तीन वटा पुस्तक लोकार्पण
- Post Date 2024-07-08 13:04:57
असार २३, केके मानन्धर
साहित्यकार राजेन्द्र तूबन्जा श्रेष्ठको ३ वटा पुस्तक लोकार्पण गरिएको छ । थिमिको शंखधर चोकस्थित यचु पार्टी प्यालेसमा सम्पन्न भएको कार्यक्रमलाई नवरत्न लाईफ स्कूलले आयोजना गरेको थियो । सरल नेपाल लिपि, ख्वये बछि न्हिले बछि र लः ध्वगी मखु नामका पुस्तकलाई मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठ, डेपुटी मेयर विजयकृष्ण श्रेष्ठ तथा समाजसेवी डा. रोशन श्रेष्ठको बाहुलीबाट लोकर्पण गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठले साहित्यिक क्षेत्र बृहत् गर्नुपर्नेमा जोड दिनुभयो । हुनपनि साहित्य, भाषा, लिपि र संस्कृतिले सम्बन्धित समुदायको समृद्धिलाई इँगित गर्दछ । उत्कृष्ट साहित्य रचना गर्दै आएका साहित्यकारहरुको लागि आवश्यक वातावरण तयार गर्नुपर्ने उहाँको भनाइ थियो । त्यसो भएर कार्यक्रममा सहभागी हुनुभएका साहित्यकारहरुलाई नगरपालिकाको सहकार्यमा बृहत् साहित्यिक कार्यक्रम आयोजना गर्न आह्वान गर्नुभयो ।
बहुआयामिक व्यक्तित्व राजेन्द्र श्रेष्ठ पत्रकारिता, साहित्य तथा संगीत गरी अभिव्यक्तिका ३ वटै विधाका प्रखर व्यक्तित्व रहेको विषयमा कार्यक्रममा चर्चा गरिएको थियो । पेशागत रुपमा सिभिल ईन्जिनियर रहेका उहाँले करिव तीन दसकदेखि साहित्य, संगीत र पत्रकारितामा काम गर्दै आउनुभएको छ । उहाँले कम्प्युटर प्रविधिसँग सम्बन्धित कुमारी, बुद्ध तथा भुजिम्वल नामका फोन्ट समेत तयार गर्नुभएको छ । यसअघि नेवार समुदायको मौलिक सुकुल भोजको विषयमा विस्तृत अध्ययन गरी नेवाः भ्वय्, भक्तपुरको प्राथमिकतामा परेको बिस्का जात्रा तथा प्राविधिक विषयका थुप्रै पुस्तक प्रकाशन गर्नुभएको छ । सर्जक श्रेष्ठको पुस्तकमा वरिष्ठ साहित्यकार त्रिरत्न शाक्य, लिपि सम्बन्धिका ज्ञाता अनिल स्थापित, भाषा विज्ञानमा पिचडी एमफील अध्ययनरत राजेन्द्र कुमार पुताले समीक्षा गर्नुभएको थियो । कार्यक्रममा संस्कृति अध्येता गणेशराम लाछि, साहित्य तथा संगीतका सर्जकहरु नवीन प्रकाश श्रेष्ठ, बसन्त नकर्मी, पवित्र कसाः, विजय कायष्थ, हरिसुन्दर लाखे श्रेष्ठ, भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष कविदास श्रेष्ठ, नेपाल पत्रकार महासंघ भक्तपुर जिल्ला शाखाका अध्यक्ष जगत प्रजापति, भक्तपुर पश्चिम भेगकै सबभन्दा अग्रनी सामाजिक संस्था न्ह्यज्या खलःका अध्यक्ष दमोदर श्रेष्ठ लगायतको सहभागिता थियो ।
All Comments.......
Please Login/Register To Comments