News Image
यनुसा खड्का,रेसिका खड्का (प्रशिक्षार्थी पत्रकार) 
भक्तपुर । चाँगुारायण नगरपालिका वडा नं ९ ताथली भक्तपुरमा कुल जनसंख्या ५५१० जना रहेको छ । जसमा पुरुष २८६९ र महिला २६३२ जना रहेको तथ्यांक छ । यहाँको मुख्य पेशाको रूपमा कृषिलाई लिने गरिन्छ । खासगरी यहाँ फूल खेती, तरकारी खेती र अन्नबाली विशेष पर्दछन । तर अरु खेती भन्दा फूलखेती राम्रो आम्दानी भएको कारण ताथली बासीहरुले फूल खेतीलाई बढी प्राथमिकता दिँदै आइहरेका छन् । 
विशेष गरी ताथलीमा फूल खेतीको ठाउँ भनेर ताथलीमा रहेको वनमाला टोललाई लिएको लिइन्छ । त्यहीँ टोलमा बस्नु हुने फुलमाया बनमाला आफनो जीवन फूलखेतीमै वितेको बताउँनुहुन्छ । उहाँले करिब दुई रोपनी भन्दा बढी क्षेत्रफलमा फूलखेती गरेर आफ्नो परिवार पल्दै आइरहनु भएको बताउनुभयो । करिब ६–७ महिना खेती गरेर आफ्नो परिवार वर्षौ पाल्ने गरेको उहाँंले जानकारी दिनुभयो । धेरै समस्या आइपर्दा पनि चुनौतीहरुसंग लडिरहेकी छु, उहाँंले भन्नुभयो । फूलखेतीको लागि श्रम बढी लाग्ने भएकाले कहिले घाटा त कहिले ठिकै आम्दानी हुने उहाँं बताउनुहुन्छ । टिपी सक्ने बितिकै औषधिहरु हाल्नुपर्ने बताउनुहुन्छ उहाँं । अरु खेतीबाट भन्दा केही फाइदा हुने र घरखर्चको लागि यो पेशा अपनाउँंदै आइरहेको उहाँं बताउनुहुन्छ । 
ताथलीको श्रम र फूलखेती देखेर सबै जना प्रभावित भएको पाइन्छ । यसबाट पनि राम्रो आम्दानी लिन सकिने किसानहरुको भनाइ रहेको छ ।  

  • Shares

All Comments...


Please Login/Register to comment.