चाँगुनारायण नगरपालिका, 
खरिपाटी, भक्तपुर
बागमती प्रदेश, नेपाल
१० असार २०८१ 
ूकृषि, पर्यटन र सामाजिक पूर्वाधारः समृद्ध चाँगुनारायणको मूल आधारू
चाँगुनारायण नगरपालिकाको आज मिति २०८१ असार १० गते शुभारम्भ भएको नगरसभाको पन्ध्रौं अधिवेशनको पहिलो बैठकमा उपस्थित
नगर उपप्रमुखज्यू,
नगरसभा सदस्यज्यूहरु, 
नगर सभाका सचिवज्यू,  सल्लाहकारज्यू,  राष्ट्रसेवक कर्मचारी तथा सञ्चारकर्मी मित्रहरु, 
नगरसभाको १५ औँ अधिवेशनमा यहाँहरुलाई नमस्कार एवं हार्दिक स्वागत गर्दछु ।
यस अवसरमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापना लगायत नेपालको राजनीतिक परिवर्तनको आन्दोलनका विभिन्न कालखण्डमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने ज्ञात( अज्ञात शहीदहरुप्रति भावपूर्ण श्रद्दाञ्जली अर्पण गर्दछु । लोकतन्त्र र सामजिक न्याय प्राप्तिको अन्दोलनको अगुवाइ गर्नुहुने अग्रजहरुप्रति उच्चसम्मान व्यक्त गर्दछु । नेपालको लोकतान्त्रिक संघीय शासन प्रणाली स्थापनाका साथै स्थानीय सरकारको सबलता एवं सुदृढीकरणका लागि योगदान पुर्‍याउनुहुने सम्पूर्ण महानुभावहरुमा सम्मान व्यक्त गर्दछु।  
नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र अन्तर सरकारी वित्त व्यवस्थापन ऐन तथा नेपाल सरकारले लिएका विकासका राष्ट्रिय नीति, उद्देश्य एवं आवश्यकताको सम्बोधनका लागि संविधान तथा कानून बमोजिम स्थानीय तहको अधिकारक्षेत्र तथा जिम्मेवारी साथै चाँगुनारायण नगरबासीहरुको चाहना, आवश्यकता, अपेक्षा र प्राथमिकतालाई ध्यानमा राखी चाँगुनारायण नगरपालिकाको समुन्नत विकासमा केन्द्रित रही निर्वाचित भएको तेस्रो वर्षको रुपमा आ।व। २०८१र०८२ को नीति तथा कार्यक्रम यहाँहरु समक्ष पस्किन पाउँदा हामीलाई गौरवको अनुभूति भएको छ । यस नीति र कार्यक्रमले नगरबासीको अनुहारमा खुशी र हाँसो ल्याउने विश्‍वास गरेको छु । 
सबल स्थानीय सरकारः समुन्‍नत गाउँ, समुन्‍नत नगरू भन्‍ने नारा र चाँगुनारायण नगरपालिकाको दीर्घकालीन सोच ूकृषि, पर्यटन र सामाजिक पूर्वाधारः समृद्ध चाँगुनारायणको मूल आधारू लाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न, उपलब्ध श्रोतरसाधनको उच्चतम् प्रयोग र उपयोग, दिगो विकासका समग्र लक्ष्यहरुको सम्बोधन, सुशासन प्रबर्द्धन, वित्तीय अनुशासन तथा पारदर्शिताकासाथ यस नगरपालिकाको प्रथम पञ्चवर्षीय आवधिक योजना तथा मध्यकालीन खर्च संरचनाबाट निर्धारण गरिएका प्राथमिकताका क्षेत्र, गौरवका आयोजना र रुपान्तरणकारी योजना तथा कार्यक्रमहरुलाई क्रमशः कार्यान्वयन गर्ने गरी वार्षिक बजेट तथा कार्यक्रम तर्जूमा गरी कार्यान्वयनमा ल्याउने नीति अवलम्बन गरिनेछ ।
आ।व। २०८१र०८२ का लागि निर्धारण गरिएका प्रमुख नीतिहरु देहाय अनुसार रहेको छन्स्
