भनपाको बजेट कता कति ? (पूर्णपाठ)
- Post Date: 2024-06-24 15:38:13
उपप्रमुख रजनी जोशीद्वारा प्रस्तुत
भक्तपुर नगरपालिकाको आ.व. २०८१।८२ को बजेट वक्तव्य
सभाध्यक्षज्यू एवं सभासद् मित्रहरू,
ड्ड भक्तपुर नगरपालिकाको सोह«ौं नगरसभामा यहा“हरु सबैमा हार्दिक अभिवादन व्यक्त गर्दछु ।
ड्ड सर्वप्रथम विभिन्न जनआन्दोलन र सङ्घर्षहरुमार्फत जनताको अधिकार सूनिश्चित गर्ने क्रममा जीवन उत्सर्ग गर्नुभएका प्रातः स्मरणीय शहीदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । साथै विभिन्न समयकालमा भएका जनआन्दोलनहरुमा घाइते भएका, प्रवास तथा भूमिगत भएर राजनैतिक र सामाजिक परिवर्तनमा महŒवपूर्ण योगदान गर्नुभएका सम्पूर्ण योद्धाहरुप्रति उच्च सम्मान व्यक्त गर्दछु ।
ड्ड नेपाल मजदुर किसान पार्टीको तर्फबाट निर्वाचित हामी जनप्रतिनिधिहरु पार्टीको सिद्धान्त र विचारलाई आत्मसात गर्दै जनताको सेवामा समर्पणभावले लागिरहेका छौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् वरिष्ठ राजनीतिज्ञ का. नारायणमान बिजुक्छे“ (रोहित) द्वारा लिखित पुस्तक ‘सय वर्षपछिको भक्तपुर’ लाई सार्थकता दिन हामी जनप्रतिनिधिहरुले निरन्तर मार्गनिर्देशनको रुपमा काम गरिरहेका छौं ।
ड्ड आजसम्म आइपुग्दा भक्तपुर नगरलाई एक नमूना नगरको रुपमा अघि बढाउन महŒवपूर्ण योगदान पु¥याउनुहुने पार्टीका नेता, अग्रज कार्यकर्ता, स्थानीय जनता, पूर्व जनप्रतिनिधिहरुप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौं । यसरी अग्रजहरुले अ“गाल्नुभएका इमानदारिता तथा सच्चरित्रताको बाटोमा हामी सम्पूर्ण जनप्रतिनिधिहरु निःस्वार्थपूर्वक जनताको सेवामा लाग्ने अठोटका साथ हामी अघि बढिरहेका छौं ।
ड्ड सम्पूर्ण नगरवासीहरुको इच्छा आकाङ्क्षाअनुरुप ऐतिहासिक एवम् सा“स्कृतिक नगरको पुनःजागरण साथै नगरवासीको जीवन रुपान्तरण गर्नु हाम्रो साझा लक्ष्य हो । विश्व सम्पदा क्षेत्रमा सूचीकृत हाम्रो नगर भक्तपुरमा पर्यटकहरुको बढी भन्दा बढी आगमन गराई नगरवासीहरुको जीवनस्तरमा वृद्धि हुनुको साथै उहाँहरुको सेवा हुनेमा हामी विश्वस्त छौं । यसका लागि भक्तपुरको विशेषता र पहिचान बोकेका हाम्रो सम्पदा र संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्दै अघि बढिरहेका छौं । यस कारणले गर्दा भक्तपुर नगरमा आन्तरिक एवम् बाह्य पर्यटकहरुको सङ्ख्या दिन प्रतिदिन बढ्दो छ ।
ड्ड भक्तपुर नगरलाई सा“स्कृतिक केन्द्रको रुपमा अघि बढाउन यही २०८१ बैशाख २१ गते भक्तपुर नगरपालिका वडा नं. ६ स्थित देकोचोमा नेपाल मजदुर किसान पार्टीका श्रद्धेय अध्यक्ष श्री नारायणमान बिजुक्छेंज्यूबाट अरनिको सभा भवनको शिलान्यास भई निर्माण कार्य अघि बढिरहेको यहा“हरुमा अवगत नै छ ।
ड्ड उक्त सभाभवनको निर्माण सम्पन्न भएपछि भक्तपुरलाई शिक्षा, स्वास्थ्य र ज्ञानविज्ञानको केन्द्रको साथै सभा, सम्मेलन, गोष्ठी, भेला र कार्यक्रमहरुको केन्द्रको रुपमा विकास हुने विश्वास लिएका छौं । यसको साथै कला, संस्कृति, भाषा, इतिहासका लागि अनुसन्धान केन्द्रको रुपमा अघि बढाउने लक्ष्य लिएका छौं ।
ड्ड यस सा“स्कृतिक नगर भक्तपुरलाई २१ औं शताब्दीको समयसापेक्ष ढंगले ज्ञान विज्ञानको केन्द्रको रुपमा विकास गर्ने लक्ष्यअनुरुप कृषि मल र बीउमा अनुदान, माटो परीक्षण, आधुनिक स्वास्थ्य सेवा प्रवाह, वातावरण सुधार आदिका साथै विज्ञान, प्रविधि तथा प्राविधिक उपकरणहरुको प्रयोग गरी गुणस्तरीय सेवा सुविधा प्रदानको लागि अध्ययन अनुसन्धान भइरहेको अवगत गराउन चाहन्छु ।
