलाई अमूर्त सम्पदाहरूको परिचय दिन र पर्यटकहरूको बसाइ लम्ब्याउन समय समयमा सा“स्कृतिक प्रदर्शनी गरिने छ ।
५९. नगरका पोखरीहरूमा पनि आवश्यक बत्तीको व्यवस्था गरी ती ठाउँहरू पनि आन्तरिक र बाह्य पर्यटकहरू आकर्षित गरिने छ ।
६०. स्थानीय उत्पादन प्रवद्र्धन तथा खरिद प्रक्रियाका लागि उत्साहित गर्ने नीति बनाइने छ ।
६१. जनप्रतिनिधिहरूको अगुवाईमा सम्पदा क्षेत्र तथा खुल्ला स्थानमा पाक्षिक सरसफाइ कार्यलाई निरन्तरता दिइनेछ । 
६२. बढ्दो प्लाष्टिकजन्य प्रदूषण न्युनीकरणका लागि नगरपालिका क्षेत्रभित्र प्लाष्टिकको झोला निषेध गरिनेछ । साथै पुनःप्रयोग गर्न मिल्ने कपडाको झोलाहरूको प्रयोगलाई प्रोत्साहित गरिनेछ ।
६३. नगरको सौन्दर्यीकरणलाई जोड दिइने छ । नयाँ तथा विस्तारित आवास क्षेत्रमा घरको नक्सा पास गर्दा घर अगाडि कम्तीमा एउटा रुख रोप्ने तथा पुरानो बस्तीमा घर अगाडि फूलसहितको गमला राख्न उत्साहित गरिने छ ।
६४. नगरका विभिन्न पोखरी तथा सम्पदा परिसरमा आन्तरिक र बाह्य पर्यटकहरूको आकर्षण वृद्धि गर्न पर्यटकीय गतिविधिहरू वृद्धि गरिने छ ।

