गुण्डु । काठमाडौं वल्र्ड स्कुल गुण्डु भक्तपुरले शनिबार स्कुलमा गरेको असारे मेला ओपन हाउस २०२४ कक्षा ११ मा भर्ना हुने विद्यार्थी रमाएका छन् । स्कुलले आयोजना गरेको जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डुमा विद्यार्थी विहान ११ बजेदेखि दिनभर रमाएका थिए । साँंझ भएको सांगितिक कार्यक्रममा अत्याधिक विद्यार्थीको उपस्थितिमा विद्यार्थी झुमेका थिए ।  
स्कुलकोबारेमा अभिभाबक तथा विद्यार्थीलाई जानकारी दिने उद्देश्यले सवैका लागि निःशुल्क प्रवेशका साथ ओपन हाउस गरिएको हो । कार्यक्रममा क्रममा विभिन्न स्टलहरु रहेका थिए । त्यहाँं स्कुलले दिने सवै प्रकारका सेवाबारे अवलोकनकर्ताहरुलाई बुझाएका थिए । आफूहरुले जीवनमा आइपर्ने अनेक समस्या समाधान गर्नसक्ने गरी जीवन बुझाउने शिक्षा दिइरहेको उनीहरुको भनाई थियो । 
त्यहाँं खेल तथा मनोरञ्जनात्मक कार्यक्रम पनि थियो । विद्यार्थीहरु विभिन्न खेलहरुमा रमाएका थिए । स्कुलको कक्षाकोठादेखि अन्य सेवासुविधा तथा भौतिक संरचना देखाउन तथा मनारञ्जन दिलाउन कार्यक्रमको आयोजना गरिएको जनाइयो ।
काठमाडौ वल्र्ड स्कुलक ले कार्यक्रममा काठमाडौं, ललितपुर, भक्तपुरसहित उपत्यका बाहिरका विभिन्न जिल्लाका विद्यार्थीहरु सहभागी भएको बताए । 
कार्यक्रममा सहभागी हुन आएकी एकजना विद्यार्थीले स्कुलको भौतिक संरचना राम्रो लागेको बताइन् । उनले यहाँंका भव्य भौतिक संरचनाले आफूलाई आकर्षित बनाएको बताइन् । 
स्कुल भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डुमा रहेको छ । यो ठाउँं अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक चोकबाट करिव दुई किलोमिटर दक्षिण गुण्डु चोक जाने बाटैमा रहेको छ । यहाँं पुग्न कालोपत्रेसहितको फराकिलो बाटो छ । ठूलो क्षेत्रफलमा फैलिएको यो ठाउँंमा स्कुलका दर्जनौ भव्य भबनहरु रहेका छन् । यहाँं विज्ञान र व्यवस्थापन संकायमा सिमिति सिटमा विद्यार्थी भर्ना लिइन्छ । यहाँं सुविधासम्पन्न स्विमिंग पुलसहितको होस्टेलको पनि व्यवस्था रहेको छ । स्कुल सिजी होल्डिंगबाट सञ्चालित छ । 
...

All Comments.......


Please Login/Register To Comments