भक्तपुर । एभरेस्ट स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले ससाना नानीबाबुहरुले गल्ती नगर्ने भन्दै उनीहरुलाई नहोच्याउन अभिभावकहरुलाई सुझाएका छन् । स्कुलले मंगलबार गरेको थिम सेलिब्रसेन मि एण्ड माइ फ्यामली (विषयवस्तुको छनौट, म र मेरो परिवार) विषयमा अभिभावकहरुसँगको छलफलमा उनले नानीबाबुहरु सिक्ने क्रममा रहने भएकोले उनीहरुले गरेको काम गल्ती नहुने भनाई राखे । उनले नानीबाबुहरुलाई आफू, आफन्त वा अरु कसैले पनि होच्याउने काम गर्न नहुने पनि बताए । 
स्कुल तथा अभिभाबक परिवारबीच गरेको छलफलमा राजभण्डारीले स्कुल र अभिभावक परिवारको संयुक्त प्रयासबाट मात्रै नानीबाबुहरुलाई सही मार्गमा लान सकिने विचार राखे । त्यसकारण स्कुलले स्कुल र अभिभाब साझेदारी कार्यक्रम गर्दे आएको उनले सम्झे । यो क्रममा आआफनो नानीबाबुहरुलाई राम्रो आचरणका लागि स्कुल र अभिभावकले खेल्नुपर्ने भूमिकाहरुबारे निरन्तर छलफल कार्यक्रम चलाउँंदै आएको उनले बताए । समझदारीको दायलाई बढाउँदै स्कुलले स्कुल, अभिभाबक अनि समुदायको अवधारणा अगाडि सारेको उनले सुनाए । 
कार्यक्रममा स्कुलका भाइस प्रिन्सिपल संगीता किवाछें बनेपालीले बालबालिकाहरुलाई मोबाइल लतलाई न्युनीकरणका उपायहरुबारे प्रस्तुति गरेकी थिइन् । त्यसका लागि उनले विभिन्न दसवटा उपायहरुबारे अभिभावकहरुसँंग साटे । उनले मोवाइल, टिभी, ल्यापटप, ट्याप वा अन्य यसै प्रकारका साधनहरुमा आजभोलिका बालबालिकामा झुण्डिन्दा हुने अनेक समस्याकाबारेसमेत चर्चा गरिन् । कार्यक्रममा अभिभावकहरुले पनि आआफनो धारणा राखेका थिए ।

...

All Comments.......


Please Login/Register To Comments