ककनीमा भईरहेको उडव्यास एंव एडभान्स तालिम सम्पन्न
- Post Date 2024-06-21 06:16:35
असार
काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोग र नेपाल स्काउट बागमती प्रदेश स्थानीय स्काउट कार्यालय काठमाडौँद्वारा आयोजना गरेको शिक्षक शिक्षिकाहरूको ६ रात ७ दिनको उडव्याज एंव एडभान्स तालिम अन्तर्राष्ट्रिय तालिम केन्द्र ककनी नुवाकोटमा जेष्ठ ३० गतेदेखि असार ४ गतेसम्म सञ्चालन भइरहेको तालिम असार ४ गते समापन भएको छ।
कार्यक्रमका सभाध्यक्ष मुना लामा र प्रमुख अतिथि नेपाल स्काउटका राष्ट्रिय प्रमुख आयुक्त महेन्द्रराज रन्जित रहेको थियो।भने उहाँले तालिममा उपस्थित हुनुभएका सम्पूर्ण प्रक्षार्थीहरूलाई वेडेन पावेलका गहकिला भनाइहरू राख्दै तालिम पछि पनि निरन्तरता दिई आफूहरु अगाडि बढ्न आग्रह समेत गरेका थिए। स्काउट सञ्चालन गर्ने सम्बन्धमा काठमाडौँ महानगरपालिकामा कुनै किसिमको समस्या परेमा यस तालिमका कोष लिडरहरु र काउन्सिलर स्काउटरहरू आफूहरूको साथमा रहेको जनाए। काठमाडौँ महानगरपालिकाभित्र एडभान्स जस्तो तालिम सञ्चालन गर्नको निम्ति दुई दिनभित्र सबै कुरा तयार गरी यो तालिम सञ्चालन गरेको देख्दा र सुन्दा आफूलाई एकदमै खुसी रहेको उहाँले बताए। तालिमको लागि दुई दिनभित्र तयार गरी तालिम सञ्चालन गरेकोमा तालिम टिमलाई धन्यवाद समेत दिए।
तालिम अवधिभर चौथो दिनमा काठमाडौँ महानगरपालिकाका शिक्षा प्रमुख गोविन्दप्रसाद शर्मा र सहरी योजना सदस्य शैलेन्द्र झाका साथ शिक्षा अधिकृतहरूको बाक्लो उपस्थिति रही तालिमको निरीक्षण समेत गरेको थियो। ४९ औँ गर्ल्स एडभान्सका कोर्ष लिडर राष्ट्रिय प्रशिक्षक अनिता मानन्धर र ५९ औँ व्यइज उड ब्याजका कोर्ष लिडर राष्ट्रिय प्रशिक्षक एवं राष्ट्रिय कार्यसमिति सदस्य आयुक्त शिव राम अर्याल रहेका छन् । भने उहाँहरूको नेतृत्वमा अझ टेवा पुर्याई तालिम भरि साथ र सहयोग गरिरहनुभएका राष्ट्रिय प्रशिक्षक लीला श्रेष्ठ कृष्ण चालिसे, सुरज खनाल रहेका छन्। एडभान्सका काउन्सिलरमा राष्ट्रिय प्रशिक्षक निर्मला शर्मा प्रभा महर्जन साथमा एडभान्सका गंगा चौलागाई,नबिना श्रेष्ठ रहेका छन्। भने व्यइज कोषका काउन्सिलरमा CALT का राम श्रेष्ठ सहदेव थापा विश्वनाथ बानिया जय प्रताप आले रवि प्रसाद परियार र ALT प्रमोद सिग्देल ,कृष्णप्रसाद शिवाकोटी रहेका छन्।
उडव्याज र एडभान्स तालिमको समापन कार्यक्रम भने राष्ट्रिय प्रशिक्षक लीला श्रेष्ठले कार्यक्रम सञ्चालन गरेको थियो। साथै कार्यक्रमका सभाध्यक्ष मुना लामाले कार्यक्रमलाई समापन गरेको थियो। कार्यक्रम मा उपस्थित रहेका र तालिमभरि प्रत्यक्ष र अप्रत्यक्ष रुपमा आफूहरुलाई साथ र सहयोग गरी तालिम सहज रुपमा अगाडि बढाउन सफल भएकोमा र तालिममा तालिम लिन आएका प्रशिक्षार्थीहरू लगायत सबैजनालाई धन्यवाद दिए।
All Comments.......
Please Login/Register To Comments