१। दिगो विकासका लक्ष्यहरुलाई स्थानीयकरण गरी प्राथमिकताका आधारमा अन्तर तह, क्षेत्रगत तथा विषयगत कार्यक्रम बीच समन्वय कायम गरिनेछ ।
२। संघ र प्रदेशबाट विनियोजन हुने योजनाहरुमा दोहोरो नपर्ने गरी विकास निर्माणका कार्यहरुलाई सहभागितामूलक, गुणस्तरीय, कम खर्चिलो र वातावरणमैत्री हुनेगरी योजना तथा कार्यक्रमहरु सञ्चालन गर्ने नीति लिईनेछ । 
३। सार्वजनिक स्थानहरुमा धुम्रपान, मद्यपान र लागु औषध प्रयोगलाई पुर्ण बन्देज लगाइनेछ साथै जङ्क फुड निरुत्साहित गरिनेछ ।
४। नेपाल विद्युत प्राधिकरण नेपाल टेलिकम एवं इन्टरनेट सेवा प्रदायक संस्थासँग सहकार्य गरी अव्यवस्थित पोल एवं तारहरुको उचित व्यवस्थापन गरिनेछ ।
५। अन्य स्थानीय तहका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ(संस्थाहरुसँग भगिनी सम्बन्ध स्थापना गरी आर्थिक, सामाजिक, सांस्कृतिक एवं वातावरणीय क्षेत्रमा पारस्परिक सहयोग आदानप्रदानको वातावरण तयार गरिनेछ ।
६। नगरकोट भ्रमण वर्ष २०८२ लाई प्रभावकारी बनाउनको लागि स्रोत र साधनको उचित व्यवस्थापन गरिनेछ ।
७। बालमैत्री नगर घोषणा भएको उपत्यकाको पहिलो नगरको रुपमा पहिचान कायम गर्न सफल यस नगरपालिकामा बालमैत्री गतिविधिको दिगोपना र समय सापेक्ष बनाउन स्रोत साधनको उचित प्रबन्ध मिलाईनेछ ।
८। आर्थिक र सामाजिक महत्व बोकेको पूर्वाधार क्षेत्रको विकासमा विशेष जोड दिई नगरवासीको जीवनयापन सहज बनाईनेछ ।
९। दक्ष, प्रतिस्पर्धी, उत्पादनशील र सीपयुक्त जनशक्ति उत्पादनको लागि प्रविधिमैत्री शैक्षिक संस्थाहरुको विकास गरिनुका साथै विशेषज्ञ स्वास्थ्य सेवालाई सरल र पहुँचयोग्य वनाउने नीति लिईनेछ । 
१०। नगरवासीको जीवनस्तर सुधारको लागि कृषि र पशु क्षेत्रको विकासको साथै अन्य आर्थिक क्षेत्रको गतिशीलतामा जोड दिईनेछ ।
११। चाँगुनारायण क्षेत्र भित्र रहेका घाटहरुमा निःशुल्क रुपमा दाउरा व्यवस्थापन गरिनेछ ।
अन्य क्षेत्रगत नीतिहरुलाई क्रमशः निम्न बमोजिम प्रस्तुत गर्दछुः
१। सुशासन, संस्थागत क्षमता विकास तथा सार्वजनिक सेवा प्रवाह 
क। प्रशासन तथा सार्वजनिक सेवा 
१। सेवा प्रवाह गर्ने नगरपालिकाको कार्यालय, वडा कार्यालय र विषयगत शाखाहरुमा आवश्यक श्रोतरसाधनको व्यवस्था गरी नवीन प्रविधिको उपयोग गर्दै सार्वजनिक सेवालाई थप सहज, सरल, पारदर्शी र सेवामुखी बनाउँदै लैजाने नीति लिईनेछ ।
२। नगरपालिकाका महत्वपूर्ण निर्णय, सूचनाहरुलाई नगरपालिकाको आधिकारिक वेबसाइटमार्फत् सार्वजनिक गरिनेछ र चौमासिक रुपमा सार्वजनिक सुनुवाई, सामाजिक परीक्षणजस्ता औजारहरुको अभ्यासलाई सार्वजनिक जवाफदेहिता अभिबृद्धिका लागि तेस्रो पक्षको सहभागितामा प्रयोग गरिनेछ । 
३। नगर प्रमुखसँग प्रमुख प्रशासकीय अधिकृतले, प्रमुख प्रशासकीय अधिकृतसँग शाखा प्रमुखले कार्यसम्पादन करार गरी नतिजामा आधारित सेवा प्रवाहमा जोड दिईनेछ ।
