नविना श्रेष्ठ 

असार ७
नेपाल स्काउटको ७३औं स्थापना दिवस भव्यताका साथ सम्पन्न भएको छ, नेपाल स्काउटलाई आज यो स्थान सम्म ल्याईपूर्याउन योगदान गर्नुहुने समस्त Volunteers र Professionals सदस्यहरुमा हार्दिक नमन । आजको विश्वमा स्काउट अभियान आफ्नो पारम्परिक मूल्य र मान्यतालाई परिस्कृत रुपमा आत्मसात गर्दै निकै नयाँ नयाँ आयामहरुलाई अंगीकार गर्दै एउटा उत्कृष्ट युवा अभियानको रूपमा अघि बढीरहेको छ ।म यहाँ पुन स्मरण गराउन चाहान्छु स्काउट अभियान बालबालीका र युवाहरुलाई जीवन उपयोगी,व्यावहारिक, नैतिक र समय सापेक्ष अनौपचारिक शिक्षा सिकाई उनिहारूलाई Global Active Citizen बनाउने पबित्र उद्देश्य बोकेर सयौं बर्ष देखी अनवरत चलिरहेको अभियान हो । यस अभियानलाई बालबालिका र युवामुखी र परिणाममुखी बनाउन वयस्क Volunteers र Professionals ले मिलेर काम गर्न पर्दछ । वयस्कले आफ्नो उपलब्ध समयमा स्वयम्सेवी हिसाबले स्काउट बिभीन्न तहको नेतृत्वमा रहेर होस् वा इकाईमा रहेर अभियानको विकास विस्तारमा सहयोग गर्नु पर्दछ । यहीनै स्काउटिंग को भाषामा Adult In Scouting (AIS) हो । तर बिडम्बना नेपाल स्काउटको फितलो कानूनी छिद्रा र नेपालमा राजनीतिक पहुँचलाई दुरुपयोग गरी दुलोबाट पसी पद हत्याउन सफल केही नक्कली स्काउटहरु आफ्नो बिलासिताका लागी स्काउटको प्रयोग गर्न चेष्टा गरिरहेका छन् । स्काउटको नेतृत्व पदमा आउनु भनेको म अन्य Volunteers भन्दा अझ बढी योगदान दिन्छु भनेर commitment गर्नु हो, तर नेपाल स्काउटमा चाही पदमा आउनु भनेको आफ्ना व्यक्तिगत स्वार्थ सिद्ध गर्न, Professionals स्काउट हरूलाई नोकर बनाई आफुलाई मालिकको आभास गर्न र सकेसम्म स्काउटका श्रोतहरूको दुरुपयोग गरी सुबिधाभोग गर्न जस्तो देखीएको छ । जुन स्काउट मूल्य मान्यता र स्वयम्सेवाको सामान्य सिद्धान्तको बर्खीलाप छ । आजको स्काउट अभियानलाई परिणाममुखी बनाउन Volunteers र Professionals सदस्यहरूको उत्तिकै योगदान हुनुपर्दछ । एकले अर्काको योगदानको कदर गर्दै अभियानको विकास र विस्तारको लागी, युवा तथा बालबालिकाको हितका लागी निःस्वार्थ भई काम गर्नु पर्दछ यही नै संसार भरि करीब आठ करोड भन्दा बढी मानिसले गरिरहेको स्काउटिंग हो । Professional Staff लाई अपमान गर्ने, आफ्नो घर वा व्यवसायको नोकर जस्तो सोच राख्ने र सोही अनुरूप व्यवहार गर्ने मानिस स्काउट हुन सक्दैन । स्काउटलाई profession बनाउने NHQ वा Province Office कर्मचारी हरु तलब खाएकै कारणले दोश्रो दर्जाका स्काउट हुदैनन्, हामीहरुमा पनी स्काउटको Passion छ, संस्थाप्रति माया छ । हाम्रा कर्मचारीहरु अत्यन्त न्यून सेवा सुबिधाका बाबजूद पनी समय, स्वास्थ्य, परिवार र व्यक्तिगत स्वार्थ भन्दा माथी उठेर योगदान गरिरहेका छन् त्यो पनी ३६५ दिन नै । यसरि अहोरात्र काम गर्ने Professionals को अवमूल्यन र अपमान किमार्थ स्वीकार्य हुदैन । सही भए संस्थाको Volunteers नेतृत्वलाई जस, केही कमजोरी भए Professionals माथी आरोप । Professionals भएकै कारण कुनै सम्मानको लायक नहुने यो कस्तो नीच मानसिकता हो ? स्काउटले सम्मान सिकाउछ, अपमान होइन ! स्काउटले सेवा सिकाउछ, स्वार्थ होइन । म फेरी पनी भन्छु, नेपाल स्काउट बन्छ भने Volunteers ले Volunteers को सच्चा दायित्व बोध गरी सोही अनुसार कार्यगरेर अनी Professionals ले Professionals हुनुको कर्तव्यबोध गरी सोही अनुसार कार्यगरेर बन्छ । Volunteers ले Professionals को सम्मान र Professionals ले Volunteers को सम्मान गरी बालबालिका तथा युवाहरुको लागी समयसापेक्ष स्काउटिंग प्रदान गर्नु नै स्काउट अभियानमा सक्रिय Adults हरुको धर्म हो र यही नै Adults In Scouting हो । अन्यथा सोच्ने गर्ने हरुकोलागी स्काउटिंग अभियान उपयुक्त स्थान होइन यहाँले जबरजस्ती हत्याएको पद छोडेर जानु नै सबै भन्दा उत्तम विकल्प हो । जजसले गलत गरिरहीनु भएको छ, म म भनेर सुध्रीने कोशिस गर्नुहोस्, सुध्रीन सक्नुहुन्न भने सच्चा स्काउटलाई स्थान खाली गरीदिनुहोस् पद ओगटेर नबसीदिनुहोस् । त्यसले त्यो पद संगसंगै संस्थाको नै अपमान गरीरहेको हुन्छ । स्काउट अभियान सेवा र स्वयमसेवा गर्ने पवित्र थलो हो, स्वयमसेवाका नाममा पदको दुरुपयोग गरी हाकिम पल्टीने र सुबिधाभोग गर्ने ठाँउ होइन । मेरा यी धारणा नेपाल स्काउटको निर्देशकको रूपमा नभई २० बर्ष भन्दा लामो स्काउट अनुभवबाट आएको व्यक्तिगत धारणा हो । यसबाट कसैलाई असर पर्न गएमा, मैले व्यक्त गरेका धारणा सार्थक भएको मान्नेछु ।शुभकामना ! यति लामो आफ्ना भनाइहरू लेखी सामाजिक सञ्जालमा पोस्ट गरेको हामीले भेटाएपछि यसलाई अझ सामाजिक सञ्जालबाट फराकिलो बनाएको मात्रै हो। हिजो स्काउट दिवसको अवसरमा कार्यक्रम पछि उहाँले सामाजिक सञ्जालमा यी गहकिला भनाइहरू पोस्ट गरेको हामीले भेटाएका हौँ।
...

All Comments.......


Please Login/Register To Comments