ड्ड साथै आगामी दिनहरुमा नगरपालिकाको कर संकलन, नक्सा पास, आर्थिक र प्रशासनिक व्यवस्थापनमा प्रविधिको प्रयोग गरी आधुनिक तरिकाबाट सेवा प्रवाहको व्यवस्थाको लागि यस सभामा जानकारी गराउन चाहन्छु ।
सभासद्ज्यूहरु,
ड्ड आजको समयमा नेपाली युवाहरु रोजगारी वा उच्च शिक्षा अध्ययन गर्न विदेश पलायन हुने क्रम बढ्दो छ । देश युवाविहीन र जेष्ठ नागरिकहरुको देशको रुपमा अघि बढिरहेको चिन्ताजनक अवस्थामा देशको एक न एक सरकारले यसको जिम्मेवारी वहन गर्नु पर्छ भन्ने बोध भक्तपुर नगरपालिकालाई भएको छ । त्यसैले हाम्रो कर्तव्य पूरा गर्न नगरका युवाहरुलाई आफ्नो देशको माटो सुहाउ“दो जनजीविकाका लागि आवश्यक सीपयुक्त तालिमहरु प्रदान गर्दै आएका छौं । साथै यस वर्षैंदेखि आफ्नै उद्योग सञ्चालन गरी प्रोत्साहन गर्न युवा उद्यमीहरुलाई उद्यमशील ऋण प्रवाह गर्दैछौं ।
ड्ड कृषकहरुको बाहुल्यता भएको हाम्रो नगरमा कृषकहरुका लागि कृषि ऋणको व्यवस्था गरी प्रविधियुक्त आधुनिक कृषि खेतीमा युवा पुस्तालाई पनि आकर्षण गर्न तथा स्थानीय पाठ्यक्रममा व्यवहारिक कृषि विषय समावेश गरी किसान लगायत मजदुर,डकर्मी, सिकर्मीहरुलाई परिचय पत्र वितरण गरी आफ्नो पेशाको प्रवद्र्धनका लागि आवश्यक पहल गर्ने विश्वास दिलाउन चाहन्छु ।
ड्ड समाजको सन्तुलित विकासको लागि सबै पक्षहरुलाई मूलधारमा ल्याई उच्चत्तम परिचालन गर्नुपर्ने आजको आवश्यकता हो । महिला, अपाङ्गता भएका व्यक्ति, दलित, सीमान्तकृत वर्ग, अति विपन्न जनसमुदाय आदिलाई सामाजिक र आर्थिक विकासको मूल धारमा ल्याउन विशेष पहलको आवश्यकता महसुस गरेका छौं ।
ड्ड समाजमा लुकेर बसेका लागू पदार्थ दुव्र्यसनी, मानसिक रोगी, अति विपन्न परिवार आदिको समस्यालाई सम्बोधन गरेरै मात्र समाजको समग्र आर्थिक र सामाजिक विकास सम्भव छ भन्ने मान्यताका साथ यी र यस्ता वर्गहरुलाई समावेशीताको सिद्धान्त अनुसार स्थानीय सरकारको हैसियतले भक्तपुर नगरपालिकाले विभिन्न योजना तथा कार्यक्रम सञ्चालन गरी सम्बोधन गर्दै आएको यहा“हरु सबैमा विदितै छ । यसरी उन्नत समाज निर्माण कार्यमा भक्तपुर नगरपालिका निरन्तर समय सापेक्ष ढंगले अघि बढिरहनेछ ।
ड्ड शान्त र सुन्दर नगर भक्तपुरको सुरक्षालाई व्यवस्थित गरी यहा“का बहुमूल्य धरोहर लगायत नगरवासीहरुको सुरक्षाको प्रत्याभूतिका साथै ट्राफिक व्यवस्थापन÷बजार व्यवस्थापन कार्य नगर प्रहरी मार्फत भइरहेको छ । आवश्यकताअनुसार नगर प्रहरीको संख्या क्रमशः बढाउ“दै एक सुन्दर, शान्त र व्यवस्थित नगरको रुपमा विकास गर्नु हाम्रो सबैको साझा कर्तव्य हो ।
ड्ड स्थानीय तहको निर्वाचन, २०७९ मा नेपाल मजदुर किसान पाटीको तर्फबाट अगाडि सारिएको घोषणापत्रमार्फत जनतामा दिएको वचन पूरा गर्न शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, खानेपानी, सरसफाई, पर्यटन, भौतिक पूर्वाधार तथा सुशासन प्रवद्र्धन, उपलब्ध स्रोत र साधनको अधिकत्तम उपयोग गरी स्थानीय युवाहरुलाई उद्यमशील तथा स्वरोजगारलगायतका कार्यलाई प्राथमिकताकासाथ नगर प्रमुखज्यूले प्रस्तुत गर्नु भई यस सभाबाट पारित भएको नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्न यो बजेट केन्द्रित भएको व्यहोरा जानकारी गराउ“दछु ।