४। नगरपालिकाको संगठन तथा व्यवस्थापन प्रतिवेदन स्वीकृत गरी गराई सोही अनुसार जनशक्ति व्यवस्थापन गरिदैं लगिनेछ । नगरपालिकाभित्रका उत्कृष्ट सामाजिक संघ(संस्था, समाजसेवी, करदाता, पत्रकारिता, साहित्य सङ्गीत, साना(घरेलु तथा लघु उद्योगहरु, उपभोक्ता समिति, कृषक, कर्मचारी, शिक्षकजस्ता क्षेत्रहरुलाई सम्मान तथा पुरस्कारसहित उत्प्रेरणामूलक नीति अवलम्बन गरिनेछ ।
५। जनशक्तिलाई समयानुकूल सक्षम बनाउन विषयगत रुपमा क्षमता विकासका कार्यक्रमहरु सञ्‍चालन गरिनेछ ।
६। चाँगुनारायण नगरपालिकाको आन्तरिक नियन्त्रण प्रणालीको प्रभावकारिताको मूल्याकंन गरी क्रमशः सुधार गर्दै लगिनेछ ।
७। कर्मचारीहरुलाई कार्यस्थलमा उच्च मनोबलका साथ कार्यसम्पादन गर्ने वातावरण सृजना गरिनेछ ।
८। आर्थिक पारदर्शिता र वित्तीय अनुशासनलाई कडाईका साथ पालना गर्दै बेरुजू नियन्त्रण ९नियमित गर्ने, असूल उपर गर्नेसमेत० लाई प्राथमिकतामा राखिनेछ ।
९। भष्ट्राचारविरुद्ध शून्य सहनशीलताको नीति लिईनेछ साथै सेवा प्रवाह र सुशासनका सन्दर्भमा सोधपुछ केन्द्र ९ऋबिि ऋभलतचभ० स्थापना र सञ्चालनका लागि आवश्यक बजेटको व्यवस्था गरिनेछ ।
१०। नेपाल सरकार र स्थानीय तहका नाममा रहेका जग्गा जमिन,  भवन, सवारी साधन लागयतका भौतिक सम्पत्तिको एकीकृत विवरणलाई अभिलेखीकरण तथा संरक्षण गरिनेछ । सार्वजनिक एवं सरकारी जग्गाको पहिचान गरी सीमांकन र संरक्षण 
गरिनेछ ।
११। प्रविधिको उपयोगबाट सेवा प्रवाहलाई प्रभावकारी बनाउन नगरपालिकामा नियन्त्रण कक्ष रहने गरी वडा कार्यालय, विद्यालय, स्वास्थ्य चौकीहरुमा समेत विद्युतीय हाजिरी सञ्चालनमा ल्याईनेछ ।
१२। सेवा प्रवाहलाई विकेन्द्रित गर्न वडा कार्यालयको संस्थागत क्षमता बृद्धि गरी आधारभूत सेवाहरु सम्बन्धित वडाबाट प्रदान गरिने सेवालाई प्रभावकारी 
बनाइनेछ ।
ख। उपभोक्ता हित तथा बजार अनुगमन 
१। उपभोक्तालाई प्राप्त संवैधानिक अधिकारको संरक्षणका लागि न्यायिक उपचार प्रदान गर्ने र उपभोक्तालाई हुन सक्ने हानी, नोक्सानी तथा क्षतिपूर्ति उपलव्ध गराउने नीति लिईनेछ ।
२। बजार अनुगमन व्यवस्थित र नियमित रुपमा गर्ने व्यवस्था मिलाई कैफियत पाईएमा प्रचलित कानून बमोजिम कारवाहीको सुनिश्‍चित गरिनेछ ।
३। उपभोक्ता हित संरक्षण सम्बन्धी सचेतना, पैरवी लगायतका क्रियाकलापहरु आयोजना गरिनेछ । त्यस्ता कार्यक्रम आयोजना गर्दा सरोकारवाला तथा अन्य निकायसँग समन्वय गरिनेछ ।
४। उपभोक्ता हित संरक्षण सम्बन्धी जनचेतना अभिबृद्धि गर्ने उद्देश्यले प्रचारप्रसार सामग्री प्रकाशन गरी वितरण गरिनेछ ।

२। कानून, न्याय तथा न्यायिक समिति
१। स्थानीय सरकारको न्यायिक समितिलाई संविधानको मर्म अनुरुप स्वच्छ, पारदर्शी र अधिकार सम्पन्‍न बनाईनेछ ।
