भक्तपुर । भक्तपुरको एभरेस्ट इगलिश स्कुलका एसईई २०८० का विद्यार्थीहरुले शुक्रबार स्कुल परिसरमा बृक्षारोपण गरेका छन् । २०८० सालमा एसईई दिई परीक्षाफलको प्रतिक्षामा रहेका विद्यार्थीहरुले बृक्षारोपण गरेका हुन् । 
स्कुलमा अध्ययन गरी पास भएर गएका पूर्व विद्यार्थीहरुसँंगको सम्वन्धलाई जोडिराख्ने उद्देश्यले बृक्षारोपण गरेको स्कुलले जनायो । साथै यसले स्कुलको वातावरणलाई स्वच्छ राख्ने विश्वासका साथ पनि कार्यक्रम गरेको जनाइयो । प्रत्येक वर्ष एसईई दिई पास भएर जाने विद्यार्थीले यसरी नै बृक्षारोपण गरेर जाने स्कुलले जनायो । 
कार्यक्रममा स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले विद्यालय र विद्यार्थीसँंगको सम्वन्धलाई जोडी राख्ने उद्देश्यले स्कुलले प्रत्येक वर्ष यस्तो कार्यक्रम निरन्तर कार्यक्रम गर्दै आएको बताए । उनले स्कुलको वातावरण स्वच्छ बनाउन सवैजना हातेमालो गरेर जानुपर्ने आवश्यकता पनि औंल्याए । 

...

All Comments.......


Please Login/Register To Comments