सभाध्यक्षज्यू,
अब म चालू आ.व. २०८०।८१ को बजेट कार्यान्वयनको संक्षिप्त समीक्षा प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
१. चालु आ.व. २०८०।८१ का लागि कूल २ अर्ब २६ करोड ८५ लाख ९४ हजार रुपैया“को अनुमानित बजेट निर्माण गरिएको थियो । जसमध्ये नगरपालिकाको आन्तरिक आयतर्फ ६० करोड आम्दानी हुने अपेक्षा गरिएकोमा २०८१ जेठ मसान्तसम्ममा ४४ करोड ६८ लाख ६७ हजार ९३० रुपैया“ यथार्थ आम्दानी भयो जुन अनुमानित आम्दानीको ७४.४८ प्रतिशत हुन आउँछ । सम्पति तथा भूमिकर, घर बहाल कर, पर्यटन सेवा शुल्क, व्यवसाय कर, नगरपालिकाद्वारा उत्पादित कम्पोष्ट मल विक्री, शैक्षिक योगदान शुल्क, पार्किङ तथा जल मनोरञ्जन शुल्क, छायाङ्कन दस्तुरलगायतमा चालु आ.व.का लागि अनुमानित गरिएकोमा उल्लेख्य आम्दानी भएको देखिन्छ । २०८१ असार मसान्तसम्ममा आन्तरिक आयतर्फ ४९ करोड ८७ लाख ५० हजार आम्दानी हुने संशोधित अनुमान गरिएको छ ।
२. बाह्य श्रोततर्पm राजश्व बाँडफाँडमा १७ करोड ३६ लाख २९ हजार ४६७ रुपैयाँ अनुमान गरिएकोमा चालु आ.व.को जेठ मसान्तसम्ममा ११ करोड ६९ लाख ८९ हजार ४१३ रुपैया“ ४० पैसा अर्थात ६७.३८ प्रतिशत प्रगति भयो । संघ सरकारबाट प्राप्त अनुदानमा (वित्तीय समानीकरण, सशर्त, समपूरक र विशेष अनुदान, सामाजिक सुरक्षा भत्ता, सडक बोर्ड नेपालबाट प्राप्त रकमसमेत) १ अर्ब ५ करोड ७ लाख हुने अनुमान गरिएकोमा जेठ मसान्तसम्ममा ८३ करोड ३५ लाख ३२ हजार ५४८ रुपैया“ अर्थात ७९.३३ प्रतिशत र प्रदेश सरकारबाट (वित्तीय समानीकरण, सशर्त, समपुरक र विशेष अनुदानबाट प्राप्त रकमसमेत) ४ करोड ८० लाख ११ हजार अनुदान प्राप्त हुने अपेक्षा गरिएकोमा जेठ मसान्तसम्ममा ४ करोड ८० लाख ११ हजार रुपैया“ अर्थात १०० प्रतिशत प्राप्त भयो । त्यस्तै अन्य आयमा (संघ र प्रदेशबाट स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम, जिल्ला समन्वय समिति र ऋणबाट प्राप्त रकमसमेत) २६ करोड प्राप्त हुने अनुमान गरिएकोमा जेठ मसान्तसम्ममा जम्मा २ करोड ३५ लाख अर्थात ९.०४ प्रतिशत मात्र प्राप्त भयो । यस हिसाबले बाह्य श्रोततर्फ चालु आ.व.को जेठ मसान्तसम्ममा कूल १ अर्ब २ करोड २० लाख ३२ हजार अर्थात् ६६.७० प्रतिशत आम्दानी भएको सभासमक्ष जानकारी गराउँदछु ।
३. चालु आ.व. २०८०।८१ मा चालु तर्फ रु १ अर्ब ३६ करोड ९४ लाख ९४ हजार बिनियोजन गरिएकोमा २०८१ जेठ मसान्तसम्मको कूल चालु खर्च ९८ करोड २६ लाख ४१ हजार अर्थात ७१.७५ प्रतिशत भयो । असार मसान्तसम्ममा चालु खर्च बढेर १ अर्ब ०९ करोड ८१ लाख ९३ हजार खर्च हुने संशोधित अनुमान गरिएको छ ।
४. पूँजीगत खर्चतर्फ चालु आ.व. २०८०।८१ मा रु ८० करोड ४१ लाख विनियोजन गरिएकोमा २०८१ जेठ मसान्तसम्ममा २७ करोड ८४ लाख १० हजार रुपैया“ अर्थात् ३४.६२ प्रतिशत यथार्थ खर्च भयो भने असार मसान्तसम्ममा उक्त खर्च बढेर ३९ करोड ९५ लाख ३६ हजार हुने संशोधित अनुमान गरिएको छ ।
५. वित्तिय तर्फ चालु आ.व. २०८०।८१ मा रु ९ करोड ५० लाख विनियोजन गरिएकोमा २०८१ जेठ मसान्तसम्ममा २ करोड ३५ लाख रुपैया“ अर्थात् २४.७४ प्रतिशत खर्च भयो भने असार मसान्तसम्ममा उक्त खर्च बढेर ९ करोड ३५ लाख हुने संशोधित अनुमान गरिएको छ ।