२। न्यायिक कार्यसम्पादनलाई विश्‍वसनीय, प्रभावकारी र जवाफदेही बनाउन छिटोछरितो र प्रविधिमैत्री सेवा सुचारु गरिनेछ ।
३। स्थानीयस्तरमा नै विवाद समाधानका लागि वडातहमा मेलमिलाप केन्द्रको संयन्त्र तयार गरी वडा तहमा कानूनी सचेतनाका कार्यक्रम सञ्चालन गरिनेछ ।
४। जनप्रतिनिधि तथा कर्मचारी एवं विभिन्न लक्षित समुदायबीच कानूनी साक्षरता, न्यायिक समितिको काम तथा उतरदायित्व, मेलमिलापका विषय एवं आवश्यकताका आधारमा क्षमता अभिबृद्धि तालिम तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिनेछ ।
५। स्थानीय तहमा कानून तर्जूमा र कार्यान्वयन गर्दा मानवअधिकार संरक्षण, संबर्धन  र विकासलाई प्राथमिकता दिईनेछ ।

३। सामाजिक विकास
क। शिक्षा, युवा तथा खेलकूद 
“व्यवहारिक, र प्राविधिक शिक्षाको लहरः ज्ञान र सीपले जगमग चाँगु नगर”
१। प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको अनिवार्य तथा निःशूल्क शिक्षामा सबैको सहज एवं समतामूलक पहुँच र निरन्तरता सुनिश्‍चित गर्दै 
लगिनेछ ।
२। विद्यालय शिक्षालाई नैतिक मूल्य ( मान्यतामा आधारित व्यवहारिक शिक्षामा जोड दिईनेछ । 
३। विद्यालय अनुगमन कार्यलाई थप प्रभावकारी बनाउँदै ई( हाजिरीलाई समेत अनिवार्य गरिनेछ ।
४। युवा प्रतिभा खोजीका विविध कार्यक्रम सञ्चालनका साथै खेलकूद विकासका निम्ति नगर तथा वडास्तरीय खेलकूद प्रतियोगिता एवं खेलकूद सहायता कार्यक्रमलाई निरन्‍तरता दिईनेछ । नागरिकको शारीरिक तथा मानसिक स्वास्थ्यलाई ध्यानमा राखी खुला व्यायमशाला निर्माण गरिनेछ ।
५।  विद्यालयहरुको शैक्षिक गुरुयोजना निर्माण गरिनेछ । स्थानीय ज्ञान, सीप र विषयवस्तुका साथै नैतिक शिक्षालाई प्राथमिकतामा राखी स्थानीय पाठ्यक्रमको सन्दर्भ सामग्री विकास गरिनेछ ।
६। शिक्षाको माध्यमबाट दक्ष जनशक्‍ति उत्पादनका निम्ति जेहेन्दार विद्यार्थी छात्रवृत्ति कार्यक्रम र शैक्षिक क्यालेण्डर निर्माण एवं एकीकृत शैक्षिक कार्यक्रमलाई निरन्तरता दिईनेछ । दिवा खाजा कार्यक्रमलाई क्रमिक रुपमा व्यवस्थित गर्दै लगिनेछ । विद्यालयका छात्राहरुका लागि गुणस्तरीय सेनिटरी प्याड उपलब्ध गराईनेछ ।
७।  छात्रवृत्ति वितरण प्रक्रियामा समतामूलक पहुँच अभिबृद्धि हुनेगरी बचत खाता छोरीको सुरक्षा जीवन भरिको कार्यक्रमलाई परिमार्जन एवं परिष्कृत गर्दै सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई सिकाइमा उत्प्रेरित गरिनेछ ।
८। एक वडा एक सामुदायिक सिकाई केन्द्र स्थापना तथा सामुदायिक विद्यालयहरुमा ई(पुस्तकालय सञ्‍चालनका साथै अनुशासित एवं बफादार युवा जनशक्ति उत्पादनका लागि नगर स्काउट प्रवर्द्धनका कार्यक्रमहरु सञ्‍चालन गरिनेछ ।
९। स्वअध्ययनको विकास हरेक समस्याको निकास भन्‍ने मूल नाराका साथ नगरस्तरीय पुस्तकालय स्थापना गरिनेछ ।
