भक्तपुर । भक्तपुरका कुनै पनि स्कुलको नतिजा शुन्य नभएको पाइएको छ । कुनै पनि स्कुलबाट एकजना पनि एसइई पास नभएको नपाइएको हो । भक्तपुर नगरपालिकाल शिक्षा शाखाले सार्वजनिक गरेको तथ्यांक अनुसार नगरका कुल ६० वटा स्कुलहरुबाट विद्यार्थी पछिल्लो एसइई परीक्षामा सहभागी थिए ।
नगरका ती स्कुलहरुमध्ये वढीमा सवैभन्दा वढी बागीश्वरी मावि च्याम्हासिंहबाट दुई सय ७० जना विद्यार्थी सहभागी भएका थिए । सवैभन्दा कम भने हिमालयन इगलिश स्कुल देकोचाबाट तीन जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । 
नगरका धेरै स्कुलहरुले शतप्रतिशत विद्यार्थी उतीर्ण गराउन सफल भएका छन् । सवैभन्दा कम प्रतिशत विद्यार्थी उतीर्ण गराउनेमा पनि ३० प्रतिशत रहेको छ । 
पछिल्लो एसइईमा नगरका स्कुलहरुबाट दुई हजार चार सय ४८ जना सहभागी भएका थिए । तीमध्ये दुई हजार ६३ अर्थात् ८४.२७ प्रतिशत विद्यार्थी उतीर्ण भएका थिए । देशभरको कुल उतीर्ण प्रतिशत भने ४८ मा सिमित छ ।  
...

All Comments.......


Please Login/Register To Comments