६. चालु, पूँजीगत र वित्तिय व्यवस्थातर्फको खर्च जोड्दा असार मसान्तसम्ममा १ अर्ब ५९ करोड १२ लाख ३० हजार गरी कूल बजेटको ७०.१४ प्रतिशत खर्च हुने संशोधित अनुमान गरिएको छ । पुँजीगततर्फका सम्पदा पुनःनिर्माणस“ग सम्बन्धित धेरैवटा योजनाहरु तथा नगरस्तरीय गौरवका योजनाहरु चालु आ.व. मा शुरु भइसकेको र आगामी आ.व.का लागि क्रमागत योजनामा पर्ने भएकोले यथार्थ खर्च अझै बढ्ने निश्चित छ ।
सभाध्यक्ष महोदय,
यस सम्मानित नगरसभामा अब म आगामी आर्थिक वर्ष २०८१।८२ को लागि भक्तपुर नगरपालिकाको आय–व्ययको अनुमानित विवरण पेश गर्ने अनुमति चाहन्छु ।
अ) आयतर्फ ः
क) आन्तरिक आयतर्फ ः
७. सम्पति (घरजग्गा मूल्याङ्कन) तथा भूमि कर, व्यवसाय कर, पर्यटन सेवा शुल्क, जग्गा विक्री, नगरपालिकाबाट उत्पादित कम्पोष्ट मल विक्रीलगायत यस नगरपालिकाको आन्तरिक आयको श्रोतका रुपमा लिँदा आ.व. २०८१÷८२ को लागि कुल ६५ करोड ८३ लाख १० हजार रुपैया“ आन्तरिक आय हुने अनुमान गरिएको छ । आन्तरिक आय अनुमान गर्ने क्रममा करका दायरामा नआएका व्यवसायका शीर्षकलाई दायरामा ल्याउने र आवश्यक केहि करको दरमा सामान्य बृद्धि गर्ने प्रस्ताव गरि भक्तपुर नगरपालिकाको आर्थिक विधेयक २०८१ मा समावेश गरिएको छ । आन्तरिक आयको विस्तृत विवरण अनुसÒचि–१ मा संलग्न छ ।
ख) बाह्य आयतर्फ ः
८. राजस्व वाँडफाँडतर्फ आ.व. २०८१।८२ मा यस नगरपालिकामा संघीय सरकारबाट रु. ९ करोड ४१ लाख, बागमती प्रदेश सरकारबाट रु. २ करोड ८८ लाख १३ हजार ५० र मालपोत तथा अन्यबाट रु ५ करोड गरी कुल रु. १७ करोड २९ लाख १३ हजार ५० रुपैया प्राप्त हुने अनुमान छ ।
९. वित्तीय समानीकरण अनुदानतर्फ संघीय सरकारबाट रु. २० करोड ३१ लाख र बागमती प्रदेश सरकारबाट रु. २ करोड १९ लाख ८५ हजार गरी कुल रु २२ करोड ५० लाख ८५ हजार प्राप्त हुने अनुमान छ ।
१०. संघीय सरकारबाट विशेष अनुदानतर्फ रु. ५ करोड ५० लाख, समपुरक अनुदानतर्फ रु. १ करोड ५५ लाख, सशर्त अनुदानतर्फ ४३ करोड ८७ लाख र अन्य अनुदानतर्फ ५ करोड रुपैयाँ प्राप्त हुने अनुमान छ । त्यस्तै सामाजिक सुरक्षा भत्ता वापत यस वर्ष ४० करोड र सडक बोर्ड नेपालको तर्फबाट ९० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
११. चालू आर्थिक वर्षका लागि बागमती प्रदेश सरकारबाट समपुरक र विशेष अनुदानमा रकम प्राप्त नभएकोमा नगरपालिकाको तर्फबाट प्रदेश सरकारलाई समय समयमा विशेष ध्यानाकर्षण गराएको फलस्वरुप आगामी आर्थिक वर्षमा वागमती प्रदेश सरकारले समपुरक अनुदानतर्फ २ करोड ६४ लाख, विशेष अनुदानतर्फ ६५ लाख र सशर्त अनुदानतर्फ ११ करोड ८१ लाख २० हजार रुपैया विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गरेको हुँदा त्यति नै रकम आगामी आर्थिक वर्षमा प्राप्त हुने अनुमान गरिएको छ ।
१२. यससँगै स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम, ऋणलगायत विभिन्न शीर्षकबाट २३ करोड ५० लाख रुपैया“ प्राप्त हुने अनुमान गरिएको छ ।
१३. चालु आर्थिक वर्षको अनुमानित बैंक मौज्दात २० करोड ३७ लाख ८१ हजार हुने अनुमान गरिएको छ ।
यस प्रकार आगामी आ.व. २०८१।८२ का लागि यस नगरपालिकाको कूल अनुमानित बजेट २ अर्ब ६६ करोड ४३ लाख १० हजार रुपैया“को हुनेछ । बजेटको आयतर्फको बाह्य स्रोतको विस्तृत विवरण अनुसÒचि — २ मा संलग्न छ ।
आ) व्ययतर्फ ः
