भक्तपुर । कालीघाट पुस्तकालयमा नेपाली र अगे्रजी भाषाको हस्त लेखन प्रतियोगिता शनिबार सम्पन्न भयो । प्रतियोगितामा  १५ जनाले सहभागिता जनाएका थिए । कार्यक्रममा प्रमुख  अतिथि  नेपाल क्रान्तिकारी विद्यार्थी संघका अध्यक्ष सुरेश परियारले पुस्तकालयमा गई कितावको अध्ययन गर्नाले ज्ञानको भण्डारणमा बृद्धि भई अध्ययनमा तेजिलो हुन्छ ।  हस्त लेखन प्रतियोगिताको आयोजनाले भाई बहिनीको हस्त लेखन थप प्रभावकारि हुन्छ  भन्नुभयो । 
       कालीघाट संरक्षण समितिका अध्यक्ष बालमुकुण्द बासुकलाले   बासु माविबाट शैैक्षिक अवकास पछि कालीघाट पुस्तकालयलाई नमुना पुस्तकालयको रुपमा विकास पर्न लागिपरेको बताउनु भयो ।
  कालीघाट पुस्तकालयका अध्यक्ष  राजकुमार लघुले नेमकिपाका अग्रजहरुको उद्देश्य भक्तपुरलाई शिक्षाको माध्यमबाट बुद्धिजिवीकरण गर्ने  हो । त्यहि उद्देश्यलाई टेवा दिन कालीघाट पुस्तकालय स्थापना भई   विभिन्न गतिविधि अगाडि बढिरहेको छ । कालीघाट पुस्तकालयले हस्तलेखनका साथै चित्रकला प्रतियोगिता र बुद्धिचाल प्रतियोगिता पनि आयोजना गर्न गइरहेको जानकारी दिनुभयो । 
    हस्तलेखन कार्यक्रममा निशा थापाले नेमकिपाका.अध्यक्ष का. रोहितद्धारा लिखित सय बर्ष पछिको पुस्तकको  लेख नाचगानको राजधानी भक्तपुर बारे चर्चा गनृभयो । प्रतियोगितामा सहभागि मनिषा थापाले ५० बर्षपछिको नेपाल लेखबारे जानकारी दिनुभयो ।  कार्यक्रममा कालीघाट पुस्तकालयका सचिव लक्ष्मीनारायण सुवाल सदस्य राधा थापाले पुस्तकालय सञ्चालन , ब्यवस्थापन र हस्तलेखन तालिमको महत्वबारे चर्चा गर्नभयो ।
   कार्यक्रममा साहित्यकार थोकरले पनि हस्तलेखन कार्यक्रमको महत्व र कालीघाट पुस्तकालयको विकासबारे आफ्नो धारणा राख्नुभयो 

...

All Comments.......


Please Login/Register To Comments