भक्तपुर । भक्तपुरका तीन वटा नगरपालिकाहरुले रफत सञ्चार क्लव सूर्यविनायक भक्तपुरसँंगको संयोजनमा पत्रकारहरुसँंग अन्तरसंवाद थालेका छन् । नगरपालिकामा भएका विकाश निर्माण र सेवा प्रबाह सम्वन्धी नगरबासीहरुलाई जानकारी दिने उद्देश्यले कार्यक्रम थालेको जनाइएको छ । 
जिल्लाका मध्यपुर थिमि, सूर्यविनायक र चाँगुनारायण नगरपालिकाले कार्यक्रम थालेका हुन् । जिल्लामा यी तीन सहित भक्तपुर नगरपालिका गरी कुल चार वटा नगरपालिकाहरु रहेका छन् । भक्तपुर गाविसविहीन जिल्ला हो । 
शुक्रबार पहिलो पटक मध्यपुर थिमि नगरपालिकाको कार्यक्रम भयो । कार्यक्रममा नगरप्रमुख सुरेन्द्र श्रेष्ठले नगरपालिकाले गर्दै आएको विकास निर्माण तथा सेवा प्रबाहबारे झण्डै आधा घण्टा वेलिविस्तार लगाए । कार्यक्रमपछि उनले पत्रकारले सोधेका प्रश्नको जवाफ पनि दिएका थिए । कार्यक्रम रफत सञ्चार क्लव सूर्यविनायक भक्तपुरका अध्यक्ष शुशीलबन्धु थापाको सभापतित्वमा भएको थियो । 
...

All Comments.......


Please Login/Register To Comments