काठमाडौं, असार ८
ग्रील  तथा स्टील ब्यवसायी सघ काठमाडौ पूर्वी क्षेत्रीय समितिले जनस्वास्थ कार्यालय काठमाडौको सहयोगमा शनिबार काठमाडौंमा ग्रील ब्यवसायमा काम गर्ने कर्मचारिहरुको स्वास्थ परिक्षण सम्पन्न गरेको छ । काठमाडौ जिल्ला अध्यक्ष सुनिल अमात्यले कार्यक्रमको उद्घाटन गर्दै ग्रील ब्यवसाय अन्य ब्यवसाय भन्दा जोखिम ब्यवसाय भएकोले यस किसिमको स्वास्थ शिबिरले स्वयम ब्यवसायी र कर्मचारिहरुलाई   राहत मिल्ने बताए । उनले ग्रील तथा स्टील ब्यवसायी सघ काठमाडौले  जिल्लाब्यापी रुपमा ब्यवसायी र कर्मचारीलाई प्रत्यक्ष लाभ पुग्ने कामहरु गर्दै जाने बताए । 
कार्यक्रमका सभापति एवम पूर्बी क्षेत्रीय अध्यक्ष बिष्णु श्रेष्ठले सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै  पहिलो पटक यति धेरै किस्किमको रोगको परिक्षण गरिएको स्वास्थ शिबिर उपलब्ध गराउने जनस्वास्थ कार्यालय काठमाडौलाई हार्दिक धन्यवाद दिए । उनले आजको स्वास्थ परिक्षणबाट धेरै भन्दा धेरैले लाभ लिने बिस्वास ब्यक्त गरे । 
पूर्बी क्षेत्रीय समितिले आफ्नो क्षेत्रभित्र रहेका ग्रील तथा स्टील ब्यवसायी र कर्मचारीहरुको हकहितका लागि थप आकर्षक कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्दै जाने अध्यक्ष श्रेष्ठले बताए । काठमाडौका १४ वटै इकाइबाट सहभागिता जनाइएको उक्त शिबिरमा कपन इकाई समितिका अध्यक्ष भेसबहादुर श्रेष्ठले बिगत केही बर्ष यता ग्रील ब्यवसायमा ब्यवसायजन्य स्वास्थ्य तथा सुरक्षा सम्बन्धी  ज्ञानको कमिका कारण धेरै जनाले ज्यान गुमाएका र धेरैको अङभङ भएको हुदा यस किसिमको शिबिरहरु तल्लो लेभलसम्म सम्म गर्न आग्रह गरे । 
एक सय २५ जनाले स्वास्थ परिक्षण गराएको शिबिरमा आफ्नो स्वास्थ परिक्षण गराउदै नेपाल घरेलु तथा साना उद्योेग  महासघका बस्तुगत उपाध्यक्ष  मोहन कटुवालले एकै ठाउमा आँखा, कान, छाला , प्रेसर सुगरको परिक्षण गरी निशुल्क रुपमा औषधि समेत बितरण गरिएको यस्ता किसिममा कार्यक्रमहरुले स्वरोजगर ब्यवसायी र कर्मचारीहरुलाई ठुलो राहत मिल्ने भएको हुदा अन्य क्षेत्र समिति ,इकाई समिति र जिल्लाहरुलाई पनि यस किसिमको कार्यक्रमहरु उपलब्ध गराउन आफुले घरेलु महासघ मार्फत पहल गर्ने बताए । धुलिखेल अस्पताल, तिलगगा आँखा अस्पताल र जनस्वास्थ कार्यालयबाट आएका चिकित्सकको टोलिले स्वास्थ्य परिक्षण गरेका थिए ।
...

All Comments.......


Please Login/Register To Comments