१४. आगामी आ.व. का लागि चालु खर्चतर्फ १ अर्ब ५७ करोड ३ लाख १० हजार रुपैया“ अर्थात् ५८.९३ प्रतिशत र पूँजीगत खर्चतर्फ ९९ करोड ४० लाख रुपैया“ अर्थात् ३७.३० प्रतिशत विनियोजन गरिएको छ । चालु खर्चको विस्तृत विवरण अनूसुचि ३ र पूजीँगत खर्चको विस्तृत विवरण अनुसूचि ४ मा संलग्न छ । त्यस्तै वित्तीय व्यवस्थातर्फ १० करोड अर्थात् ३.७५ प्रतिशत विनियोजन गरिएको छ ।
सभाध्यक्षज्यू,
आगामी आर्थिक वर्षका महŒवपूर्ण योजना तथा कार्यक्रमहरुबारे संक्षिप्तमा पेश गर्दछु ।
शिक्षा ः
१५. विगत लामो समयदेखि भक्तपुरलाई उत्कृष्ट शैक्षिक गन्तव्यस्थल बनाउने उद्देश्यले यस नगरपालिकाले शिक्षा क्षेत्रको विकासलाई पहिलो प्राथमिकता दिँदै आएको छ । जनताको विश्वविद्यालयको रुपमा ख्वप विश्वविद्यालय स्थापना गर्न प्रतिनिधि सभाका माननीय सांसद प्रेम सुवालको नेतृत्वमा निरन्तर पहल भई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट यस सम्बन्धि विधेयक रायको लागि अर्थ मन्त्रालय पुगेको छ । यसलाई सँसदबाट पारित गराउन थप पहल आवश्यक छ । यही क्रममा ख्वप विश्वविद्यालय तयारी समितिका लागि विज्ञहरुको टोली गठन गरी प्रकृया अघि बढाउन आवश्यक बजेटको व्यवस्था गरिएको छ ।
१६. नगरपालिकाद्वारा सञ्चालित ७ वटा शैक्षिक संस्थाहरुमध्ये ख्वप माविको नयाँ भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ भने ख्वप इन्जिनियरिङ कलेजमा बी ब्लकको नयाँ भवन निर्माणको लागि आगामी वर्ष ५ करोड ५० लाख रुपैया“ विनियोजन गरिएको छ । ख्वप बहुप्राविधिक अध्ययन संस्थानमा नयाँ नयाँ विषय थपका लागि प्रयास जारी छ । त्यस्तै ख्वप कलेज अफ ल का लागि आवश्यक जग्गा खरिद गर्न बजेटको व्यवस्था गरिएको छ ।
१७. नगरपालिकाभित्र सञ्चालित सामुदायिक आधारभूत तथा माध्यमिक विद्यालयहरुको भौतिक पूर्वाधार निर्माण तथा शैक्षिक गुणस्तर वृद्धिका लागि विद्यालय अनुगमन प्राविधिक समितिको सिफारिससमेतको आधारमा नगरपालिकाको आन्तरिक स्रोतबाट व्यहोर्ने गरी सहयोग अनुदान प्रदान गर्न बजेटको व्यवस्था गरिएको छ ।
१८. नगरपालिकाभित्रका सामुदायिक विद्यालयहरुमा कार्यरत कर्मचारी तथा सहयोगीहरुका लागि निजहरुले पाउँदै आएको तलबमा यस नगरपालिकाको तर्फबाट प्रतिव्यक्ति मासिक रु. २ हजारको दरले थप पारिश्रमिकको व्यवस्था गरिएको छ । त्यस्तै पूर्व प्रावि तहमा कार्यरत इसीडी शिक्षकहरुको न्यूनतम् पारिश्रमिकको व्यवस्थाका लागि नगरपालिकाको तर्फबाट आवश्यक थप रकम विनियोजन गरिएको छ ।
१९. उच्च शिक्षास“गै अध्ययन अनुसन्धानलाई विशेष प्राथमिकता दिने उद्देश्यले अनुसन्धान तथा सूचना व्यवस्थापन केन्द्रहरुको व्यवस्थाका लागि बजेट छुट्याइएको छ । भक्तपुर नगरपालिकाभित्रका पर्यटन, शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माण र संरक्षण, सहकारी, कृषि, खानेपानी, वातावरण, सरसफाइजस्ता विषयहरूको अध्ययन अनुसन्धान गर्नेहरूलाई अनुसन्धान वृत्तिको व्यवस्थाको लागि आवश्यक रकम विनियोजन गरिएको छ ।
२०. राष्ट्रका लागि अत्यावश्यक विषयहरु जस्तै इतिहास, भूगोल, संस्कृति, राजनीतिशास्त्र र नेपालभाषाका साथै अर्थशास्त्र, तर्कशास्त्र र दर्शनशास्त्र समेत अध्ययन गर्ने विद्यार्थीहरुलाई स्नातक तहदेखि विद्यावारिधिसम्मको अध्ययनमा दिँदै आएको पूर्ण छात्रवृत्तिलाई निरन्तरता दिन आवश्यक बजेट व्यवस्था गरिएको छ ।
