भक्तपुर । भक्तपुर नगरपालिकाद्धारा सञ्चालित ख्वप मावि र शारदा क्याम्पस माविमा कक्षा ११ मा भर्ना हुन आएका विद्यार्थीहरुको पहिलो चरणको प्रवेश परीक्षा शनिबार सम्पन्न भयो । प्रवेश परीक्षा विहान र दिउँंसो गरी दुई पटक भएको थियो । 
प्रवेश परीक्षामा विज्ञान संकायमा सवैभन्दा वढी परीक्षार्थी रहे । स्कुलले जनाए अनुसार पहिलो चरणको प्रवेश परीक्षामा विज्ञानमा एक हजार चार सय ११ जना विद्यार्थी सहभागी भए । व्यवस्थापन संकायमा एक हजार एक सय २० विद्यार्थी सहभागी भए । मानविकी संकायमा १३, कानुनमा  ४४ र शिक्षा संकायमा १ गरी कुल दुई हजार पाँंच सय ८९ जना विद्यार्थीहरुले बिहान र दिउँसो गरी दुई सिफ्टमा परीक्षा सहभागी भएका थिए । प्रवेश परीक्षाको निरीक्षण गर्न भक्तपुर नगरपालिकाका प्रमुख एवं स्कुल व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापति स्कुल पुगेका थिए ।
...

All Comments.......


Please Login/Register To Comments