१०। उच्च शिक्षाका लागि विदेशीने प्रवृत्ति अन्त्य गर्न चाँगुनारायण बहुमूखी क्याम्पस स्थापनाको लागि विस्तृत परियोजना प्रतिवेदन तयार भईसकेकोले सञ्‍चालनका लागि बहुवर्षीय योजना कार्यान्वयन गरिनेछ ।
ख। स्वास्थ्य तथा आयुर्वेद
ूगुणस्तरीय आधारभूत स्वास्थ्य सेवाः हाम्रो सामूहिक प्रयासले पुर्‍याउनेछ टेवाू
१। नगरपालिका क्षेत्रभित्र प्रदान गरिने स्वास्थ्य सेवाको गुणस्तर नियमन र प्रभावकारी अनुगमन गर्न संस्थागत व्यवस्था मिलाई नगरबासीहरुलाई उपलब्ध गराउँदै आएको निःशूल्क रगत र कमजोर आर्थिक अवस्था भएका व्यक्तिलाई निःशूल्क स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिईनेछ । घर दैलो नर्सिङ सेवालाई थप प्रभावकारी बनाईनेछ ।
२। कोभिड(१९, डेँगुजस्ता महामारीजन्य रोगबाट पीडितरप्रभावितहरुको जाँचरपहिचान, उपचार तथा अन्य सहयोगको लागि एक महामारी नियन्त्रण कोषको गठन गरिनेछ ।
३। महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई उचित प्रोत्साहन तथा समयसापेक्ष आधारभूत सीप, तालिम, प्रदान गर्ने एवं सहयोगको व्यवस्था मिलाईनेछ । 
४। मातृशिशु मृत्युदर न्यून पार्नका लागि महिनाको एकपटक निःशूल्क दक्ष स्वास्थ्यकर्मीबाट घुम्ती अल्ट्रा सोनोग्राफी सेवा सञ्चालन गरिनेछ भने श्भचय ज्यmभ म्भष्खिभचथ सुनिश्चित गरिनेछ ।
५। पाठेघर, स्तन क्यान्सर, मोतिबिन्दु पीडितलाई सम्बन्धित विशेषज्ञरसंस्थार निकायको सहयोग र सहकार्यमा निःशूल्क परीक्षण शिविर सञ्चालन गरिनेछ । साथै यस नगरपालिकाका ४० देखि ६० वर्षसम्मका सम्पूर्ण महिलाहरुको निःशूल्क स्तन क्यान्सर पहिचानका लागि म्यामोग्राम गर्ने व्यवस्था मिलाईनेछ ।
६। चाँगुनारायण अस्पताल, स्वास्थ्य चौकी र शहरी स्वास्थ्य केन्द्रहरूको  भौतिक पूर्वाधार सुधार तथा स्थापना भएका आधारभूत प्रयोगशालाहरुको सेवालाई थप सहज बनाईनेछ ।
७। चाँगुनारायण अस्पतालमा अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकहरुलाई निःशूल्क बहिरङ्ग सेवा दिईनेछ साथै ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निमोनिया विरुद्धको खोप दिने व्यवस्था मिलाईनेछ ।
८। ज्येष्ठ नागरिकसँगै वडा अध्यक्ष कार्यक्रम तथा अशक्त, ज्येष्ठ र पूर्ण अपाङ्ग नागरिकको सम्मान  कार्यक्रम अन्तर्गत घरमै ज्येष्ठ नागरिकको स्वास्थ्य उपचारको व्यवस्था मिलाईनेछ । साथै नियमित रुपमा प्रयोग गर्ने औषधि उपलब्ध हुने व्यवस्था मिलाईनेछ ।
९। कडा खालका ८ वटा रोगमा नगरबाट रु। १०,०००र( दश हजार आर्थिक सहयोग उपलब्ध गराउने व्यवस्थालाई निरन्तरता दिईनेछ ।
१०। चाँगुनारायण अस्पतालको डि।पि।आर। अनुसारको भवन बनाई व्यवस्थित प्रयोगशाला र विषशेज्ञसहितको सेवालाई क्रमशः बिस्तार गर्दै लगिनेछ ।  
११। मेरो स्वास्थ्य,मेरो जिम्मेवारी भन्ने सन्देशका साथ स्वस्थ जीवनशैली, आहारविहार र योग शिक्षा ज्येष्ठ नागरिक लक्षित स्वास्थ्य प्रवर्धनात्मक कार्यक्रमलाई निरन्तरता दिई प्रभावकारी बनाईनेछ ।
