News Image
भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डु तीनधारेमा सुवर्णेश्वरबाट काठमाण्डौ वल्ड स्कुलतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०२–०२२ प. १७४८ नं. को स्कुटी र बिपरीत दिशाबाट आउँदै गरेको बाग्मती प्रदेश ०२–०१७ प. ५०१२ नं. को स्कुटी एक आपसमा ठक्कर खाई दुर्घटना हुदाँ बाग्मती प्रदेश ०२–०२२ प. १७४८ नं. को स्कुटी चालक भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं. ५ कटुन्जे बस्ने वर्ष २२ को राजाराम थापा मगरको मृत्यु भएको छ । दुर्घटनापछि गम्भिर घाईते भई तत्कालै उपचारको लागि भक्तपुर अस्तपाल लगिएकोमा उपचारकै क्रममा सात बजेको समयमा सम्बन्धित चिकित्सकले मृत्त घोषणा गरेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । अर्को स्कुटी चालक भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं. ५ गुण्डु मगर गाँउ बस्ने वर्ष ४९ की पार्वती नगरकोटी घाईते भई मध्यपुर अस्पताल ठिमी भक्तपुरमा उपचार भइररेको परिसरका सूचना अधिकृत राजन कार्कीले बताए । घटनास्थलमा प्रहरी वृत जगाती भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई प्रारम्भिक अनुसन्धान कार्य गरी दुबै स्कुटी नियन्त्रणमा लिई घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ । 
  • Shares

All Comments...


Please Login/Register to comment.