च) वातावरण र सरसफाइ ः
६५. नगरका विभिन्न ठाउँहरूमा हरियालीको विकास गरी पर्यावरणमा सुधार ल्याइनेछ ।
६६. नगरको सौन्दर्यमा बाधा पु¥याइ रहेको विद्युत प्राधिकरण, दुरसञ्चार तथा विभिन्न केबुल नेटवर्कका छरपष्ट तारहरूलाई भूमिगत गरी व्यवस्थित गर्न सरोकारवाला पक्षहरूसँग छलफल गरी अगाडि बढाइने छ ।
६७. नगरको प्रमुख सम्पदा क्षेत्रहरूमा क्रमशः यातायात निषेध गर्दै लगिने छ र भविष्यमा प्राचीन नगरभित्र सवारी निषेध गर्न आवश्यक योजनाहरू तर्जुमा गरिने छ ।
६८. नयाँ घर नक्सा पास गर्दा दुईपांग्रे तथा चारपांग्रे सवारीसाधन पार्किङको व्यवस्था घरधनी आफैले निर्माण गर्न उत्साहित गरिने छ ।
६९. पुनःप्रयोग गर्न मिल्ने वस्तुहरूलाई पुनःप्रयोगको व्यवस्था मिलाइने छ ।
७०. हाल निर्माणाधीन हनुमानघाट र सल्लाघारीको फोहर प्रशोधन केन्द्र (उपचार पोखरीहरू) शीघ्र निर्माण सम्पन्न गरी संचालनमा ल्याउन पहल गरिने छ ।
७१. खोला किनारा र अन्य खाली स्थानहरूमा रुख विरुवाहरू रोपेर हरियाली प्रवद्र्धन गरिने छ ।
७२. आधुनिक प्रविधिमार्फत सरसफाइ कार्यलाई अगाडि बढाइने छ ।
छ) खानेपानी ः
७३. पानीका स्थानीय स्रोतहरू इनार, ढुंगेधारा, पोखरीलगायतलाई मौलिक विधिमार्फत पुनर्जीवन दिइ संरक्षण गरिने छ । 
७४. जनसंख्या वृद्धिको कारण हिउ“दको समयमा भक्तपुर नगरमा पानीको निकै अभाव हुने भएकाले नगरकोटको पानीको स्रोत संरक्षणका लागि सरोकारवालाहरूबीच छलफल गरी पानीको अधिकत्तम उपयोग गर्न आवश्यक व्यवस्था गरिने छ । 
७५. मेलम्चीको पानी घरघरमा पु¥याउने उद्देश्यले वितरण प्रणालीलाई थप व्यवस्थित गर्ने र नयाँ क्षेत्रहरूमा पनि क्रमशः पाइप लाइनको विस्तार गरिने छ ।
७६. नगरबासी व्यक्ति र समुदायलाई आकासे पानी संकलन कार्यमा प्रोत्साहित गरिनेछ ।
७७. भूमिगत पानी डीप बोरिङ गर्ने कार्यलाई नियन्त्रित र व्यवस्थित गरिनेछ । साथै जमिनमुनि पानी पुनर्भरण कार्यलाई प्रोत्साहित गरिनेछ ।
ज) खेलकुद ः
७८. खेलकुदलाई नागरिक जीवनको एक अभिन्न अंगको रुपमा विकास गर्न युवा–विद्यार्थीहरूलाई खेलकुदमा सक्रिय बनाइने छ । हरेक वर्ष हुने विद्यालयस्तरीय खेलकुद प्रतियोगिता र अन्तर नगर खेलकुद प्रतियोगितालाई निरन्तरता दिइनेछ ।
७९. हाल भइरहेको विभिन्न खेलहरूको प्रशिक्षण कार्यलाई निरन्तरता दिँदै नयाँ खेलहरूको प्रशिक्षण प्रारम्भ गरिने छ ।
८०. विद्यालयहरूमा खेलकुद प्रशिक्षक नियुक्ति गरी विद्यालय स्तरदेखि नै व्यवस्थित खेलकुद तालिमको बन्दोबस्त गरिने छ ।
८१. शारीरिक व्यायाम (छिकोङ) को प्रशिक्षणलाई विद्यालय स्तरसम्म विस्तार गर्दै लगिने छ ।
८२. वर्षको उत्कृष्ट खेलाडी सम्मान कार्यक्रमलाई निरन्तरता दिइने छ ।
८३. सहिद स्मृति खेल मैदान र माहेश्वरी खेल मैदानलाई व्यवस्थित गर्न आवश्यक बजेट विनियोजन गरिने छ । 
८४. वडा वडामा रहेका खेलकुद समितिलाई सक्रिय बनाइने छ र अन्तर वडा खेलकुद प्रतियोगिताहरू आयोजना गर्नेलाई आवश्यक आर्थिक सहयोगको व्यवस्था गरिने छ ।
८५. टोल टोलमा राखिएका खुल्ला व्यायामशालाहरूको स्तरोन्नति गरिने छ र अन्य ठाउँहरूमा खुल्ला व्यायामशालाहरूको विस्तार गर्दै लगिने छ ।
८६. नगरका उपयुक्त पोखरीहरूमा युवाहरूलाई पौडी प्रशिक्षणको लागि आवश्यक व्यवस्था गरिने छ ।
८७. टोलटोलमा विभिन्न परम्परागत खेलकुद प्रतियोगिता गर्न उत्साहित गरिने छ र विद्यालयहरूका खेलकुद प्रशिक्षकहरूलाई आवश्यक प्रशिक्षण दिइने छ ।
झ) युवा र आत्मनिर्भरता ः
८८. युवाहरूलाई आत्मनिर्भर बनाउन सहुलियत ब्याज दरमा युवा उद्यमशीलता ऋण वितरणलाई निरन्तरता दिइने छ ।
८९. युवाहरूलाई सीपमूलक तालिमहरू फ्रिज, मोबाइल, वासिङ मेसिन, पानी तान्ने पम्पलगायतको मर्मतको प्रशिक्षण दिइने छ । हाल सञ्चालित डकर्मी, प्लम्बर, विद्युत, सिलाइ, कुक, हेयर कटिङ, बुटिकलगायतका तालिमलाई निरन्तरता दिइने छ ।
ञ) सहकारी ः
९०. सहकारी संस्थाहरूलाई प्रविधिसँग जोड्दै लगिने छ र त्यसको लागि आवश्यक तालिमहरूको व्यवस्था गरिने छ ।
९१. सहकारीहरूमा रहेको पुँजीलाई पर्यटन र उत्पादनमुखी कार्यमा लगानी गर्न प्रोत्साहित गरिनेछ ।
९२. ...

All Comments.......


Please Login/Register To Comments