लोकन्थलीको व्युटी पार्लरबाट लागूऔषध विक्री
- Post Date: 2024-07-04 12:16:05
भक्तपुर । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं. १ लोकन्थलीमा सृजना पाण्डेले संचालन गरेको श्रीदिप ब्युटी पार्लरबाट अबैध रुपमा लागू औषध राखी बेचबिखन गरिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त ठिमी भक्तपुरबाट प्र.नि.को कमाण्डमा ५ जनाको प्रहरी टोली खटिई गई पक्राउ गरेको छ । चितवन भरतपुर महानगरपालिका वडा नं. ७ घर भई भक्तपुर लोकन्थली बस्ने वर्ष ४० की सृजना पाण्डेलाई नियन्त्रणमा लिएको हो । उनलाई लागू औषध समेत बरामद गरी प्रहरी वृत्त ठिमीमा राखिएकोमा छ । लागू औषध मुद्दामा भक्तपुर जिल्ला अदालतमा विहीबार पेश गरी दिन ५ म्याद थप भई अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ ।
बरामद गरिएका लागू औषधिहरुः
१) १२ पत्ता – १०४ ट्याबलेट
२) ६ पत्ता – ५० ट्याबलेट
३) ८ पत्ता – २४ ट्याबलेट
-
Shares
All Comments...
Please Login/Register to comment.