ग। बालमैत्री 
ूबालमैत्री स्थानीय शासनको दिगोपनाः समतामूलक र समावेशी चाँगुनारायणू
१। मानव अधिकार प्रवर्द्धन, सामाजिक, आर्थिक रुपमा पिछडिएका एवं असहाय, अशक्त र हिंसा प्रभावित व्यक्तिहरुलाई जनचेतनामूलक कार्यक्रमका साथै सीप तथा क्षमता विकासका माध्यमबाट आत्मनिर्भर बन्‍न सहयोग गरिनेछ ।
२। समान सहभागिता, सशक्तिकरण एवं समावेशीकरणलाई प्रमुख औजारका रुपमा प्रयोग गरिनेछ ।
३। चाँगुनारायण नगरपालिकालाई सडक मानवरहित बनाईनेछ ।
४। नगर तथा वडामा बालमैत्री सिकाई केन्द्र तथा बाल उद्यानको विकास बिस्तारमा जोड दिईनेछ ।
घ। महिला तथा लैङ्गिक अल्पसंख्यक
१। लैङ्गिक समानताका र समतामूलक समाजको निर्माणका लागि आयमूलक, टेवामूलक, सेवामूलक र सचेतनामूलक कार्यक्रम, सामाजिक मनोपरामर्शका लागि आवश्यक कार्यक्रमरतालिम तथा सेवा उपलब्ध गराईनेछ ।
२। उपप्रमुखसँग उद्यमशीलता कार्यक्रम अन्तर्गत महिला लक्षित कार्यक्रमलाई लक्षित वर्गसम्म पुर्‍याउन प्रभावकारी रुपमा सञ्चालन गरिनेछ ।
३। लैङ्गिक हिंसारविभेद, घरेलु हिंसा नियन्त्रणका लागि आवश्यक कोषको परिचालन गरिनेछ ।
४। एकल महिलाहरुको सामाजिक संरक्षण, सशक्तिकरण र क्षमता विकास गर्दै विकासको मूल प्रवाहमा परिचालन गर्न आवश्यक कार्यक्रम सञ्‍चालन गरिनेछ ।
५। लैङ्गिक अल्पसंख्यकहरुको पहिचान एवं सामाजिक सशक्तिकरणका लागि आवश्यक कार्यक्रम सञ्चालन गरिनेछ ।
अ। बालबालिका
१। बालमैत्री नगरपालिकाको दिगोपनाको लागि वडास्तरीय लगानी योजना, रणनीतिक योजना र नगरको आवधिक लगानी योजना बमोजिमका कार्यक्रमलाई प्राथमिकीकरण गरी कार्यान्वयन गरिनेछ ।
२। नगरपालिकाका पूर्वाधार लगायतका संरचनाहरु बालमैत्री बनाउन पर्याप्त ध्यान दिइनेछ ।
३। अनाथ, असहाय, अभिभावकविहीन बालबालिकाको संरक्षण शिक्षा स्वास्थ्यको लागि आवश्यक प्रवन्ध गरिनेछ । 
आ। ज्येष्ठ नागरिक
१। ज्येष्ठ नागरिक मिलन चौतारीको विस्तार एवं व्यवस्थापन गरी जनघनत्वका आधारमा मिलन चौतारीको थप बिस्तार गर्नुका साथै दिवा सेवा केन्द्र स्थापनाका लागि आवश्यक व्यवस्था मिलाईनेछ । 
२। ज्येष्ठ नागरिकमा रहेको ज्ञान, सीप दक्षतालाई पुस्तान्तरणरहस्तान्तरणका लागि आवश्यक कार्यक्रम सञ्चालनको व्यवस्था मिलाईनेछ । जेष्ठनागरिकको उच्च सामाजिकीकरणको लागि स्वस्थ बुढ्यौली कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गरिनेछ ।
इ। अपाङ्गता भएका व्यक्ति
१। अपाङ्गता भएका व्यक्तिहरुका लागि खेलकुद, निशुल्क स्वास्थ्य उपचार, स्वास्थ्य परीक्षण, दिवा सेवा केन्द्रको सञ्चालन मार्फत क्षमता विकास र आर्थिकरसामाजिक सशक्तिकरणका कार्यक्रममा जोड दिईनेछ ।
२। अपाङ्गता परिचय पत्र प्रदान गर्ने क्रममा पूर्ण अशक्त व्यक्तिहरुको घरमा नै गई स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइनेछ ।
