नविना श्रेष्ठ असार १२ लागू औषध दुरुप्रयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस-२६ को मूल समारोह कार्यक्रम सम्पन्न भएको छ। बिहानीको समयमा भृकुटीमण्डपको प्राङ्गणमा भेला भएर प्रभाव फेरि यार्ली भृकुटीमण्डप, टुँडिखेल, रत्नपार्क, सहिदगेट हुँदै नेपाली सेना जंगी अड्डाको सभा मण्डपमा समापन भएको थियो। कार्यक्रमका प्रमुख अतिथि माननीय उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने रहेको थियो। लागू औषध तथा मादक पदार्थ एउटा विश्वव्यापी र दीर्घकालीन समस्या हो। आजको समाजमा लागू औषध ओसारपसार गरी कलिला युवाहरूलाई दुर्वेशनमा फसाउने र जगनीय अपराध गर्ने जुनै पनि संघसंस्था व्यक्ति कसैलाई पनि नछोड्ने र कडाभन्दा कडा सजाय दिने चेतावनी दिएको छ। अहोरात सेवाको लागि खटिरहेका सुरक्षाकर्मीहरुलाई कडाभन्दा कडा सजाय दिन आफूहरू कहिपनि नचुक्न आग्रह गरे। समयको गतिसँगै नयाँ नयाँ रुपमा मानव समाजलाई चुनौती दिँदै आएको कुरा हामी सामु कतै कसैबाट लुकेको छैन। समाज तथा पारिवारिक विकास क्रमसँगै यो धार्मिक सामाजिक आर्थिक र अपराधिक पक्षहरूसँग जोडिँदै आज एक जटिल समस्याको रुपमा देखापरेको कुरा हामी सबैलाई थाहा छँदै छ। यसलाई प्रयोग गर्न सके एक अमूल्य वनस्पति जडीबुटीको रुपमा अमृत समान प्राप्त गर्न सकिन्छ भने यसलाई दुरप्रयोग हुँदा लागू औसत तथा मादक पदार्थ मानव समाज विनाशक काल कुरूप बिषको रुपमा देखा पर्दै आएको छ। नेपालमा विभिन्न सांस्कृतिक धर्म चाडपर्वको नाममा परापूर्वकालदेखि नै कुनै न कुनै रूपमा लागू औषधको प्रयोग भएको पाइन्छ। धार्मिक ग्रन्थहरूमा सोम र सुरको उल्लेख छ। धेरै पहिलेदेखि खास चाडपर्व उत्सव तथा अवसरमा मदिरा वा लागु औसत प्रयोग भएको पाइन्छ। लागू औषध थोरै प्रयोग गरेमा औषधिको रूपमा काम गर्छ भने धेरै प्रयोग गरेमा मानिसको भावना र सोचाइलाई परिवर्तन ल्याउँदछ। मानिसको मानसिक चेतना अनुभूति र मनोभावलाई विकृत तुल्याउँछ भने यस्तो पदार्थलाई लागू औषध भनिन्छ। यसबाट समयमै सबैजना सतर्क रहन समयमै आफ्नो बालबालिकाहरूलाई सजग राख्न अभिभावकको ठूलो भूमिका रहेको हुन्छ। अभिभावकको ठूलो हात रहन्छ। भने विशेष अतिथिहरू नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक मुख्य अनुसन्धान निर्देशक राष्ट्रिय अनुसन्धान विभाग कार्यकारी प्रमुख राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, प्रतिनिधिमा नेपाली सेना प्रहरी अतिरिक्त महानिरीक्षक सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक मन्त्रालयका सहसचिव महानिर्देशक प्रमुख जिल्ला अधिकारी काठमाडौँ प्रहरी नायब महानिरीक्षक सशस्त्र प्रहरी नायब महानिरीक्षक मूल आयोजक समितिका पदाधिकारीहरू प्रतिनिधि प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रतिनिधि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय युवा तथा खेलकुद मन्त्रालय सञ्चार तथा सूचना प्रविधि मन्त्रालय महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय लागू औषध नियन्त्रण न्युरो औसत व्यवस्थापन विभाग राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र नेपाल टेलिभिजन रेडियो नेपाल स्काउट हिसान एनप्दाष्सन प्याष्सन सेभ दचिल्डेन युएन ओडिसि नेपाल चलचित्र विकास बोर्ड अभिभावक सङ्घ जिल्ला प्रशासन कार्यालय काठमाडौँ ललितपुर र भक्तपुर औसत नियन्त्रण अधिकारीहरू र विभिन्न कलेज स्कुलका विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो।...

All Comments.......


Please Login/Register To Comments