News Image

भक्तपुर । फलामे ढोका मानिने एसईई पार गरेपछि कहाँ र के पढ्ने भन्ने विषयमा धेरै विद्यार्थीमा अन्योलता देखिन्छ । कक्षा १० पछिको शिक्षा उच्च शिक्षा अध्ययनको मात्रै नभएर सिंगो जीवनको आधार तयार पार्ने शिक्षा र उमेर हो । 

एसईई उत्तीर्ण गरेपछि विद्यार्थीका लागि अनेक ढोकाहरू खुल्छन् । तिमध्ये कुन ढोका आफूलाई उपयुक्त छ भन्ने छान्न सकिएन भने सिंगो जीवन गलत मार्गतर्फ डोहोरिने खतरा हुन्छ । त्यसैले एसईई पछि पढ्ने विषय र कलेजको छनोट गर्नुअघि आफ्नो लक्ष्य तथा उद्देश्य निश्चित गर्नुपर्छ । कलेजको छनोट गर्दा विभिन्न कलेजहरूको तुलनात्मक अध्ययन गरी कुन कलेजमा बढी प्राक्टिकल हुन्छ ? कलेजबाट उत्पादित विद्यार्थीहरू कस्ता छन् ? कलेज समय तपाईंको अनुकूल छ कि छैन ? शिक्षकशिक्षिका कति उत्कृष्ट छन् ? भौतिक संरचना कस्तो छ ? प्रयोगात्मक परियोजना कार्य गर्ने अवसर कतिको मिल्छ ? जस्ता कुराहरू खोज्नुपर्छ । यसो गर्दा आफूलाई कलेजको वातावरणमा सहजै घुलमिल गराएर आफ्नो उद्देश्य अनुरूपको शिक्षा हासिल गर्न सकिन्छ । 

प्लस टु विज्ञान, व्यवस्थापन तथा कानूनमा यस्तो अवसर खोज्ने विद्यार्थीहरूका लागि भक्तपुरको नयाँ ठिमीमा रहेको सुन्दर र शान्त शैक्षिक वातावरणमा अध्ययन अध्यापन हुने मिडभ्याली कलेज उपयुक्त विकल्प हुनसक्छ । 

सबैको पहुँचमा गुणस्तरीय शिक्षा पुर्याउने प्रतिवद्धतासहित स्थापना गरिएको छ, मिडभ्याली कलेज । प्रत्येक विद्यार्थीलाई छुट्टाछुट्टै बस्ने वयवस्था गरेकाे मिडभ्यालीले गुणस्तरीय शिक्षालाई मुख्य प्राथमिकतामा राख्दै प्रयोगात्मक अभ्यास र अतिरिक्त कृयाकलापलाई पनि एकैसाथ अघि बढाउने प्रयास गरिरहेको छ। 

मिडभ्याली कलेज किन रोज्ने ? 

मिड भ्याली कलेज सैद्धान्तिक शिक्षालाई प्रयोगात्मक तवरबाट पनि समानान्तर रुपमा अघि बढाएर विद्यार्थीलाई हरेक आयामबाट उत्कृष्ट बनाउने लक्ष्यका साथ स्थापना गरिएको छ । पढाइ मात्र नभइ मानसिक रुपमा स्वस्थ रहनका लागि शारिरीक रुपमा समेत स्वस्थ हुनुपर्ने भन्दै अतिरिक्त क्रियाकलाप अन्तर्गत खेलकुदलाई पनि प्राथमिकतामा राखि कलेज अघि बढेको छ । 

विद्यार्थीको वास्तविक रुचिलाई पहिचान गरि त्यसैअनुसार आकार दिँदै अघि बढ्न सिकाउने उद्देश्य लिएको कलेजले आफूले इच्छाएको बाटो पहिल्याउन सहयोग गर्ने कलेजका प्रबन्ध निर्देशक श्रीभक्त काशिक्षवाले बताए । काशिक्षवाका अनुसार, विद्यार्थीको रुची, क्षमता, इच्छाशक्ति आदिलाई बुझेर उनीहरूको प्रतिभा बाहिर ल्याउन कलेजले विभिन्न शैक्षिक कार्यक्रम र अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने छ । 

बाह्य वातावरणकाे असर प्रत्यक्षरुपमा नै पढाइमा पर्न जाने पक्षलाई मध्यनजर गर्दै कलेजका प्रत्येक कक्षाकाेठामा 'एसी' काे व्यवस्था गरिएकाे काशिक्षवाले जानकारी दिए ।