२१. सभ्य समाज निर्माणका लागि नैतिक र व्यवहारिक शिक्षाको व्यवस्थापन साथै विद्यालयहरुमा स्काउट प्रशिक्षण र खेलकुद प्रशिक्षणलाई निरन्तरता दिन बजेटको व्यवस्था गरिएको छ । अपाङ्गता भएका विद्यार्थीहरुका लागि विशेष शिक्षालाई थप प्रभावकारी बनाउन तथा विभिन्न स्थानहरुमा फिजियोथेरापी सेवा समेत प्रदान गर्न यस आ.व को बजेटमा व्यवस्था गरिएको छ ।
२२. नगरवासी विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययनमा सहयोग पु¥याउने उद्देश्यले यस नगरपालिकाद्वारा वितरण गर्दै आएको शैक्षिक ऋणलाई यस वर्ष पनि निरन्तरता दिइएको छ । अध्ययन समाप्तिपछि केही विद्यार्थीहरुले आपूmले लिएको ऋण फिर्ता दिने क्रम शुरु भएको छ । फिर्ता गरिएको रकमलाई अलग्ग कोषमा जम्मा गरी उक्त कोषमा आगामी आ.व. का लागि नगरपालिकाको आन्तरिक स्रोतबाट थप रु. १ करोड विनियोजन गरिएको छ ।
२३. नगरपालिकाभित्र सञ्चालित विद्यालयहरुमा कक्षा ५ र ८ को आधारभूत परीक्षा र कक्षा १० कोे एसइई परीक्षाको तयारी परीक्षा नगरस्तरीय रुपमा सञ्चालन गर्न आवश्यक बजेटको व्यवस्था गरिएको छ । विद्यालयका शिक्षकहरुलाई समय समयमा पुनर्ताजगी कार्यक्रम सञ्चालन गर्न तथा नगरपालिकाद्वारा तयार गरिएको स्थानीय पाठ्यक्रम परिमार्जन गर्न विज्ञहरुको टोली गठन गरी प्रकृया अघि बढाउन आवश्यक बजेटको व्यवस्था गरिएको छ ।
२४. नेपाल भाषालाई स्थानीय पाठ्यक्रममार्फत विद्यालयहरूमा अध्ययन अध्यापनको व्यवस्था गर्न तथा नेपालभाषा र लिपि, मूर्तिकला, चित्रकला, प्रस्तरकला, संगीत, नृत्य कक्षाहरू सञ्चालन गर्न बजेट व्यवस्था गरिएको छ ।
२५. भक्तपुर नगर क्षेत्रमा सञ्चालित कलेजहरूमा अध्ययनरत विद्यार्थीहरूलाई विभिन्न संघ संस्थामा इन्टर्नशीप, आंशिक रोजगारी र कार्यस्थलमा तालिम (अन द जब ट्रेनिङ) को व्यवस्थाको लागि रकम विनियोजन गरिएको छ ।
नगरवासी जनताहरुको भावनाबमोजिम विभिन्न शैक्षिक गतिविधि गर्न शिक्षा क्षेत्रका लागि ५४ करोड रुपैयाँ अर्थात कुल बजेटको २०.२६ प्रतिशत बजेट विनियोजन गरिएको छ ।
स्वास्थ्य ः
२६. यस नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताललाई आधुनिक सुविधा सम्पन्न जनताको अस्पताल बनाउने क्रममा चालु आ.व. बाटै आइसीयू सेवा र ल्याप्रोस्कोपिक सर्जरी सेवा शुरु गरिसकिएको छ । आगामी वर्ष थप सुविधासम्पन्न बनाउन सीटी स्क्यान खरिदको लागि यस वर्ष विनियोजित रकमका अतिरिक्त रु. ५ करोड बजेटको व्यवस्था गरिएको छ ।
२७. नगरपालिकाद्वारा सञ्चालित आधारभूत स्वास्थ्य केन्द्र, नगर स्वास्थ्य केन्द्र तथा जनस्वास्थ्य केन्द्रहरुमा विशेषज्ञ चिकित्सकहरुबाट स्वास्थ्य उपचार सेवा प्रदान गर्नका लागि आवश्यक बजेट विनियोजन गरिएको छ । भनपा वडा नं. १० स्थित बेखाल स्वास्थ्य सेवा केन्द्र र भनपा वडा नं. ७ स्थित खँचा पोखरी स्वास्थ्य चौकी निर्माण सम्पन्न गरी संचालनमा ल्याउन रु. १ करोड ५० लाख रकम विनियोजन गरिएको छ । यसका साथै १३ वर्ष मुनिका बालिकाहरूलाई पाठेघर क्यान्सरविरुद्धको खोप वितरण गर्न आवश्यक बजेट छुट्याइएको छ ।
२८. ख्वप अस्पतालको अक्सिजन प्लान्टबाट नगरवासीहरुलाई निःशुल्क तथा अन्य बिरामीलाई न्यून शुल्कमा अक्सिजन उपलब्ध गराउनुका साथै विभिन्न रोगको उपचार र शल्यक्रियाको लागि नगरवासीहरुलाई आवश्यक रगत निःशुल्क प्रदान गर्ने र क्यान्सर, मृगौला रोग, मुटु, मष्तिष्क र मेरुदण्डसम्बन्धी दीर्घरोग लागेका नगरवासीहरुलाई यस नगरपालिकाको तर्फबाट उपचार सहायता अनुदान प्रदान गर्दै आएकोलाई आगामी वर्ष पनि निरन्तरता दिन आवश्यक बजेटको व्यवस्था गरिएको छ ।