ई। आदिवासी जनजाति
१। आदिवासी जनजातिको परमरागत लिपि, भाषा, संस्कार, भेषभूषा, बाजागाजा एवं संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि कार्यक्रम सञ्चालन गरिनेछ ।
२। आदिवासी जनजातिको संस्कार संरक्षण तथा परम्परागत कलारसीपलाई प्रविधिको प्रयोगमार्फत् व्यवसायिक बनाई उद्यमशीलता प्रबर्द्धनमा आवश्यक सहयोग पुर्‍याउने नीति लिइनेछ । 
उ। सामुदायिक एवं गैरसरकारी संघ(संस्था परिचालन
१। सामाजिक संघ(संस्थालाई नगरपालिकाको आवश्यकता र प्राथमिकताको आधारमा परिचालन गरिनेछ ।
२। टोल विकास संस्था, खानेपानी तथा सरसफाई उपभोक्ता समिति एवं अन्य सामुदायिक संघ(संस्थाहरुको दर्ता, सूचीकरण, नियमन एवं अभिलेख व्यवस्थापन गरिनेछ ।
ऊ। सामाजिक सुरक्षा एवं पञ्जीकरण 
१। सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरुको नयाँ दर्ता तथा नवीकरणका लागि बायोमेट्रिक भेरिफिकेशनका साथै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गर्न सहजीकरण गरिनेछ र सोही आधारमा सामाजिक सुरक्षा भत्ता उपलब्ध हुने व्यवस्था मिलाईनेछ । 
२। भ्ँत् मार्फत सामाजिक सुरक्षा भत्ता लाभग्राहीको खातामा सिधै भुक्तानी गरिनेछ । व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा भत्तासम्बन्धी जनचेतनामूलक प्रचार(प्रसारका कार्यक्रम गरिनेछ । 
३। जनप्रतिनिधि, सरोकारवाला व्यक्ति तथा कर्मचारीका व्यक्तिगत घटना  दर्ता तथा सामाजिक सुरक्षा सम्बन्धी अभिमुखीकरण तथा क्षमता विकास कार्यक्रम सञ्चालन गरिनेछ ।

४। आर्थिक विकास 
क। पशुपन्छी विकास 
१। जोखिम न्यूनीकरण गरी पशु धन सुरक्षाको लागि पशु बीमा कार्यक्रमलाई निरन्तरता दिईनेछ ।
२। कृषकहरुको क्षमता विकास गरी व्यवसायिक सहकारीमा आधारित उन्‍नत पशु पालनमा जोड दिईनेछ ।
३। पशपुन्छीको महामारी रोग नियन्त्रणका लागि प्रभावकारी र निशुल्क खोप कार्यक्रम तथा क्रृतिम गर्भाधान मार्फत उन्नत नश्‍लको सुधारको नीति लिईनेछ ।
४। पशुपन्छी फार्म तथा समूह दर्ता गर्ने कार्यलाई प्राथमिकता दिईनेछ ।
५। सन् २०३० मा रेविज रोगबाट अकालमा कोही मर्न नपरोस् भन्ने मूल अभियानका साथ रेविज खोप तथा सामुदायिक कुकुर बन्ध्याकरण कार्यक्रम सञ्चालन 
गरिनेछ ।

ख। कृषि विकास
१। कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बृद्धि गर्न र कृषकलाई आत्मनिर्भर बनाउन समयानुकूल मलखाद, बीउबिजन सरल र सुपथ मूल्यमा उपलब्ध गराउने प्रवन्ध मिलाईनेछ ।
२। कृषि तथा पशुपन्छी पालनमा दिइने अनुदान थप व्यवस्थित र प्रभावकारी 
बनाईनेछ । 
३। विषादी प्रयोगलाई न्यूनीकरण गर्न जैविक मलको उत्पादन तथा क्ष्एः विधि उपयोग गर्दै नगदे बाली र अर्गानिक खेतलाई प्रोत्साहन गरिनेछ । 