'कलेजले निकाल्ने वार्षिक शैक्षिक क्यालेन्डर छ । जसअनुसार कलेजका हरेक गतिविधि निर्धारित हुने र कलेजमा भर्ना भएपछि परीक्षा कहिले हुन्छ ? नतिजा कहिले आउँछ ? तयारीको समय पुग्छ कि पुग्दैन ? जस्ता द्विविधा हुँदैन ।' प्रिन्सिपल गाेबिन्द भल्लभ जाेशीले भने ।  

मिडभ्याली कलेज आधुनिक शैक्षणिक पद्धतिमा विश्वास गर्छ । त्यसैले यहाँको पढाई सैद्धान्तिक र लेक्चरमा मात्र आधारित छैन । सबै विद्यार्थीलाई सहभागी गराएर विद्यार्थी केन्द्रित छलफल, प्रोजेक्ट वर्क, प्रिजेन्टेसन र आईटीबेसमा पनि आधारित हुने प्रिन्सिपल जाेशी बताउँछन् । कक्षाकाेठामा नै प्राेजेक्टर रहेकाे र त्यसले सिक्न सिकाउन सहज र सरल हुनेसमेत उनले बताए । जाेशी भन्छन्, "विद्यार्थीका अलग–अलग क्षमता र प्रतिभा हुन्छन् । कसैले सैद्धान्तिक पढाईमा नै विषयवस्तुबारे जान्न सक्छन् भने कतिपयले त्यसलाई प्रयोगात्मक तरिकाबाट स्पष्टसँग बुझ्छन् । सिकाईका यी दुवै क्रियाकलाप सञ्चालन गर्न सबै विद्यार्थीले अध्ययनमा राम्रो गर्न सक्छन् र हरेक समयमा आफ्नो क्षमतालाई विकास गर्ने मौका पाउँछन् ।" त्यसैले यहाँबाट उत्पादित विद्यार्थीहरू विश्वको जुनसुकै स्थानमा पुगेर आफूलाई प्रमाणित गरेर देखाउन सक्ने विश्वास प्रिन्सिपल जाेशीकाे छ ।  

मिडभ्याली कलेजमा ई–लाइब्रेरी, लाइब्रेरी, कम्प्युटर ल्याब, आईटी ल्याब, विज्ञानका उत्कृष्ट प्रयोगशालाजस्ता सुविधा छन् । जहाँ हरेक समय विद्यार्थीले आफूले पढेका सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रूपमा परीक्षण गर्न पाउँछन् । 

midvalley college.jpg

यहाँको अध्ययन अध्यापन पाठ घोकाएर परीक्षामा पास गराउनमा मात्रै केन्द्रित नहुने दावी प्रिन्सिपल जाेशीकाे छ । 

कलेजले विद्यार्थीको व्यक्तित्व विकासका लागि सहयोग पुर्याउन नियमित अध्ययन अध्यापनका अतिरिक्त विभिन्न क्रियाकलापमा सामेल गराउने र विद्यार्थीलाई करियर कान्सिलिङको कार्यक्रम समेत सञ्चालन गर्ने तयारी गरेको छ । खेलकुदमा रुचि राख्ने विद्यार्थीलाई लक्षित गिर कलेजले फुटबल, क्रिकेट र भलिबल खेल्नका लागि आवश्यक पर्ने स्थान र सामग्री उपलब्ध गराउनेसमेत बताएकाे छ । भलिबलका लागि कलेज परिसरमा नै भलिबल काेर्टकाे समेत व्वस्था रहेकाे छ ।

‘ग्राण्ड टपर्स छात्रवृत्ति कार्यक्रम’ 

एसईई उत्तीर्ण भएका विद्यार्थीलाई लक्षित गरेर मिड भ्याली कलेजले ‘ग्राण्ड टपर्स छात्रवृत्ति कार्यक्रम’ ल्याएको छ । जसअन्तर्गत कलेजले ७७ वटै जिल्लाका उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने घोषणा गरिएकाे छ । 

कलेजले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा प्रत्येक जिल्लाका उत्कृष्ट (टपर) १ जना छात्र र १ जना छात्रालाई पूर्ण छात्रवृत्ति दिने घोषणा गरेको कलेज सञ्चालक समितिका अध्यक्ष जाेन श्रेष्ठले बताए । त्यस्तै, ग्राण्ड टपर्स छात्रवृत्ति कार्यक्रम अन्तर्गत प्रत्येक प्रदेशबाट १ जना छात्र र १ जना छात्रा तथा सम्पूर्ण स्थानीय तहबाट १–१ जना छात्र र छात्रालाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने अध्यक्ष श्रेष्ठकाे भनाइ छ ।

  • Shares

All Comments...


Please Login/Register to comment.