२९. ख्वप अस्पताल, ख्वप तिलगंगा आँखा अस्पताललगायत अन्य विशिष्ट अस्पतालहरुको प्राविधिक सहयोगमा महिलाहरुको पाठेघर परीक्षण, दमखोकी, दाँत तथा नाक कान घाँटी, आँखालगायतका रोगहरुको निःशुल्क स्वास्थ्य शिविरहरु समुदाय र विद्यालय तहमा निरन्तर सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ ।
३०. घरदैलो नर्सिङ सेवास“गै विद्यालयहरुमा विद्यालय नर्सको व्यवस्थाको लागि आवश्यक प्रबन्ध गरिएको छ । वडा वडामा सञ्चालित शारीरिक व्यायाम (छिकोङ) लाई विद्यालय तहसम्म विस्तार गर्न आवश्यक बजेटको व्यवस्था गरिएको छ । नगरपालिकाद्वारा सञ्चालित नागरिक आरोग्य केन्द्रलाई जनमुखी बनाउन थप उपचार सेवा विस्तारका लागि रकम विनियोजन गरिएको छ ।
३१. स्वास्थ्य क्षेत्रका लागि आगामी आ.व.मा १३ करोड ३० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
सम्पदा र सा”स्कृतिक संरक्षण ः
३२. भक्तपुरको सम्पदा र संस्कृति हाम्रो पहिचान हो । यसलाई आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षक गन्तव्यस्थलको रुपमा विकास गर्ने हेतुले यहाँका मूर्त र अमूर्त सम्पदा संरक्षण गर्न आवश्यक बजेट विनियोजन गरिएको छ । आगामी आ.व. को उपयुक्त समयमा भक्तपुुर महोत्सव गर्न आवश्यक बजेटको विनियोजन गरिएको छ ।
३३. भनपा वडा नं. ३ स्थित ऐतिहासिक थन्थु दरबार र लाय्कु पाहाँ छेँ मौलिक शैलीमा पुनः निर्माणका लागि २ करोड ७५ लाख बजेट विनियोजन गरिएको छ । त्यस्तै आगामी आ.व.मा भनपा २ स्थित इन्द्रायणी द्यो छेँको लागि ८० लाख, वडा नं. ४ मा रहेको लक्ष्मीनरसिंह मन्दिरको लागि ८० लाख, हाडा छेँेको लागि ६० लाख र वडा नं. ६ मा रहेको छुमा गणेश द्यो छेँेको लागि ५० लाख बजेट विनियोजन गरिएको छ । भनपा ४ स्थित इखालाछी मठ पुनःनिर्माणका लागि पनि १ करोड विनियोजन गरिएको छ ।
३४. वडा वडामा रहेका जीर्ण र लोपोन्मुख सम्पदाहरू पुनःनिर्माण र जीर्णोद्धार गर्न वडास्तरमै सम्पदा संरक्षणका लागि छुट्टै बजेटको व्यवस्था गरिएको छ । परम्परागत बाजागाजा एवम् नृत्य प्रशिक्षण दिन टोल समुदायलाई उत्साहित र विशेषगरी लोपोन्मुख खःप्याखंलाई पुनःर्जीवन दिन, साँस्कृतिक प्रतियोगिता र साँस्कृतिक गुरुहरुको सम्मान गर्न आवश्यक रकम व्यवस्था गरिएको छ ।
३५. भक्तपुरको जीवनशैली झल्काउने साँस्कृतिक सङ्ग्रहालय र कोसेली घर निर्माणका लागि बजेट विनियोजन गरिएको छ ।
३६. भनपा वडा नं २ स्थित भक्तपुर क्राफ्ट सेन्टरलाई पुनः सञ्चालनमा ल्याइ हस्तकलाको अभिवृद्धि गर्न र समय समयमा स्थानीय उत्पादनहरुको मेला तथा प्रदर्शनी गर्न आवश्यक बजेटको व्यवस्था गरिएको छ ।
३७. नगरपालिकाका महत्वपूर्ण सम्पदा क्षेत्रमा विभिन्न कारणले लामो समयदेखि निजी घरहरु जीर्णोद्धार तथा पुनःनिर्माण नहँुदा सम्पदामाथि क्षति पुग्ने र नगरको मौलिक सौन्दर्यतामा आँच आउन सक्ने हुँदा सम्बन्धित घरधनीले घर नबनाएको अवस्थामा नगरपालिका आफैंले लगानी गरी ती घरहरु बनाउन आवश्यक रकम विनियोजन गरिएको छ । पछि सम्बन्धित घरधनीले उक्त घर फिर्ता लिन चाहेमा लागत खर्च व्यहोरेर तथा अन्य आवश्यक प्रकृया पूरा गरी फिर्ता लिन सकिने व्यवस्था मिलाइएको छ ।