४। कृषि क्षेत्रको उत्पादकत्व बृद्धिका लागि आधुनीकीकरण, व्यवसायीकरण, यान्त्रिकीकरण र  प्लाष्टिक घरमार्फत्  विशिष्टीकरणलाई व्यवहारमा उतारिनेछ । 
५। बाँझो एवम् उपयोगविहीन खेतीयोग्य जमिन उपयोगमा ल्याउन लिज पद्धतिलाई प्रोत्साहन गर्दै “एक वडा एक पकेट क्षेत्र” बिस्तारका लागि कृषक सञ्जालमार्फत् आयमूलक कार्यक्रम सञ्चालन गरिनेछ ।
६। कृषकहरुको क्षमता तथा सीप विकास र सशक्तिकरणका लागि सिपमूलक तालिम तथा कार्यक्रम सञ्चालन गरी उत्पादित कृषि उपजको बिक्रीका लागि ग्रेडिङ्, प्याकेजिङ् गदै थोक बजारसँगको सहकार्यमा बजार व्यवस्थापन गर्ने नीति लिईनेछ। किसानसूचीकरण कार्यक्रमलाई निरन्तरता दिईनेछ ।
७। रैथाने बाली र बीउबिजन स्वस्थ र गुणस्तरीय बीउ उत्पादन र संरक्षण गर्न समुदायलाई प्रोत्साहन गर्दै उन्नत बीउ बिजन तथा फलफूलका बिरुवा रोपण गर्ने कृषकहरुलाई अनुदानमा बिरुवा उपलब्ध नीति लिईनेछ ।
८। सामुदायिक वनमा आधारित ब्नचयायचभकतचथ कार्यक्रम सञ्चालन गर्न सम्‍वद्ध निकायसँग समन्वय र सहकार्य गरिनेछ ।
९।    आर्थिक रुपले सबल नगर विकासका लागि हाटबजार व्यवस्थापनको नीति अवलम्बन गरिनेछ ।

ग। सहकारी 
१। सहकारी संस्थाहरुको सघन सुपरिवेक्षण, नियमन, अनुगमन, निरीक्षण र नियमन कार्यलाई प्रभावकारी बनाईनेछ।
२। सहकारी संस्थाहरुलाई उत्पादनमुलक क्षेत्रमा लगानी गर्न प्रोत्साहित गरिनेछ।
३। सहकारी कर्जा सूचना केन्द्र र सहकारी कर्जा असूली न्यायाधीकरणमार्फत् सहकारी क्षेत्रको बचत तथा लगानीको सुरक्षा गरिनेछ ।
४। सहकारी संस्थाहरुलाई अनिवार्य रुपमा सहकारी तथा गरीबी सम्बन्धी व्यवस्थापन सूचना प्रणालीमा आबद्ध हुनुपर्ने व्यवस्था गरिनेछ ।
५। बचत तथा ऋण सहकारी संस्थाहरुलाई एक आपसमा गाभिन प्रोत्साहन गरिनेछ ।
६। उद्यम गर्न चाहने सहकारी संस्थाहरुलाई प्रोत्साहन र प्रबर्धन गर्ने नीति लिईनेछ ।

घ। श्रम तथा रोजगार
१। नगर क्षेत्रभित्रका बेरोजगार व्यक्तिको लगत सङ्कलन गरी सूचीकृत भएका बेरोजगार व्यक्तिहरुलाई एक आर्थिक वर्षमा न्यूनतम एक सय दिनको रोजगारी सुनिश्चित गर्ने गरी श्रम स्रोत केन्द्रको रुपमा विकास गरिनेछ ।
२। युवा रोजगारीका लागि रुपान्तरण पहल परियोजना र पारश्रमिकमा आधारित सामुदायिक आयोजनालाई निरन्तर सशक्तरुपमा कार्यान्वयन गरिनेछ ।
३। वैदेशिक रोजगारीबाट रोजगारी गुमाएका युवाहरुको लागि  सीप र दक्षता अनुसारको आन्तरिक रोजगारीका क्षेत्र पहिचान गरी रोजगारी तथा स्वरोजगारको लागि उत्प्रेरित गरिनेछ ।
४। वैदेशिक रोजगारीबाट फर्केकाहरुको पुनःएकीकरण, श्रम स्वीकृति र पुनःश्रम स्वीकृति सहजीकरण बनाउन पहल गरिनेछ ।
५। पञ्चवर्षीय रोजगार रणनीति र रोजगार सम्वाद मञ्चको निरन्‍तर कार्यान्वयन गरिनेछ ।
ङ। पर्यटन, मेड्पा र मेयर उद्यमशीलता
अ। पर्यटन 
...

All Comments.......


Please Login/Register To Comments