भक्तपुर । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को बचत उपसमितिको आयोजनामा बचत अवधारणा सम्बन्धी वित्तीय साक्षरता कार्यक्रम सिद्धि गणेश तालिम हल खँचामा सम्पन्न भयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष रुद्र नारायण लाखाले अनावश्यक खर्च कम गरी नियमित बचत गर्ने अवधारणका साथ संस्था स्थापना भएको स्मरण गर्नुहुँदै सानो पुँजी बाट शुरु भएको यस संस्थाले हाल ३ अर्व १२ करोड १४ लाख २२ हजार कोे कुल सम्पति जुताउन सफल भएको जानकारी दिनुभयो । उहाँले सदस्यहरुको रकमको दुरुपयोग गरी संस्थाको सम्पति खडा गर्ने सहकारीहरु नै समस्या ग्रस्त भएको बताउनुभयो ।
अध्यक्ष लाखाले कम उमेर देखि नै वित्तीय रुपमा साक्षर भए आय व्ययको लेखा जोखा गर्न सक्षम हुने र अनावश्यक खर्च कम गरी जीवनमा आर्थिक तथा बौद्धिक रुपमा सफल बन्न सकिने भन्नुभयो । उहाँले यस संस्था सदस्य केन्द्रित भएर कार्य गर्ने भएका कारण निरन्तर रुपमा संस्थाबाट सिपमूलक, जानकारी मूलक तथा क्षमता अभिवृद्धि हुने कार्यक्रमहरु आयोजना गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा संस्थाका सचिव विष्णु प्रसाद दुमरुले आम्दनी बाट बचत छुटाए पछि मात्र खर्च गर्नु पर्ने औल्याउँदै नियमित बचत गर्ने बानीले भविष्यमा वित्तीय रुपमा सुरक्षित रहने बताउनुभयो ।
उहाँले सहकारी संस्थामा वित्तीय पारदर्शिता हुनुपर्ने महत्वको चर्चा गर्नुहुँदै खराब तथा समस्यामा परेका सहकारी संस्थाले आफ्नो वित्तीय अवस्था नखुलाउने हुँदा ती सहकारी संस्थाहरुबाट सदस्यहरु सर्तक रहनुपर्ने बताउनुभयो । उहाँले संस्थाबाट सदस्यहरुको आवश्यकतालाई मध्य नजर गर्दै विभिन्न शिर्षकमा ऋण सुविधा प्रवाह भई रहेको जानकारी गराउनुभयो । साथै अध्ययन अध्यापनका लागि विद्यार्थीहरुलाई आफ्नो शैक्षिक प्रमाणपत्रका आधारमा बिना धितो पनि ऋण सुविधा प्रदान गर्दै आएको खुलाउनुभयो । 
कार्यक्रमका सभापति उपसमिति संयोजक एवं संस्थाका सञ्चालक सदस्य कृष्ण गोविन्द लाखाजुले घरका बालबालिका तथा युवाहरुमा वित्तीय साक्षरता सम्बन्धी ज्ञान भए घरका सम्पूर्ण सदस्यहरुमा सो को ज्ञान हुने कारणले विद्यार्थीहरुलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको बताउनुभयो । 
उहाँले पैसा भनेको धन हो तर धन भनेको पैसा होइन भन्नुहुँदै विभिन्न प्रकारका धनको उदाहरणहरु दिनुभयो । उहाँले आफु संग भएको पैसा बचत गर्ने ठाँउको ज्ञान नभए आफ्नो पैसा फस्न सक्ने बताउदै सहकारी संस्था र बैंक बिचको भिन्नता बारे प्रकाश पार्नुभयो । उहाँले पैसाको उत्पादनमूलक क्षेत्रमा लगानी गर्नले जीवनमा लगातार आर्थिक लाभ हुने भन्नुहुँदै निर्जिव भएर पनि बच्चा जन्माउने चिज पैसा मात्रै हो भन्ने भाव प्रस्त पार्नुभयो । उहाँले वित्तीय रुपमा साक्षर भएर हरेक हप्ता परिवरका सदस्यहरु बिच घरको आय व्यय सम्बन्ध छलफल हुनुपर्ने र हरेक परिवार आर्थिक रुपमा सफल बन्न बजेट तयार गरी सोही अनुसार कारोवार गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा उपसमितिका सचिव चिरी मैँया लाखाजु र सदस्य सुन्दर मानन्धरले पनि बोल्नुभएको 
थियो ।   

...

All Comments.......


Please Login/Register To Comments