३८. सांस्कृतिक बाजागाजाको बोललाई क्रमशः लिपिबद्ध गर्न तथा दाफा भजनको थ्या साफु पुनः प्रकाशन गर्न आवश्यक व्यवस्था मिलाइएको छ ।
३९. विश्व सम्पदा क्षेत्र तथा पुरानो नगर क्षेत्रमा मौलिक स्वरुपलाई कायम राख्न परम्परागत शैलीमा घर बनाउने घरधनीहरुलाई दिँदै आएको आर्थिक अनुदानलाई निरन्तरता दिने नीतिअनुरुप आवश्यक बजेट विनियोजन गरिएको छ ।
४०. सम्पदा पुनःनिर्माण तथा संस्कृति संरक्षणमा आगामी आ. व. का लागि १० करोड ७९ लाख रुपैया विनियोजन गरिएको छ ।
कृषि ः
४१. भक्तपुर कृषकहरुको बाहुल्यता भएको नगर हो । कृषकहरुका लागि आधुनिक कृषि खेती तालिम, उन्नत वीऊ विजन र कृषि औजारको व्यवस्था गर्न आवश्यक बजेट विनियोजन गरिएको छ । किसान, मजदुर, डकर्मी, सिकर्मीलगायतका पेशाकर्मीहरुको सूचिकरण गरी परिचय पत्र वितरणको व्यवस्था मिलाइएको छ ।
४२. कृषि उत्पादनहरुको भण्डारण एवं बजारीकरणका लागि वडा नं. ८ लिवालीमा शीत भण्डारका लागि ३ करोड १० लाख र वडा नं. ५ मा तरकारी बजार निर्माण सम्पन्न गर्नको लागि ३० लाख बजेट विनियोजन गरिएको छ । उन्नत बीउ बिजन तथा रैंथाने बाली संरक्षण सहितका लागि खाद्य गुणस्तर तथा कृषि अनुसन्धान केन्द्र स्थापना गर्न बजेटको व्यवस्था गरिएको छ । कृषि ऋणको लागि रु १ करोड बजेट विनियोजन गरिएको छ ।
४३. कृषकहरूको सुविधाका लागि कृषि ऋणको व्यवस्था गरिएको छ । शहरी क्षेत्रमा कौसी खेती प्रवद्र्धनका लागि विशेष बजेटको व्यवस्था गरिएको छ ।
४४. आगामी आ.व. मा कृषि क्षेत्रका लागि ५ करोड २० लाख रुपैया विनियोजन गरिएको छ ।
खानेपानी ः
४५. भक्तपुरको भौगोलिक अवस्थितिलाई मध्यनजर गर्दा स्वच्छ पिउने पानी नगरबासीहरुको आधारभूत आवश्यकता हुँदा हुँदै नगरपालिकाकैे निम्ति अत्यन्तै चुनौतीको रुपमा रहेको छ । यद्यपि नपाले खानेपानी उपलब्ध गराउन सरोकारवाला सरकारी कार्यालय तथा संस्थाहरुस”ग निरन्तर समन्वय गर्दै खानेपानीको स्रोत व्यवस्थापन, नयाँ पाइप बिछ्याउने, वितरण प्रणालीलाई व्यवस्थित गर्ने काम गरिरहेको छ ।
४६.नगरमा खानेपानीको पूर्वाधार निर्माण तथा आकाशे पानी संकलन तथा जमिनमूनि पानी पुनर्भरणको प्रवन्ध गर्नको लागि रकम विनियोजन गरिएको छ ।
वातावरण सुधार तथा फोहरमैला व्यवस्थापन ः
४७. यस नगरपालिकाले फोहोरमैला व्यवस्थापनका लागि आप्mनै जनशक्तिमार्फत अध्ययन अनुसन्धान गरी फोहरबाट प्राङ्गारिक मल उत्पादन र पुनः प्रयोगका उपायहरु अवलम्बन गर्दै आएको छ । यस कार्यलाई थप प्रभावकारी बनाउन आवश्यक भौतिक पूर्वाधार तथा मेशिनरी सामान खरिद गर्न बजेटको व्यवस्था गरिएको छ ।
४८. हनुमन्ते खोला र खासाङखुसुङ खोला सुधार तथा खोलामा रिटेनिङ वाल निर्माण कार्यलाई प्राथमिकताका साथ अगाडि बढाउन रु.१ करोड ५० लाख बजेट विनियोजन गरिएको छ ।
४९. ऐतिहासिक तीर्थस्थल तथा घाटहरु सुधारका लागि आवश्यक बजेटको व्यवस्था गरिएको छ ।
५०. एक विद्यालय एक सम्पदा सरसफाइ तथा एक सहकारी एक क्षेत्र सरसफाइ कार्यलाई प्रभावकारी बनाउन तथा जनप्रतिनिधिहरुको नेतृृत्वमा स्थानीय जनता र कर्मचारीहरुको सहभागितामा खुला क्षेत्र, खोला, पोखरी, घाट लगायतको पाक्षिक सरसफाइ र हरियाली व्यवस्थापन कार्य सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाइएको छ ।
५१. आ.व.२०८१÷८२ का वातावरण तथा सरसफाइका लाग
-
Shares
All Comments...
Please Login/Register to comment.